2026-11-02 03:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कीर्तिपुरस्थित क्रिकेट मैदान स्तरोन्नतिको पहिलो चरण अन्तिम चरणमा

काठमाडौँ | सहरी विकास मन्त्री कुलमान घिसिङले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानको स्तरोन्नति छिटो सम्पन्न गर्न निर्देशन दिनुभएको छ । मन्त्री घिसिङले आज स्थलगत निरीक्षणपछि स्तरोन्नतिको पहिलो चरणको काम अन्तिम चरणमा पुगेको पनि जानकारी दिनुभयो ।
उहाँका अनुसार मैदानमा प्यारापिट निर्माण अन्तिम चरणमा पुगेको छ । साथै छ वटा फ्लडलाइट जडान एक महिनाभित्र सम्पन्न गर्ने ठेकेदार कम्पनीले  प्रतिबद्धता जनाएको छ । “पहिलो चरणको काम अन्तिम चरणमा पुगेको छ । फ्लडलाइट राख्ने काम सकिएको छ,” मन्त्री घिसिङले भन्नुभयो “नेपाल प्रिमियर लिग (एनपिएल) सुरु हुनुअघि पहिलो चरणको काम पूरा गरी झण्डै १२ हजार दर्शक अटाउन सक्ने गरी तयार हुनेछ ।”
उहाँका अनुसार दोस्रो चरणको काम सम्पन्न भएपछि मैदानमा करिब ३० हजार दर्शक बस्न सक्ने क्षमता हुनेछ  । “यो देशको महत्वपूर्ण क्रिकेट मैदान हो, अब दोस्रो र तेस्रो चरणको कामलाई पनि अगाडि बढाउने गरी डिजाइन सकिएको छ,” मन्त्री घिसिङले भन्नुभयो ।
उहाँले परियोजनाको बजेट सुनिश्चिताका विषयमा समेत सरकार गम्भीर रहेको जनाउँदै खेल क्षेत्रलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो । “राष्ट्रिय महत्वका खेललाई अगाडि बढाउन सरकार प्रतिबद्ध छ,” उहाँले भन्नुभयो, “मैदानको स्तरोन्नतिलाई सबैले महत्वका साथ हेर्नुभएको छ । समयमै काम सम्पन्न गरी छिटो हस्तान्तरण गर्न म निर्माण कम्पनीलाई पनि आग्रह गर्दछु ।”
मन्त्री घिसिङले ठेकेदार र सम्बन्धित निकायलाई कार्य तीव्र बनाउन आह्वान गर्दै त्रिवि क्रिकेट मैदानलाई अन्तरराष्ट्रिय मापदण्डअनुसार आधुनिक बनाउन दुई चरणमा काम भइरहेको जानरकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कर्णालीले काठमाडौँलाई दियो १८१ रनको लक्ष्य सर्वोच्च अदालतको ५ बुँदे निर्णय सार्वजनिक, निष्पक्ष छानबिन गर्न आग्रह सिंहदरबारमा विपक्षी दलहरूको बैठक सुरु बिचौलिया प्रकरणको निष्पक्ष छानबिन हुनुपर्छ : कांग्रेस महामन्त्री पौडेल सर्वोच्चमा ४ घन्टादेखि पूर्ण बैठक जारी काठमाडौँ गोर्खाजले टस जितेर पहिले बलिङ रोज्यो, कर्णाली ब्याटिङमा मधेस सरकार गठनबारे दलहरूबीच सघन छलफलमा छौँ : प्रचण्ड कांग्रेस संसदीय दलको बैठक जारी प्रधानमन्त्री शाहको घोषणा : एक महिनाभित्र सबै पालिकाबाट जग्गासम्बन्धी सेवा सञ्चालन गरिन्छ भारी गिरावटपछि आज बढ्यो सुनचाँदीको मूल्य भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध