2026-09-03 12:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

वैदेशिक रोजगार एनआइडीसँग जोडियो: बुधबारदेखि अनिवार्य अभिमुखिकरणमा उपस्थित हुनैपर्ने

काठमाडौं । वैदेशिक रोजगारमा जाने व्यक्तिको विवरण राष्ट्रिय परिचयपत्र प्रणाली (NID) सँग जोडिएसँगै विदेश जानुअघि लिनुपर्ने अभिमुखिकरणमा तालिममा सम्बन्धित व्यक्तिनै अनिवार्य उपस्थित हुनैपर्ने भएको छ । यससँगै अभिमूखीकरण तालिमका नाममा व्यवसायीहरुले गर्ने सेटिङ धन्दाको अन्त्य हुने विश्वास गरिएको छ ।

पहिले अभिमूखीकरण तालिममा अरू व्यक्तिले बायोमेट्रिक प्रविष्ट गर्ने वा राहदानीधारी व्यक्ति स्वयं उपस्थित नहुने समस्या रहेकोमा अब भने स्वयम् व्यक्ति उपस्थित नभएसम्म अभिमुखिकरणमा तालिम लिएको प्रमाणपत्र पाउने छैन । वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (FEIMS) राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको प्रणालीसँग जोडिएसंगै अभिमुखिकरणमा तालिममा हुने बेथिति रोकिने विभागले जनाएको छ ।
वैदेशिक रोजगार विभागका महानिर्देशक कमलप्रसाद भट्टराईका अनुसार अब अभिमूखीकरण तालिममा सहभागी हुन चाहने व्यक्तिको पहिचान भएपछि मात्र तालिमको ब्याच हाल्न पाइनेछ ।

यो प्रणाली आगामी असोज २९ गतेदेखि अनिवार्य लागू हुने भएको छ । सुरुमा अभिमूखीकरण तालिममा यो प्रणाली जोडिदैछ र अब क्रमश श्रम स्वीकृति, स्वास्थ्य परीक्षण र अध्यागमन प्रक्रियामा पनि जोड्ने तयारी भइरहेको विभागले जनाएको छ ।

बैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन हालसम्म बैदेशिक रोजगारमा जाने नेपाली नागरिकहरुले बैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (FEIMS) मा प्रविष्ट गरी श्रम स्वीकृती लिई जानुपर्ने व्यवस्था रहेको छ । विदेश जाने युवाले श्रम स्वीकृति लिनुपूर्व अभिमूखीकरण तालिम प्रदायक संस्थाबाट अभिमुखीकरण तालिम लिनुपर्ने व्यवस्था रहेको छ । तर अभिमुखिकरण तालिम व्यवस्थापन गर्ने संस्थाहरुले तालिमनै नलिई प्रमाणपत्र बनाई सेटिङ गरेर छुट्टै पैसा समेत लिएर अनियमितता गरेको पाइएको थियो । यो धन्दा विशेष गरि म्यानपावर व्यवसायीहरुको मनपरीको कारण मौलाएको बताईएको छ । तालिम लिने व्यक्तिको पहिचान गर्ने प्रणाली नहुँदा सेटिङ गर्ने व्यवसायीले फाइदा लिईरहेका थिए ।

यसअघि वैदेशिक रोजगारमा जाने व्यक्ति स्वयं उपस्थित नभएर अरु नै व्यक्तिको वायोमेट्रियक प्रविष्ट गरेपनि श्रम-स्वीकृति प्रणालीमा जाँच गर्ने प्रावधान थिएन । यसैबीच व्यक्ति पहिचानलाई थप प्रभावकारी बनाउन बैदेशिक रोजगार विभाग र राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागवीच गत भाद्र महिनामा भएको संयुक्त बैठकको निर्णयबाट बैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीलाई राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबाट सञ्चालनमा ल्याएको National Identity Management Information Systems (NIDMIS) सँग जोडिएको हो ।

वैदेशिक रोजगार बिभागले सम्पूर्ण प्रक्रिया पूरा गरि आगामी असोज २९ गते बुधबारदेखि यो प्रणाली अनिवार्य गर्ने गरी सूचना जारी गरेको छ । यसरी FEIMS प्रणाली र NIDMIS प्रणाली अन्तरआवद्ध हुँदा तालिम प्रदायक संस्थाले वास्तविक सेवाग्राहीलाई मात्र तालिम दिनुपर्ने छ । साथै बैदेशिक रोजगारीमा जाने व्यक्तिको तथ्याङ्क एकीकृत रुपमा प्राप्त गर्न सकिने व्यवस्था सुरु भएको छ ।

वास्तविक व्यक्तिको पहिचान गरेर तालिम तालिम प्रदान गर्दा बैदेशिक रोजगारमा जाने व्यक्तिलाई गन्तव्य मुलुकको भौगोलिक, भाषिक, सांस्कृतिक तथा ट्राफिक नियमबारे सामान्य जानकारी गराउने, यात्रा पूर्वको तयारी र यात्राको क्रममा पुरा गर्नुपर्ने प्रक्रिया बारे जानकारी गराउने, वैदेशिक रोजगारीको सिलसिलामा आउन सक्ने समस्या र समाधानका उपायका बारेमा जानकारी गराउने, कामदारले गर्न हुने र गर्न नहुने काम तथा रोजगारदातासंग करार गर्दा ध्यान दिनुपर्ने विषयमा जानकारी गराउने,कामदारले पाउने सेवा सुबिधा एवं वित्तीय साक्षरता बारेमा जानकारी गराउने जस्ता कार्य भई बैदेशिक रोजगार अझ बढी सुरक्षित, व्यवस्थित र मर्यादित हुन जाने वैदेशिक रोजगार बिभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२, ४ हजार ८७५ जना बेपत्ता रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन