१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

भिजिट भिसाको सेटिङ गर्ने गिरोह बैदेशिक रोजगार श्रम सेटिङतिर, विमानस्थल अलर्टमा !

१६ भाद्र २०८२, सोमबार २१:२१

अनिल अधिकारी । काठमाडौँ । भिजिट भिसाको सेटिङको प्रकरण सेलाउन नपाउँदै सोहि सेटिङ गर्ने गिरोहले वैदेशिक रोजगारको व्यक्तिगत श्रम स्वीकृति दुरुपयोग गरि अर्कै देशको श्रम निकालेर कुवेतमा नेपाली महिला पठाउन थालेको खुलाशा भएको छ । साझा सबाल मिडियाले गरेको अनुसन्धानपछि कुवेत पठाउने तस्कर गिरोहले सेटिङमा अजरबैजानको श्रम-स्वीकृति लिएर एअरपोर्टबाट सहजै छिराउने गरेको खुलाशा भएको हो ।

गत शनिवार २५ जना महिलाहरु घरेलु कामदारको रुपमा सेटिङ गरि कुवेत जान लागेको सुचना त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले प्राप्त गरेको थियो । मिडिया स्रोतमार्फत अध्यागमन बिभागमा महानिर्देशक रामचन्द्र तिवारीले सूचना पाएलगत्तै बिमानस्थल अधिकारी र सुरक्षा अधिकारीलाई अलर्ट गराएका थिए । सूचना अनुसार राति ११ बजेको एअर अरेबियाको उडान मार्फत अजरबैजान जाने भनिएका महिलाहरु १० बजेसम्म पनि एअरपोर्ट कर्मचारीको सम्पर्कमा पुगेनन् । तर राति १० बजेपछि एकाएक हतार-हतार छ जना महिलाहरु अध्यागमनको सम्पर्कमा पुगेका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख नरहरि घिमिरेको नेतृत्वमा रहेको कर्मचारी सहित सुरक्षाकर्मीले कागजात चेक-जाँचको क्रममा सबै महिलाले अजरबैजान जान लागेको भन्दै आफ्नो श्रम स्वीकृति समेत भएको प्रमाण देखाए । त्यसपछि भने अध्यागमन अलमलमा पर्यो । उक्त दिन अनुसन्धान गर्ने क्रममा विमानस्थल अधिकारीहरुले ति महिलाहरु कुवेत जान लागेको कुनै पुष्टि गर्न सकेन । साथै उनीहरुलाई वैदेशिक रोजगार बिभागले अजरबैजानको श्रम स्वीकृति लिएकै आधार बलियो बन्दा विमानस्थलले विदेश जाने स्वीकृति दियो । उक्त दिन सुस्मा तामाङ, रिना पाख्रिन, सुनिता चौधरी, अस्मिता चौधरी, जुना कुमारी चौधरी र बेली छेत्रीले बिदेस उड्न पाए । जसलाई तस्करहरुले सेटिङ मिलाएर कुवेत लैजान्छन् भन्ने जानकारी विमानस्थललाई दिईएको थियो ।

त्रिभुवन विमानस्थलले शनिबार सूचना अनुसार सत्य-तथ्य ठम्याउन नसकेपनि आइतबार राति भने थप ५ जना महिलाहरु सोहि प्रकृतिको श्रम स्वीकृति लिएर अजरबैजान जाने भनि अध्यागमन पार गर्नै लाग्दा अनुसन्धानको घेरामा परे । अनुसन्धानको क्रममा ति महिलाहरुले आफूहरु कुवेत जान लागेको र एअरपोर्ट पार गर्नकै लागि दलालहरुले अजरबैजानको श्रम बनाएर पठाएको स्वीकार गरे । त्यस क्रममा अधिकारीहरुले केहि तथ्यहरु समेत प्राप्त गरेपछि ५ जना महिलाहरु एअरपोर्टबाटै फिर्ता गरिए । जसमध्ये एक जना २५ बर्षीय महिलालाई थप अनुसन्धानको लागि विमानस्थल सुरक्षा अधिकारीलाई जिम्मा लगाएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख नरहरि घिमिरे जानकारी दिएका छन् ।

विमानस्थल प्रमुख घिमिरेले पछिल्लो केहि महिना यता एअरपोर्टबाट छिर्न असहज भएपछि सेटिङ गिरोहले आफ्नो रुट बदलेको हुनसक्ने बताए । उनले पछिल्लो घटनाले विमानस्थल थप चनाखो भएको समेत बताए । उनले सोमबारनै बिभिन्न एअरलाइन्सलाई बोलाएर यसै सम्बन्धमा छलफल गरिएको समेत जानकारी दिएका छन् ।

तस्करहरूले अजरबैजानको श्रम स्वीकृतिका लागि नक्कली कागजात तयार गर्दै आएको केहि तथ्य फेला परेको छ । उनीहरूले अजरबैजानको भिसामा रोजगारदाताको नक्कली इमेल पठाएर, स्वघोषणा फाराम पनि आफैले नक्कली भरेको र सेटिङमा श्रम गरेको पाएको छ । श्रम गर्दा भरिएकोको सबै महिलाको स्वघोषणामा ११/१२ डिजिटका कृते फोन नम्बर उल्लेख छन् भने सबैको स्वघोषणामा एकै जनाको औंठाछाप प्रयोग भएको छ । साथै अन्य कागजात समेत संकास्पद छन् । प्रारम्भिक १० जनाको कागजातको आधारमा सेटिङकर्ताले बुटवल र सुर्खेतको श्रम कार्यालयसँग सेटिङ मिलाइएको पाइएको छ ।

सेटिङ मिलाउने कार्यमा ‘दिनेश अनलाइन सेवा’ नामक इसेवाबाट श्रम स्वीकृतिको लागि रकमहरु तिरिएको समेत पाइएको छ । कुवेतमा रहेका नेपाली हाउसमेड तस्करहरुले एक महिला लगे बापत ७ सय केडी (नेपाली करिव ३ लाख २५ हजार) पाउने गर्छन् । त्यसै गिरोहले नेपालबाट एअरपोर्ट सेटिङमा बिगतमा ४०० केडीसम्म खर्च गर्ने गरेको स्रोत बताउँछ । हाल वैदेशिक रोजगारको श्रमको सेटिङ मिलाउन पनि तस्कर गिरोहले ठूलो रकम खर्चिएको र श्रम दिने कर्मचारीसमेतको मिलिमतोको आशंका छ ।

वैदेशिक रोजगार विभागको पछिल्लो तीन महिनाको तथ्यांक अनुसार, गत असार महिनामा ४ जना महिलाले मात्र अजरबैजानको श्रम स्वीकृति लिएका थिए। तर साउन महिनामा त्यो संख्या अस्वभाविक बढेर १३३ जना पुगेको पाइएको छ भने चालु भदौको १६ गतेसम्म १६९ जना महिलाको अजरबैजानको श्रम स्वीकृति लिईसकेको पाइएको छ । यसका आधारमा अनुसन्धान हुने हो भने दुई महिनाकै अवधिमा दुई सय भन्दा बढी महिलाको श्रम गरि कुवेत तस्करी गरेको आशंका छ । जसको अनुसन्धान वैदेशिक रोजगार बिभागले गर्ने भएको छ ।

वैदेशिक रोजगार विभागका उपमहानिर्देशक चन्द्र बहादुर शिवाकोटीले अजरबैजानको श्रम स्वीकृति लिएका महिलाहरूको कागजातको आधारमा थप अनुसन्धान गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार