२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दक्षिण कोरियाले नवलपरासीमा स्मार्ट सिटी बनाउन सहयोग गर्ने

३ आश्विन २०७४, मंगलवार ०५:२८

असोज ३, नवलपरासी (रासस) | नेपालका उत्कृष्ट छवटा स्थानीय तहलाई दक्षिण कोरिया सरकारले ‘स्मार्ट सिटी’ बनाउने कार्यमा सहयोग गर्ने भएको छ । 

काठमाडौँसहित दुईवटा महानगरपालिका र चारवटा नगरपालिकाको दिगो विकासका लागि दक्षिण कोरियाले सहयोग गर्ने भएको हो । 

ती स्थानीय तहलाई चौतर्फीरुपमा स्मार्ट सिटीको रुपमा विकास गर्न विविध प्रकारले आर्थिक लगानीमार्फत कोरिया सरकारले सहयोग प्रदान गर्ने पक्का भएको छ । 

यसअनुसार बजार क्षेत्रलाई स्मार्ट सिटी सडक व्यवस्थापनदेखि पर्यटकीय क्षेत्रको विकाससम्ममा दक्षिण कोरियाले सहयोग गर्ने तत्परता देखाएको हो जसका लागि दक्षिण कोरियाले आर्थिक लगानीसमेत गर्न लागेको छ । 

दक्षिण कोरियाले सहयोग गर्न लागेको महानगरपालिकातर्फ काठमाडौँ र पोखरा रहेका छन् भने नगरपालिकातर्फ नवलपरासीको रामग्राम, धादिङको निलकण्ठ, काभ्रेको धुलिखेल र भक्तपुर गरेका छन् । 

ती स्थानीय तहलाई दिगो विकास बनाउने रणनीतिका साथ दक्षिण कोरिया सरकारले सहयोग गर्ने योजनामा रहेको नवलपरासीको रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्रकुमार गुप्ताले जानकारी दिनुभयो । 

दक्षिण कोरियाको राजधानी सोलमा गत भदौ २५ गतेदेखि २८ गतेसम्म आयोजित २०१७ इन्टरनेशनल सिटी समिट एण्ड मेयर्स फोरम कार्यक्रममा सोबारे जानकारी दिइएको थियो । 

छनोटमा परेका नेपालका ती छवटा स्थानीय तहलाई स्मार्ट सिटीको रुपमा दिगो विकासका लागि दक्षिण कोरियाले विविध योजना अघि सारेको छ । 

सो फोरममार्फत नेपालका मुख्य छवटा बजारलाई स्मार्ट सिटीका रुपमा दिगो विकासका लागि विविध रणनीतिबारे जानकारी दिएको कार्यक्रममा सहभागी रामग्राम नगरपालिकाका नगर प्रमुख गुप्ताको भनाइ छ । 

एक हप्तासम्म चलेको फोरमसहित स्थलगत भ्रमण कार्यक्रममा विश्वभरिका करिब ५० देशका करिब १३० जना नगरप्रमुखको सहभागिता रहेको थियो । कार्यक्रममा दक्षिण कोरियाले ३५ वर्षमा गरेको चौतर्फी विकासबारे विस्तृतरुपमा जानकारी गराइएको थियो । 

सो फोरम कार्यक्रममा स्मार्ट सिटीको रुपमा विकास भइसकेका विभिन्न देशका उत्कृष्ट शहरको अवस्था र नेपालमा त्यसको कार्यान्वयनका बारेमा छलफल गरिएको थियो । 

सो अवसरमा नेपाली टोलीलाई दक्षिण कोरियामा रहेको साइन्स एण्ड रिसर्च सेन्टरको अध्ययन अवलोकनसमेत गराइएको टोलीमा सहभागी रामग्राम नगरपालिकाका नगर प्रमुख गुप्ताको भनाइ छ । 

सो अवसरमा नेपालबाट छजना स्थानीय तहका प्रमुखको सहभागिता रहेको थियो । सो कार्यक्रममार्फत नेपालको चौतर्फी विकासका साथै नेपालसँग र विभिन्न देशबीच अन्तरराष्ट्रिय सम्बन्ध बलियो हुने अपेक्षा गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की