२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

माथिल्लो त्रिशुली ‘थ्री ए’ को चार किलोमिटर लामो सुरुङ निर्माण सम्पन्न

२०७४, ६ आश्विन शुक्रबार ०९:१५

रमेश लम्साल। असोज ६, काठमाडौँ। भूकम्प र भारतको अघोषित नाकाबन्दीको चपेटामा परेको नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको माथिल्लो त्रिशुली ‘थ्री ए’ जलविद्युत् आयोजनाको सुरुङ निर्माण सकिएको छ । 

आयोजनाका प्रमुख फणिन्द्रराज जोशीका अनुसार आयोजनाको सबैभन्दा महत्वपूर्ण मानिएको सुरुङ निर्माण प्रक्रिया सम्पन्न भएको छ । सुरुङको लम्बाइ चार हजार ७६ मिटर रहेको छ । सधैँ विवाद तथा अनेकन अनियमितताको भुमरीमा फस्दै आएको माथिल्लो त्रिशुली थ्री ए को सुरुङ गएराती ‘ब्रेक थ्रु’ भएपछि आयोजनाको कूल प्रगति ६५ प्रतिशतको हाराहारीमा पुगेको छ । 

प्राधिकरणले नुवाकोटमा निर्माण गरिरहेको सो आयोजना डेढ वर्ष पहिल्यै सम्पन्न हुनुपर्ने थियो । भूकम्प र भारतको अघोषित नाकाबन्दीका कारण उठ्नै नसक्ने गरी प्रभावित भएको आयोजना चिनियाँ ठेकेदारले गत वैशाखदेखि युद्धस्तरमा काम गरेपछि सुरुङ निर्माण प्रक्रिया सम्पन्न भएको हो । 


नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले आयोजनाको सबैभन्दा जटिल मानिएको सुरुङ ब्रेक थ्रु भएको जानकारी दिनुभयो । उहाँका अनुसार आयोजना एउटा लयमा फर्किएको र अरू कामसमेत यही तरिकाले अगाडि बढे आयोजनामा लामो समय नलाग्ने बताउनुभयो । 

चीनको गेजुवा ग्रुप अफ कम्पनीले आयोजनाको निर्माण गरिरहेको छ । प्राधिकरणले नेपालमै पहिलो पटक सो निर्माण कम्पनीसँग इपिसी मोडलमा ठेक्का गरेको थियो । भूकम्पका कारण आयोजना निर्माण नगर्ने भन्दै पछाडि हटेको चिनियाँ ठेकेदारलाई सरकारले उच्च कूटनीतिक पहलमार्फत निर्माणका लागि सहमत गराएको थियो । भूकम्पका कारण ठूला ढुंगा खस्दा ठेकेदारको रु एक अर्ब बराबरको क्षति पुगेको दाबी गरेको छ । 

आयोजना प्रमुख जोशीले आयोजनाको ६५ प्रतिशत काम सम्पन्न भएको बताउनुभयो । उहाँले भौतिक निर्माणको काम ८२ प्रतिशतको हाराहारीमा पुगेको र त्यसले आयोजनालाई थप गति दिएको बताउनुभयो । भूकम्पले आयोजनाको बाँधमा ठूलो क्षति पु¥याएका कारण त्यसलाई पुनः निर्माण तथा मर्मतका लागि निर्माण व्यवसायी र प्राधिकरणबीच सहमति भएको छ । पहुँच मार्ग निर्माणका लागि सरकारले नेपाली सेना परिचालन गरेको थियो । सो कार्यका लागि मात्रै रु ६१ करोड खर्च भएको थियो । 

तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्मा र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजना निर्माणका लागि चौतर्फी पहल गर्नुभएको थियो । आयोजनाको भौतिक प्रगति राम्रो भए पनि त्रिशूली काठमाडौँ मातातीर्थ १३२ केभी प्रसारण लाइन निर्माणमा भने केही समस्या रहँदै आएको छ । आयोजनामा पछिल्लो पटक सिमेन्टका कारण प्रभावित भएको छ । जग्गा प्राप्ति र मुआब्जा वितरणका विषयमा कुरा मिल्न नसक्दा प्रसारण लाइन निर्माणमा सम्स्या आएको आयोजनाले जनाएको छ । 

परियोजनामा प्रयोग भइरहेको भारतीय सिमेन्टले नापतौल तथा गुणस्तर विभागबाट गुणस्तर प्रमाणपत्र चिह्न लिनुपर्ने प्रावधान राखेका कारण सिमेन्ट अभाव हुन पुगेको छ । आयोजनालाई दैनिक १०० टन सिमेन्ट आवश्यक पर्दछ । यस्तै आयोजनाबाट निकास भएको पानी प्रयोग गरेर ३७ मेगावाट क्षमताको त्रिशूली ‘थ्री बी’ जलविद्युत् आयोजना निर्माणको काम शुरु भएको छ । सो आयोजनामा प्राधिकरण र नेपाल टेलिकमले संयुक्त रुपमा लगानी गर्न लागेका छन् ।    रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी