Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

दीर्घरोगी कृष्णगोपालको दम्पतीमा किन छायोे खुशीयाली ?

By kit 11 मिनेट पढाइ

पढ्न करिब 4 मिनेट लाग्छ
प्रकाशित:

सास । असौज ६, बर्दिया ।

आज म अत्यन्तै खुशी छु । म मुटुको दीर्घ रोगी हुँ । जिल्ला जनस्वास्थ्य कार्यालय बर्दियामा कार्यरत छु । मेरो मुटुको भल्वमा अचानक समस्या देखिएका कारण हाल दैनिक १५ रूपैंयाको औषधि सेवन गर्दछु । उमेरले म ४५ वर्षको भएँ । तर आज म यसरी खुशी हुनुको एउटै कारण हो हामी दम्पतीले आज गरेको ‘स्वास्थ्य वीमा’ ।

आज जनस्वाथ्य अधिकृत कृष्णगोपाल मात्रै खुशी हुनुहुन्न साथसाथै वहाँकी अर्धाङ्गीनी पुतली चौधरी पनि जिल्लामै पहिलोपटक एक औपचारिक कार्यक्रममा स्वास्थ्य वीमा गर्न पाएकोमा वहाँहरु अत्यन्तै खुशी हुनुभएको हो ।

‘मैले दर्ता सहयोगीहरुलाई अरु व्यक्तिहरुबाट नै दर्ता शुरु गरौं भन्ने चाहना व्यक्त गर्दा गर्दै पनि हाम्रो जोडीले नै बर्दियामा स्वास्थ्य वीमाको शुरुवात गर्न पाएकोमा झन् खुशीको सिमा छैन । यो कार्यक्रम असाध्यै राम्रो कार्यक्रम हो तर यसका बारेमा आम जनमानसलाई हामीले बुझाउन कठिन छ, तर यो यस्तो सेवा हो जसका कारण रकमको अभावमा स्वास्थ्य सेवा लिन कठिन हुने अवस्थाका नागरिकहरुलाई आर्थिक जोखिम कम गर्न टेवा पुग्दछ ।’ कृष्णगोपाल भन्नुहुन्छ ।

यो सेवा लिएपछि  व्यक्तिले पैसा लिएर अस्पताल जान पर्दैन कार्ड लिएर गए पुग्छ । यो योगदानमा आधारित कार्यक्रम भएकोले पनि यसलाई हामीले वीमा गरिसकेपछि वर्षभरी विरामी भएनौं भने पनि कोही न कोहीले हाम्रो योगदानबाट सेवा पाइरहेको हुने हुँदा यसलाई पवित्र धार्मिक कार्यका रुपमा संझन सकिन्छ । जसरी हामी कुनै धार्मिक कार्यमा जाँदा केही न केही रकम दान दिन्छौँ तर दान फिर्ता आवोस् भनेर हैन भगवानले रक्षा गरुन् भनेर मातृभूमीलाई दान दिन्छौँ, यसलाई पनि यस्तै संझिन सकेमा हामीले मातृभूमिको लागि गरेको साँचो योगदानका संझेर गौरव गर्न सकिन्छ । त्यसैले यो धार्मिक तथा पुण्य काम हो, जनस्वास्थ्य अधिकृत चौधरी बताउनुहुन्छ ।

कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय बर्दियाका सूचना अधिकृत कृष्णगोपाल चौधरी तथा वहाँकी धर्मपत्नी पुतली चौधरीले आफ्नो नाम दर्ता गर्नुभएपछि बर्दियामा स्वास्थ्य वीमा कार्यक्रमको विधिवत थालनी भएको हो ।

चौधरी दम्पतीले स्वास्थ्य विमा गर्नुपूर्व यो कार्यक्रम बर्दियामा लागू भएको कुरा कार्यक्रमका सभाध्यक्ष तथा सहायक प्रमुख जिल्ला अधिकारी गञ्ज बहादुर एमसीले प्रेस विज्ञप्ती वाचन गरी कार्यक्रमलाई शुरुवात गर्नुभएको थियो ।

वहाँद्वारा वाचन गरिएको विज्ञप्ति अनुसार कैलाली जिल्लाबाट शुरु गरिएको स्वास्थ्य वीमाको कार्यक्रम हाल १५ जिल्लाबाट पछिल्लो चरणमा सिन्धुली, सोलुखुम्बु, झापा, सुनसरी, सुर्खेत, बर्दिया र रोल्पा गरी थप ७ जिल्लाहरुमा असोज महिनादेखि लागू भएको उल्लेख छ । आर्थिक वर्ष २०७४÷०७५ मा ३८ ओटा जिल्लाहरुमा स्वास्थ्य वीमा कार्यक्रम लागू गर्ने योजना अनुरुप कार्य अगाडि बढिरहेको जनाइएको छ ।

१५ ओटा जिल्लाको तथ्याङ्क अनुसार जम्मा २ लाख ३९ हजार २५ जना सदस्य संख्या रहेकोमा जम्मा परिवार संख्या ५३ हजार ३ सय २६ परिवार संख्याले स्वास्थ्य वीमा गरेका जसबाट कूल १४ करोड २४ लाख २५ हजार ९ सय ९७ रूपैंया संकलन भएकोमा ७६ हजार ८ सय ४९ जनाले सेवा लिँदा जम्मा ४ करोड ५० लाख ९ सय ९० रूपैंया वितरण भैसकेको उल्लेख गरिएको छ ।

बर्दिया जिल्लाको सवालमा ९० जना दर्ता सहयोगीहरुलाई तालीम प्रदान गरी विभिन्न स्थानहरुमा दर्ता प्रकृयाका लागि जिम्मा दिइएको जसमध्ये जिल्लाका ४ ओटा स्वास्थ्य संस्थाहरु राजापुर प्राथमिक स्वास्थ्य केन्द्र, मगरागाडी प्राथमिक स्वास्थ्य केन्द्र, सोरहवा प्राथमिक स्वास्थ्य केन्द्र र बर्दिया जिल्ला अस्पतालबाट सेवा प्रदान गरिने बताइएको छ ।

कार्यक्रममा आफ्नो विचार राख्नुहुँदै नेपाल पत्रकार महासंघ बर्दियाका कार्यवहाक अध्यक्ष यादव आचार्यले स्वास्थ्य वीमा भनेको आफै सुरक्षित हुने जीवन दाताकै रुपमा लिएको बताउनुहुदै दर्ता सहयोगीहरुलाई प्रत्येक जनताको घरदैलोमा पुगेर वीमा गर्नका लागि प्रेरणा दिनुपर्नेमा जोड दिुनुहँदै नेपाल पत्रकार महासंघको पहलमा जिल्लाका सम्पूर्ण सञ्चारकर्मीहरुलाई स्वाथ्य वीमा गर्नका लागि प्रेरित गर्दै कलमका माध्यमबाट स्वास्थ्य वीमाका सन्दर्भमा जनमानसमा सकारात्मक सन्देश पु¥याउन कुनै पनि कञ्जुस्याँई नहुने भन्नुहुँदै कार्यक्रमको पूर्ण रुपमा सफल हुने कुरामा विश्वास गर्नुभयो ।

कार्यक्रमका सभाध्यक्ष एवम् सहायक प्रमुख जिल्ला अधिकारी गञ्ज बहादुर एमसीले नेपालको संविधानमा राज्यका निर्देशक सिद्धान्तमै उल्लेख गरी राज्यद्वारा शुरु गरिएको यो कार्यक्रमले पैसाको अभावमा गुणस्तरीय स्वास्थ्य सेवा लिनबाट कोही पनि वञ्चित हुन नपर्ने भएकोले यो कार्यक्रम अत्यन्तै सफल रहने बताउनुभयो ।

कार्यक्रमको सहजीकरण जिल्ला जनस्वास्थ्य कार्यालय बर्दियाका सूचना अधिकृत कृष्णगोपाल चौधरीले गर्नुभएको थियो भने उपस्थित सम्पूर्ण व्यक्तित्वहरुलाई जिल्ला दर्ता अधिकारी रमेश आचार्यले स्वागत गर्नुभएको थियो ।