६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

आयुर्वेद तथा वैकल्पिक चिकित्सातर्फ आकर्षण बढ्दो

१० आश्विन २०८२, शुक्रबार १२:४८

काठमाडौँ | यहाँस्थित आयुुर्वेद तथा वैकल्पिक चिकित्सालयमा उपचार गर्न आउनेको सङ्ख्यामा वृद्धि भएको छ ।

पहिले मन्थली नगरपालिका–१ घारी खहरेस्थित भाडाको घरबाट चिकित्सालयले सेवा प्रवाह गरेकामा हाल मन्थली अस्पतालको पुरानो भवनबाट सेवा प्रवाह गर्न थालेको छ । चिकित्सालयका सूचना अधिकारी हरिनारायण महतोकाअनुसार हाल जिल्लामा एक जिल्ला स्तरीय चिकित्सालयसहित विभिन्न नागरिक आरोग्य सेवा केन्द्र गरी कूल छ वटा सेवा कार्यालय सञ्चालनमा छन् ।

चालु आर्थिक वर्षमा दोरम्बा शैलुङ, लिखु तामाकोशी र उमाकुण्ड गाउँपालिकामा पनि एक÷एकवटा नागरिक आरोग्य सेवा केन्द्र थपिने चरणमा छन । क्रमशः सबै सेवा केन्द्रमा विगतका तुलनामा सेवाग्राहीको सङ्ख्या वृद्धि भएको उहाँले बताउनुभयो ।

चिकित्सालय र आरोग्य केन्द्रमार्फत उपचारात्मक सेवा अन्तर्गत नियमित स्वास्थ्य परीक्षण, पूर्वकर्म सेवा, अकुपञ्चर, फिजियो थेरापी, शिरोधारा, योग, प्रयोगशाला सेवा अन्तर्गत रगत, दिसापिसाब, परीक्षण, विशेषज्ञ सेवा अन्तर्गत पाइल्स र फिस्टुलाको लागि निःशुल्क शल्यक्रिया गरिने भएकाले बिरामीको आकर्षण बढ्दै गएको हो ।

अधिकांश सेवा निःशुल्कसहित प्रभावकारी भएकाले यसप्रति आकर्षण बढेको मन्थली नगरपालिका–२ का स्थानीय कुङ्गलाल तामाङले बताउनुभयो । उहाँले भन्नुभयो, “मैले कहीवर्ष अघि आमालाई काठमाडाँैका अस्पतालमा लगेर उपचार गर्दा धेरै पैसा खर्च भए पनि निको भएन, तर यहाँ कम खर्चमा राम्रो उपचार भएकाले यहीँ आएर उपचार गर्ने गरेको छु ।”

मन्थली अस्पतालको भवनबाट सेवा दिन थालिएपछि सेवाग्राहीको सङ्ख्या वृद्धि भएको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयका व्यवस्थापन समितिका अध्यक्ष नवराज घिमिरेले बताउनुभयो । उहाँका अनुसार भाडाको भवनबाट दैनिक ५० जनाको सङ्ख्यामा मुस्किलले सेवा दिने गरेकामा हाल दैनिक एक सय भन्दा बढीको सङ्ख्यामा सेवाग्राही आउने गरेका छन् ।

अन्य स्वास्थ्य सेवा जस्तै यसलाई पनि प्राथमिकतामा राखेर योजना तर्जुमा गर्ने हो भने रोग लाग्नै नदिने खालका प्रवर्द्धनात्मक सेवा अझ बढी प्रभावकारी हुने स्थानीय बद्रीप्रसाद घिमिरे बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या