२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

राजविराजको वडा नं १५ मा मतदान शुरु

५ आश्विन २०७४, बिहीबार ०६:२१

असोज ५, सप्तरी। सप्तरीको राजविराज नगरपालिका वडा नं १५ मा आज बिहान ७ बजेदेखि शान्तिपूर्णरुपमा तेस्रो चरणको स्थानीय तहको निर्वाचन शुरु भएको छ । 

उक्त वडामा भदौ ३१ गते राजपा नेपालका उम्मेदवार महन्थी यादवको मृत्यु भएपछि स्थगित भएको निर्वाचन आज भएको जिल्ला निर्वाचन कार्यालय, सप्तरीले जनाएको छ । 

विशेष सुरक्षाका साथ दुईवटा मतदान केन्द्रमा अहिले मतदान भइरहेको बताइएको छ । त्यहाँ एक हजार ६३९ मतदाता रहेका छन् । 

यादवको मृत्यु भएपछि संशोधित निर्वाचन कार्यक्रमअनुसार वडा नं १५ मा राजपा, नेपालका तर्फबाट वडाध्यक्ष पदका लागि जशकरण मण्डलले असोज ३ गते आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको थियो । 

यसअघि असोज २ गते राजविराज नगरपालिकाको १५ वडाबाहेक अन्य वडामा शान्तिपूर्णरुपमा निर्वाचन सम्पन्न भइसकेको निर्वाचन कार्यालयले जनाएको छ ।. 

सो वडा नं १५ मा आज बिहान ७ देखि साँझ ५ बजेसम्म निर्वाचन हुने निर्वाचन अधिकृत महेशकुमार ठाकुरले जानकारी दिनुभयो । 

यसैबीच, सम्पन्न भएका वडाहरुको मतपेटिका जिल्ला खेलकुद विकास समितको हलमा कडा सुरक्षाका साथ राखिएको र वडा नं १५ को मतदान सकिएपछि राजविराज नगरपालिकाको मतगणना आजैदेखि शुरु हुने सप्तरीका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले जानकारी दिनुभयो ।  रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान