२०८२, ४ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भिडियो

गायिका रिया खत्रीको ‘कोशेली मलाई त केरा चाहिन्छ´ बोलको म्युजिक भिडियो सार्वजनिक

२०८२, १७ भाद्र मंगलवार ११:०५

काठमाडौं । नेपालकी उदाउदो गायिका तथा मोडल रिया खत्रीको नयाँ एकल म्युजिक भिडियो ‘कोशेली मलाई त केरा चाहिन्छ´ सोमबार सार्वजनिक भएको छ । गीतमा रिया खत्री र कलाकार विश्वास नेपालको स्वर रहेको छ । गितमा शब्द राजेश नेपाल बबिनको रहेको छ भने सङ्गीत बिश्वास नेपालको रहेको छ भने भिडियोको निर्देशन चर्चित निर्देशक प्रकाश भट्टले गरेका छन् ।

उक्त कोशेलीमा चर्चित मोडल लोमस शर्मा र गायिका रिया खत्रीले उत्कृष्ट प्रदर्शन गरेका छन । रियाको कोशेली आशा लाग्दो म्युजिक भिडियो बनेको निर्देशक प्रकाश भट्ट र गायक बिश्वास नेपालले बताए । निर्देशक भट्टले भिडियो अत्यन्तै उत्कृष्ट बनेकाले एकपटक हेरेर प्रतिक्रीया दिनको लागि आग्रह गरेका छन । गित सार्वजनिक गरेसङ्गै उनी निकै उत्साहित भएको बताएकी छन ।

रिया खत्रीको आधिकारिक युट्युब च्यानल Riya Khatri Official ले ६ महिनामै २३ हजार भन्दा बढी सब्सक्राइबर हासिल गरिसकेको छ भने उनका विभिन्न लाईभ दोहोरी अन्य म्युजिक भिडियोलाई लाखौ दर्शकले हेरेर मन पराइसकेका छन् । आफ्नो मेहनतलाई मन पराई आफ्नो प्रस्तुती मन पराएकोमा दर्शक–स्रोताप्रति आभार प्रकट गर्दै उनले कलाकारितामै आफ्नो भविष्य जोडिएको बताएकी छन् । रियाले आफ्नो कोशेली एकपटक हेरेर माया गरिदिनको लागि भगवानरुपी दर्शकलाई अनुरोध गरेकी छन ।

हालसम्म उनले एक दर्जनभन्दा बढी म्युजिक भिडियोमा स्वर र अभिनय गर्दै नेपाली सांगीतिक क्षेत्रमा आफ्नो उपस्थिति दर्ज गराएकी छिन् । नेपालका विभिन्न जिल्लाका महोत्सव तथा सांगीतिक कार्यक्रममा प्रस्तुतिसँगै उनले मलेसिया, सिङ्गापुर, भारतलगायत मुलुकमा समेत पुगेर आफ्नो प्रस्तुति दिईसकेकी छिन् ।

सल्यान जिल्ला बागचौर नगरपालिका घर भएकी रियाले प्लस टु उत्तीर्ण गरेपछि थप अध्ययनका लागि काठमाडौं आएकी थिइन् । २१ वर्षकै उमेरमा उल्लेखनीय सफलता हासिल गरेकी उनले कलाकारितालाई नै जीवनको प्रमुख पहिचान बनाएर अघि बढ्ने संकल्प व्यक्त गरेकी छन् ।

उनले दर्शकलाई आफ्नो गीत ‘कोशेली’ हेरी प्रतिक्रिया दिन तथा युट्युब च्यानल Riya Khatri Official सब्सक्राइब गर्न आग्रह गरेकी छिन् ।

रिया खत्रीको “कोशेली” केरा चाहिन्छ युट्युब भिडियो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ