2026-07-24 10:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चाडपर्व सुरक्षा र निर्वाचनको पूर्वतयारीमा जुट्न मातहतका निकायलाई सशस्त्रको निर्देशन

काठमाडौँ | सशस्त्र प्रहरी बल नेपालले चाडपर्व सुरक्षा र निर्वाचनको पूर्वतयारीमा जुट्न मातहतका निकायलाई निर्देशन दिएको छ ।

नेपालीहरूको महान चाड बडादशैँ, शुभदिपावली, नेपाल सम्वत् ११४६ तथा छठ पर्वको उपलक्ष्यमा आज सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले प्रधान कार्यालय हलचोकबाट मातहतका सबै इकाईलाई सम्बोधन गर्दै उक्त निर्देशन दिनुभएको हो ।

उहाँले सशस्त्र प्रहरी बल, नेपालको गौरवमय परम्परालाई जीवन्त राख्दै, पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म, तराईको उष्णतादेखि हिमालको कठोर चिसोसम्म र अन्तर्राष्ट्रिय शान्ति मिसनहरूमा अहोरात्र देश र जनताको शान्ति, सुरक्षा र उद्धारमा समर्पित सशस्त्र प्रहरी कर्मचारीहरूलाई नागरिकको सेवा र अपराध नियन्त्रणमा कार्यक्षेत्रमा प्रभावकारी रूपमा खटिन अनुरोध गर्नुभयो ।

महानिरीक्षक अर्यालले आगामी फाल्गुन २१ गते तोकिएको आम निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन प्रारम्भिक पूर्वतयारी सुरु गर्न पनि मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।

उहाँले नजिकिँदै गरेका चाडपर्व नागरिकले निर्धक्कसाथ मनाउनका लागि सुरक्षा व्यवस्थाको सुनिश्चित गर्न चाडपर्व लक्षित सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयन तथा सीमा नाकाहरूबाट चाडपर्व मनाउन स्वदेश फर्किने नागरिकको सम्मानजनक तथा सुरक्षित आवागमनको लागि आवश्यक स्थानहरूमा सहायता–डेस्कहरूको स्थापना गरी समकक्षी सुरक्षा निकाय तथा सरोकारवालाहरूसँगको समन्वयमा प्रभावकारी परिचालन र नियमित अनुगमन गर्ने व्यवस्था मिलाउन पनि आग्रह गर्नुभएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले चाडपर्वको समयमा सडक दुर्घटना, बाढी, पहिरो, आगलागीजस्ता विपद्हरूको जोखिमलाई ध्यानमा राखी उद्धार टोलीलाई पूर्ण तयारी हालतमा राख्न निर्देशन दिनुहुँदै विपद् व्यवस्थापनमा प्रभावकारिता बढाउन प्रारम्भिक चेतावनी प्रणालीको विकास र उपयोग, स्थानीय प्रशासन र समकक्षी निकायहरूसँग समन्वय गरी विपद् प्रतिकार्य योजना अद्यावधिक गर्न समेत निर्देशन दिनुभयो ।

उहाँले भन्सार नाकाहरूबाट हुन सक्ने राजस्व चुहावट नियन्त्रण गर्न सके राष्ट्रिय अर्थतन्त्रमा थप योगदान गर्न सकिने भएकाले चाडपर्वको मौका छोपेर सीमा क्षेत्रबाट चोरी तस्करी बढ्न सक्नेतर्फ पनि सचेत हुन आग्ह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक