६ कार्तिक २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अपांगमैत्री आवासीय विद्यालय बनाउन रु ६५ लाख दिइने

१ आश्विन २०७४, आईतवार ११:०३

आसोज १, काठमाडौँ। शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले अपांगता भएका केही विद्यार्थीलाई छात्रवृत्ति तथा केही अपांगमैत्री आवासीय विद्यालय निर्माणका लागि सरकारले तत्काल रु ६५ लाख छुट्ट्याएको बताउनुभएको छ ।

नेत्रहीन युवा संघ नेपालको पाँचाँै साधारणसभाको उद्घाटन गर्दै उहाँले दृष्टिविहीन विद्यार्थीलाई चित्र, गणित र विज्ञानका विषयमा अध्ययन गर्न कठिनाइ रहेकाले पाठ्यक्रममा सुधार गर्नुपर्नेमा जोड दिनुभयो । 

सो अवसरमा नेपाल राष्ट्रिय शिक्षक संघका अध्यक्ष बाबुराम थापाले दृष्टिविहीनलाई लक्ष्य विद्यालय तथा कलेजमा पाठ्यक्रमको विकास गर्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय अपांग महासंघका महासचिव राजु बस्नेतले अपांगता भएकाहरुलाई शिक्षासम्बन्धी नेपालले गरेको प्रतिबद्धतानुसारको व्यवस्थाको माग गर्नुभयो ।

संघका अध्यक्ष कलाधर भण्डारी, महासचिव रामचन्द्र गैरे, अपांग महिला संघका अध्यक्ष निर्मला धिताल, नेत्रहीन संघका अध्यक्ष रमेश पोखरेललगायतले दृष्टिविहीन तथा न्यून दृष्टिविहीन अपांगता भएकाहरुका लागि शिक्षामा पहँुच बढाउनुपर्नेमा सहभागीले सुझाव दिनुभयो ।    रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बयानका लागि रविलाई सरकारी वकिल कार्यालय कास्कीमा उपस्थित गराइयाे रवि लामिछाने पक्राउ परेपछि ओली र लेखकलाई प्रवासी नेपाली मञ्चको धन्यवाद रवि लामिछाने पक्राउ: यस्तो छ अबको कानुनी प्रक्रिया र सम्भावित सजाय रास्वपा सांसदहरुविरुद्ध प्रहरीमा जाहेरी सरकारविरुद्ध माओवादीले प्रदर्शन गर्ने १० कारण(सुचिसहित) ११ वर्षीया छात्रालाई ठक्कर दिएर ज्यान लिने बसमा आगजनी आफ्नै १४ वर्षीय छोरीलाई पटक पटक बलात्कार गर्दै आएका बाबु पक्राउ मलाई तानाशाह भन्दा पनि जवाफ दिएको छैन, स्टन्ट गर्नुछैन धनराज गुरूङकी पूर्वपत्नी ज्योतिसहित दुई जनाविरूद्ध ‘रेड नोटिस’ जारी गर्न इन्टरपोलमा पत्राचार भाले ठुलो स्वरमा बासेको भन्दै छिमेकीविरुद्ध मुद्दा सुनचाँदीको मूल्यमा लगातार नयाँ रेकर्ड, तोलाको कति? दक्षिण कोरिया र मलेसियासँग श्रम सम्झौता नवीकरण गर्ने सरकारको तयारी ओली सरकारको १०० दिन पूराः कामभन्दा विवाद बढी मेची महाकाली राष्ट्रिय उद्धार यात्रा :४० जना सडक आश्रित मानिसहरुको उद्धार यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन : प्रधानमन्त्री ओली बढ्यो चिसो : पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना माल्दिभ्सविरुद्ध नेपाललाई सुरुवाती अग्रता, प्रिति राईले गरिन् गोल भुटानी शरणार्थी काण्ड खोतलेपछि सरकार ढालियो : प्रचण्ड देउवाले रोके दल विभाजनसम्बन्धी अध्यादेश