2026-09-19 04:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

मन्त्रि थापाद्वारा नवदुर्गा महोत्सवको शुभारम्भ

असोज ५, पोखरा। कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञबहादुर थापाले विजयादशमीका अवसरमा पोखराको बिन्ध्यवासिनी मन्दिरमा आजदेखि शुरु भएको नवदुर्गा महोत्सव शुभारम्भ गर्नुभयो । 

बिन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा शुरु भएको सो महोत्सव असोज १३ गते महानवमीको दिनसम्म सञ्चालन हुनेछ । 

महोत्सवको शुभारम्भपछि बिन्ध्यवासिनी मन्दिरबाट नवदुर्गाका नौ रुपको झाँकी, १०८ कलश सहितको नवदुर्गा शोभायात्रा निकालिएको थियो । शोभायात्रा मोहरिया टोल, नालामुख, चिप्लेढुंगा, महेन्द्रपुल, पालिखेचोक हुँदै बिन्ध्यवासिनी मन्दिरमा पुगेर सम्पन्न भएको थियो । 

शोभायात्रामा विभिन्न भजन समूह, जातीय वेशभूषा, सांस्कृतिक झाँकी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल स्काउट, आमा समूह तथा विभिन्न धार्मिक, सामाजिक र शैक्षिक सङ्घसंस्थाको सहभागिता रहेको थियो । 

विश्व शान्ति तथा मानव कल्याणको कामना गर्दै जातीय सद्भाव तथा धार्मिक पर्यटनको विकासमा टेवा पुर्याउने उद्देश्यले महोत्सव आयोजना गरिएको समितिका सदस्यसचिव तीर्थ श्रेष्ठले बताउनुभयो । 

महोत्सवमा आजदेखि मन्दिर परिसरमा श्रीमद्भागवतदेवी ज्ञान महायज्ञसमेत हुनेछ । 

सो अवसरमा मन्त्री थापाले सबैभन्दा पुरानो र धार्मिक आस्थाको केन्द्रविन्दुमा रहेको बिन्ध्यवासिनी मन्दिरको संरक्षण र पूर्वाधार विकासमा सबैको ध्यानाकर्षण गराउनुभयो । 

उहाँले धार्मिक पर्यटन प्रवद्र्धनमा पनि बिन्ध्यवासिनी मन्दिरले महत्वपूर्ण टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो । 

समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको थियो ।   रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा