काठमाडौँ | राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनको विषयमा छलफल गर्नका लागि आज (शुक्रबार) अपराह्न ४ बजे प्रधानमन्त्री सुशीला कार्की, सरकारका मन्त्रीहरू र राजनीतिक दलका नेताहरूसँग छलफल गर्ने भएका छन्।
राष्ट्रपति पौडेलले शीतलनिवासमै गर्न लागेको यो छलफललाई वर्तमान सरकारको संवैधानिक वैधता र आगामी निर्वाचनको मिति बारे प्रमुख राजनीतिक दलहरूबीच देखिएको मतभेदलाई कम गर्ने प्रयासका रूपमा लिइएको छ।
बिहीबार पनि प्रधानमन्त्री कार्की र केही मन्त्रीहरू राष्ट्रपति पौडेललाई भेट्न शीतलनिवास पुगेका थिए।