२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

आज विश्व गैँडा दिवस : गैँडा संरक्षणबारे अन्तरक्रिया

२०७४, ६ आश्विन शुक्रबार ०७:५८

असोज ६, चितवन। विश्वकै दुर्लभ वन्यजन्तु एकसिङ्गे गैंडा संरक्षणका लागि सामूहिक प्रयास जरुरी रहेको संरक्षणसँग सम्बद्ध सङ्घसंस्थाका प्रतिनिधिहरुले बताएका छन् । 

विश्व गैँडा दिवसको सन्दर्भमा आज चितवनको रत्ननगरस्थित सौराहामा भएको अन्तरक्रिया कार्यक्रममा सहभागीले दुर्लभ एकसिङ्गे गैँडा नेपाल र भारतमा मात्रै रहेकाले संरक्षणमा जोड दिएका हुन् । 

चितवन राष्ट्रिय निकुञ्जको पूर्वी क्षेत्र प्रमुख तथा सहायक संरक्षण अधिकृत अभिनय पाठकले वन र वन्यजन्तु जोगाउन निकुञ्जको प्रयास मात्रै पर्याप्त नहुने भन्दै स्थानीय समुदाय र सङ्घसंस्थाको भूमिका पनि उत्तिकै महत्वपूर्ण भएको चर्चा गर्नुभयो । 

सौराहामा रहेको बाघ संरक्षण उपसमिति, चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोषलगायत पर्यटन र संरक्षणसँग सम्बन्धित झण्डै २० वटा सङ्घसंस्थाको संयुक्त आयोजनामा उक्त कार्यक्रम भएको हो । 

निकुञ्जका सहायक संरक्षण अधिकृत पाठकले गैँडाको हालसम्मको अवस्थाबारेको विवरण प्रस्तुत गर्नुभएको थियो । बाघ संरक्षण उपसमितिका जिल्ला संयोजक जितु तामाङले स्थानीयवासीको सक्रियताकै कारण चितवनमा संरक्षण कार्य प्रभावकारी भए पनि अझै गैँडा जोगाउन ठूलै चुनौती रहेको बताउनुभयो । उहाँले शून्य चोरी–शिकारलाई कायम राख्न अझै संरक्षणमा नयाँ योजना ल्याई चोरी–शिकार नियन्त्रण अभियानलाई प्रभावकारी बनाउनुपर्ने र घाँसेमैदान व्यवस्थापनमा समेत ध्यान जानुपर्नेमा जोड दिनुभयो । 

पछिल्लो गणनाअनुसार चितवनमा ६०५ गैँडा रहेका र चितवन नै नेपालमा सबैभन्दा बढी गैँडा चितवन निकुञ्जमा भएकाले यहाँ पर्यटन र संरक्षणलाई सँगसँगै लैजानुपर्नेमा सहभागीहरूजोड दिएका थिए । 

निकुञ्जले स्थानीय प्रशासन, प्रहरी, अनुसन्धान ब्यूरो र स्थानीय समुदायको सहकार्यमा संरक्षणका कार्यक्रम अघि बढाएकाले विगतमा एक हजार दिनभन्दा बढी शून्य चोरी–शिकार समय मनाइसकेपछि पश्चिम चितवनको जगतपुरमा तस्करले एउटा गैँडा मारेकाले शून्य चोरी–शिकार वर्ष कायम राख्न निकुञ्जसामु ठूलो चुनौती रहेको सूचना अधिकारी नुरेन्द्र अर्यालले बताउनुभयो । पछिल्लो समयमा विद्युत् प्रवाह भएर तथा विभिन्न कारणले गैँडा मर्ने क्रम बढिरहेको छ । गएको साउन र भदौमा मात्रै यहाँ नौवटा गैँडा मरेको छ । अघिल्लो वर्ष विभिन्न कारणले चितवनमा २५ गैँडा मरेको थियो ।    रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी