2026-07-24 10:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पछिल्लो विषम परिस्थितिमा राजनीतिक दलबीच समन्वय र सहकार्य आवश्यक छ : पूर्वराष्टपति भण्डारी

काठमाडौँ | पूर्वराष्टपति विद्यादेवी भण्डारीले देशको विद्यमान समस्या समाधान गर्न राजनीतिक दलबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।

पूर्वराष्ट्रपति भण्डारीद्वारा आज यहाँ आयोजित ‘भदौ २३ गतेको प्रदर्शन र भदौ २४ गतेको दिन घटेको विध्वंशात्मक घटनापश्चात मुलुकमा उत्पन्न परिस्थिति’ विषयक अन्तक्र्रियामा उहाँले राजनीतिक दल र विभिन्न आस्था राख्नेहरूबीच समन्वय भएर नै अहिलेको समस्या समाधान गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

पूर्वराष्ट्रपति भण्डारीले सधैँ अहिलेको अवस्थामा मुलुक रहिरहन नसक्ने भन्दै यसको समाधान गरेर जानुपर्ने बताउनुभयो । मुलुकका शक्तिका स्रोत भनेका जनता रहेको उल्लेख गर्दै उहाँले राजनीतिक दलहरूले आफ्नो दर्शन, सिद्धान्त, नीतिअनुसार काम गरे वा नगरेको बारेमा जान्न जनतामाझ जानुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले अहिले मुलुक सङ्कटमा परेकाले राष्ट्रिय एकता आवश्यक रहेको बताउनुभयो । उहाँले निर्धारित समयमा निर्वाचन हुनुपर्नेमा जोड दिँदै सबै राजनीतिक दलले निर्वाचनमा भाग लिनुपर्ने बताउनुभयो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेशजङ्ग रायमाझीले आफ्नो पार्टीले शुद्धीकरणको अभियान सुरु गर्ने बताउनुभयो ।

कार्यक्रममा निर्वाचन आयोगका पूर्वप्रमुख नीलकण्ठ उप्रेतीले पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने बताउनुभयो । उहाँले द्वन्द्वमा परेका मुलुक पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा गएर आफूलाई माथि उठाएको चर्चा गर्दै नेपालमा पनि पूर्ण समानुपातिक निर्वाचन प्रणाली राम्रो हुने बताउनुभयो ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि)का शिक्षाध्यक्ष डा खड्ग केसीले राजनीतिक दलले आत्मसमीक्षा गर्नुपर्ने बेला आएको बताउनुभयो ।

काङ्ग्रेसका नेता दीपकुमार उपाध्यायले सबै राजनीतिक दलले भ्रष्टाचारलाई शून्य सहनशीलता भन्ने आफ्नो घोषणापत्रमा उल्लेख गरे पनि त्यो पूरा नगरेकाले जेनजीहरूले भ्रष्टाचार र सुशासनको पक्षमा आन्दोलन गर्दा अहिलेको अवस्था आएको बताउनुभयो । उहाँले सबै राजनीतिक दलका असल नेताहरू एक ठाउँमा आएर मुलुक बचाउनुपर्ने बताउनुभयो ।

राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख देवीराम शर्माले प्रहरीको मनोबल उकासेर मात्र निर्वाचनमा जानुपर्ने बताउनुभयो । वरिष्ठ पत्रकार कनकमणि दीक्षितले भदौ २३ र २४ गतेको घटनाको निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्ने बताउनुभयो । वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीले मुलुकको अहिलेको सङ्कट सामाधान गर्नका लागि सर्वपक्षीय सहमति आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक