काठमाडौँ | सुनको मूल्य आज तोलामा आठ सय रुपैयाँले बढेको छ । आज सुनको मूल्य आठ सय रुपैयाँले बढेर तोलाको दुई लाख १६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको मूल्य तोलाको दुई लाख १५ हजार दुई सय रुपैयाँ थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा ६० रुपैयाँले बढेर दुई हजार पाँच सय ८० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । हिजो चाँदीको मूल्य तोलाको दुई हजार पाँच सय २० रुपैयाँ थियो ।