काठमाडौँ | सुनको मूल्य पछिल्लो समय निरन्तर बढिरहेको छ । यस्तै, शुक्रबार पनि नयाँ रेकर्ड बनाएको छ । अघिल्लो दिनको तुलनामा २ हजार ५ सय रुपैयाँले बढ्दै आज तोलाको २ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भएको हो । यो मूल्य अहिलेसम्मकै उच्च हो । अघिल्लो दिन २ लाख ७ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
आज चाँदीको भाउ प्रतितोला १० रुपैयाँ बढेको छ । अघिल्लो दिन चाँदी प्रतितोला २ हजार ४८० रुपैयाँमा कारोबार भएकोमा आज २ हजार ४९० रुपैयाँमा कारोबार भइरहेको छ ।