१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

कास्कीमा सामाजिक स्वास्थ्य बीमा कार्यक्रम लोकप्रिय

३ आश्विन २०७४, मंगलवार ०८:४९

असोज ३, कास्की। कास्कीमा सामाजिक स्वास्थ्य बीमा कार्यक्रम लोकप्रिय बन्दै गएको छ । 

सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत सरकारद्वारा सञ्चालित बीमा कार्यक्रममा आजसम्म ४२ हजार ५०० जनाले नाम दर्ता गरेका सामाजिक स्वास्थ्य बीमा सुरक्षा विकास समितिका प्रबन्धक कृष्णप्रसाद भट्टराईले जानकारी दिनुभयो । 

विसं २०७३ पुस १२ गतेबाट सञ्चालन भएको बीमा कार्यक्रमबाट रु दुई करोड संकलन भएको छ भने १४ हजार ५०० जनाले अस्पतालबाट सेवा लिएका छन् । अस्पतालबाट सेवाबापत सेवा प्रदायक संस्थालाई रु एक करोड २५ हजार भुक्तानी गरिएको छ । 

सेवा प्रदायक अस्पतालमा दुई निजी र आठ सरकारी छन् । गण्डकी मेडिकल कलेज र मनिपाल शिक्षण अस्पताल निजी अस्पताल छन् भने पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, हिमालय आँखा अस्पताल, शिशुवा अस्पताल, मातृ शिशु मितेरी अस्पताल तथा अर्मला, भेडाबारी, थुम्सीकोट र कृस्ती स्वास्थ्य चौकी रहेका छन् । 

स्वास्थ्य बीमा दर्ता गर्नेमा जिल्लाको कूल जनसंख्याको नौ प्रतिशत रहेका छन् । स्वास्थ्य बीमा दर्ता गर्नेको संख्या असार मसान्तसम्म २५ प्रतिशत पु¥याउने लक्ष्य रहेको भट्टराईले बताउनुभयो । बीमा दर्ता प्रक्रिया नियमितरुपमा सञ्चालन भइरहेको छ भने दर्ता सहयोगीका रुपमा ११२ जनालाई खटाइएको छ । स्थानीय तहको नयाँ संरचनाअनुसार दर्ता सहयोगीको संख्या बढाएर १३० पु¥याइने उहाँले बताउनुभयो । सरकारले निःशुल्क उपलब्ध गराउने भनिएको ५३० प्रकारका औषधिलाई वृद्धि गरी ९२८ पु¥याइएको छ ।  रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह