२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

‘बुद्धधर्ममा नारी समानता छ’

५ आश्विन २०७४, बिहीबार ०८:३६

असोज ५, काठमाडौँ। बुद्घधर्मले आजभन्दा दुई हजार ६०० वर्ष अघि नै नारीप्रति समान दृष्टिकोण राखेको विज्ञहरुले बताएका छन् । 

समानता र भातृत्वलाई विशेष महत्व दिने बुद्घधर्ममा नारीलाई पनि पुरुषलाई जतिकै बराबर अधिकार प्रदान गरिएको नेपाल प्रज्ञा प्रतिष्ठान दर्शन विभाग तथा धर्मकीर्ति विहार संरक्षण कोषद्वारा बुधबार संयुक्तरुपमा आयोजित ‘बौद्धदर्शन, प्रजापति गौतमी र नारी स्वतन्त्रता’ विषयको अन्तरक्रियामा वक्ताहरुले यस्तो धारणा राखेका हुन् । 

माता महामाया देवीको निधनपछि राजकुमार सिद्धार्थलाई पालनपोषण गरी हुर्काउनुभएका कान्छी आमा प्रजापति गौतमी प्रवज्या भई भिक्षुणी बन्ने नेपालका पहिलो महिला थिए । बुद्घ शासनमा भिक्षु संघ स्थापना भएको छ वर्षपछि रानी प्रजापति गौतमीको नेतृत्वमा भिक्षुणी संघ स्थापना भएको थियो । त्यसरी पुरुष तथा महिला दुवैलाई भिक्षु बन्ने अधिकार दुई हजार ६०० वर्ष अगाडि गौतमबुद्धले दिनुभएको समानताको सन्देश त्यसबेलाको लागि ठूलो उपलब्धि भएको उनीहरुको भनाइ थियो । 

रानी प्रजापति गौतमीले आफूसँगै ५०० जना महिलालाई पनि भगवान् बुद्धसमक्ष प्रवजित गराई भिक्षुणी बनाउनुभएको थियो । हाल विश्वको रुस, चीन, मंगोलिया, जापान, नेपाल, भारतजस्ता थुप्रै मुलुकमा लाखौँको संख्यामा प्रवज्या लिई भिक्षुणी हुने महिला रहेका छन् । 

विश्वमा हाल एक अर्ब ६० लाख मानिसले बुद्धधर्म ग्रहण गरेका छन् भने यो संसारको दोस्रो ठूलो धर्मका रुपमा मानिन्छ । 

कार्यक्रमको उद्घाटन गर्दै भिक्षु निग्रोधले प्रज्ञा नै मानिसको रत्न हो भन्नेमा विश्वास गर्ने बुद्ध दर्शनमा प्रलोभन, साम, दाम, दण्ड, भेदजस्ता विकृति हुँदैन भन्नुभयो । 

उहाँले सम्राट् अशोकसहित अरु धेरै राजालाई युद्धबाट शान्तिपथमा फर्काउनुभएको चर्चा गर्नुभयो । भिक्षु निग्रोधले भन्नुभयो – “पितृसत्तात्मक नेपालमा अहिले पनि महिलालाई समान दृष्टिकोणले हेरिँदैन र उनीहरुमाथि भेदभाव हुन्छ । तर बुद्ध शासनमा पुरुष–महिला दुवैलाई बराबरी अधिकार हुन्छ । यस्तो महान् सभ्यता भएको बुद्धधर्म नेपालबाट २६०० वर्ष अघि नै शुरु भएको थियो ।” 

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले शान्ति, समानता तथा भातृत्वभावमा आधारित भएकाले बुद्ध दर्शनप्रतिको आकर्षण पूर्वी एशिया, दक्षिण पूर्र्वी एशियासहित विश्वका धेरै मुलुकका जनतामा बढ्दै गएको बताउनुभयो । 

धर्मकीर्ति विहारका भिक्षुणी वीर्यवती गुरुमाँले भगवान् बुद्धले नारीको स्वतन्त्रताका लागि दुई हजार ६०० वर्ष अघि नै धेरै अधिकार दिएर जानुभएको बताउनुभयो । 

लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति डा नरेशमान बज्राचार्यले बुद्धका कान्छी आमा रानी प्रजापति गौतमीले ५०० महिलालाई भिक्षुणी बनाउने काम निक्कै महत्वपूर्ण भएको भन्दै यसलाई विश्वमा प्रचारप्रसार गर्नुपर्ने बताउनुभयो । 

कार्यपत्र प्रस्तुत गर्दै सहप्राध्यापक उर्मिला ताम्राकारले भगवान् बुद्धले ८४ हजार धर्मस्कन्ध दिएर जानुभएको र समाजका हरेक वर्ग, समुदाय, जातजाति तथा मानवको समस्या समाधान त्यसमा निहीत रहेको बताउनुभयो ।   रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान