२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कृषि उत्पादन वृद्धि गरी स्वरोजगार प्रदान गर्नुपर्छ : मन्त्री गौतम

३ आश्विन २०७४, मंगलवार १०:२३

असोज ३, चितवन। सिँचाइमन्त्री सञ्जयकुमार गौतमले कृषि उत्पादनलाई वृद्धि गरेर आत्मनिर्भरसँगै स्वरोजगार प्रदान गर्नुपर्ने बताउनुभएको छ । 

आज यहाँ पत्रकारसँग कुराकानी गर्दै मन्त्री गौतमले नीतिगत रुपमा राज्य चुकेका कारण कृषिमा आत्मनिर्भर हुननसकेको बताउनुभयो । उहाँले कृषि प्रणालीमा नीतिगत रुपमा सुधार नगरेसम्म सोचेअनुरुपको प्रगति गर्न नसकिने धारणा व्यक्त गर्नुभयो । 

मन्त्री गौतमले कृषिमा आत्मनिर्भर बनाउन प्रविधिको विकास र आधुनिक कृषि प्रणालीको विकास गर्नुपर्ने बताउनुभयो । कृषिलाई आधुनिकिकरण गर्न नसक्दा लाखौं युवा विदेश जान बाध्य भएको उहाँको भनाइ थियो । 

“हामी अझै पनि परम्परागत कृषि प्रणालीमा आधारित छौं,” मन्त्री गौतमले भन्नुभयो– “आत्मनिर्भर बन्न आधुनिक कृषि प्रणालीमा जानुको विकल्प छैन् ।” देशमा कृषि उत्पादनलाई वृद्धि गरेर रोजगारको अवसर सिर्जना गर्नतर्फ सरकारको ध्यान केन्द्रित भएको गौतमले बताउनुभयो । 

स्थानीय तहका संरचना निर्माण र कर्मचारी व्यवस्थापन नभएसम्म तीव्र विकास गर्न नसकिने भन्दै उहाँले राष्ट्रिय गौरवका सिँचाइ योजनालाई विशेष प्रथामिकतामा राखेर सरकारले काम गरिरहेको बताउनुभयो । रु ५० लाखसम्मको बजेट स्थानीय तहमा गएपछि कतिपय कार्यालयमा दुई महिनायता काम नभएको भन्दै उहाँले छिट्टै यसलाई टुङग्याउन आफू लागिपरेको बताउनुभयो । 

संघीयता कार्यान्वयन गर्दैगर्दा कर्मचारी व्यवस्थापन चुनौतिपूर्ण रहेको भन्दै उहाँले स्थानीय निकायलाई अधिकार सम्पन्न बनाएर संघीयता कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य