2026-07-26 01:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

न्याय प्राप्त गर्ने नागरिकको अक्षुण हक मर्न दिदैनौँः प्रधानन्यायाधीश राउत

काठमाडौँ | प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्याय प्राप्त गर्ने नागरिकको अक्षुण हक मर्न नदिने बताउनुभएको छ ।

सर्वोच्च अदालतमा आज नेपाल बार एशोसिएसनका अध्यक्षसहित पदाधिकारीहरु, सर्वोच्च बार एशोसिएसनका अध्यक्ष तथा सचिव, महान्यायाधिवक्ता सविता भण्डारी बराल, नायब महान्यायाधिक्ताहरु, उपत्यका बार एशोसिएसनका अध्यक्ष तथा सचिवहरुसँग छलफल गर्दै प्रधानन्यायाधीश राउतले सो कुरा बताउनुभएको हो ।

“शीघ्र सेवा सञ्चालन गर्छौं”, प्रधानन्यायाधीश राउतले भन्नुभयो, “सर्वोच्च अदालतको सूचना प्रविधिको ‘रिकभर’ हुनेबित्तिकै सर्वोच्च अदालत पूर्ण रुपमा सञ्चालन हुन्छ ।”

सूचना प्रविधिको शाखाले दिनरात काम गरिरहेको उहाँले जानकारी दिनुभयो । प्रधानन्यायाधीश राउतले सर्वोच्च अदालतको पूर्ण बैठक राखेर छलफल गरी थप धारणा सार्वजनिक गर्ने बताउनुभयो ।

गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा गरिएको आगजनीमा सर्वोच्च अदालत, जिल्ला अदालत काठमाडौँ र उच्च अदालत तुलसीपुरमा ठूलो क्षति पुगेको थियो । हाल सर्वोच्च अदालतसहित देशभरका सबै अदालतमा अतिआवश्यक सेवा सञ्चालन भइरहेका छन् ।

नेपाल बारका अध्यक्ष प्रा डा विजय मिश्रले सर्वोच्च अदालतसहित देशभरका अदालत नियमित रुपमा सञ्चालन गर्नुपर्ने तथा बार र कानुन व्यवसायीसँग भएको मुद्दाका मिसिल झिकाउन सहयोग गर्ने बताउनुभयो ।

“नेपाल बार र कानुन व्यवसायीसँग भएका मिसिल ल्याउन बारले सहजीकरण गर्नेछ, अदालत नियमित रुपमा सञ्चालन गर्नुपर्छ”, उहाँले भन्नुभयो, “कतिपय पुराना मिसिल नचाइने काम तत्काल सञ्चालन गर्नु जरुरी छ ।”

नेपाल बारले यसअघि पनि प्रेस विज्ञप्ति जारी गरी अदालत नियमितरुपमा सञ्चालन गर्न आग्रह गरेको थियो । सर्वोच्च अदालतको भवन पूर्ण रुपमा जलेको र धेरै मुद्दाका मिसिल जलेकाले पालमुनिबाट बन्दी प्रत्यक्षीकरणका मुद्दाको सुनुवाइ भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ