काठमाडौँ | सुनको मूल्य आज नौ सय रुपैयाँले घटेको छ । आज सुनको मूल्य नौ सय रुपैयाँले घटेर तोलाको दुई लाख १५ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो पनि सुनको मूल्य घटेर दुई लाख १६ हजार एक सय रुपैयाँ थियो ।
आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी ३० रुपैयाँले घटेर दुई हजार पाँच सय २० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको मूल्य दुई हजार पाँच सय ५० रुपैयाँ थियो ।