कमल रावल/असोज ७ अछाम। कृषिलाई आम्दानी हुने पेशा बनाउन नितिगत योजनाका साथ अघि बढ्ने एक कार्यक्रमका सरोकारवालाले प्रतिबद्धता जनाएका छन । 

ब्यावसायीक रुपमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल रावल/असोज ७ अछाम। कृषिलाई आम्दानी हुने पेशा बनाउन नितिगत योजनाका साथ अघि बढ्ने एक कार्यक्रमका सरोकारवालाले प्रतिबद्धता जनाएका छन । 

ब्यावसायीक रुपमा"/>

२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

कृषिलाई आम्दानी हुने पेशा बनाउन नितिगत योजनाका साथ अघि बढ्ने सरोकारवालाको प्रतिबद्धता

२०७४, ७ आश्विन शनिबार ०९:१५


कमल रावल/असोज ७ अछाम। कृषिलाई आम्दानी हुने पेशा बनाउन नितिगत योजनाका साथ अघि बढ्ने एक कार्यक्रमका सरोकारवालाले प्रतिबद्धता जनाएका छन । 

ब्यावसायीक रुपमा कृषि पेशालाई अगाडी बढाउन योजनाका साथ अघि बढ्ने साफेबगर नगरपालिका क्षेत्रका सरोकारवालाले प्रतिबद्धता जनाएका हुन । रेडियो रामारोशन अछामले संघिय प्रणाली अन्र्तगत निर्वाहमुखी कृषिलाई कसरी मनग्य आम्दानी हुने पेशा बनाउन सकिएला भन्ने बिषयमा गरेको सुदुरसवाल कार्यक्रममा बोल्दै साफेबगर नगरपालिकाका प्रमुख कुल बहादुर कुवरले कृषि पेशामा युवालाई आकर्षण गर्न बिशेष योजना यो बर्ष आफुले अघि सारेको बताउनु भयो ।  

युवा समुहलाई कृषिमै ब्यावसायिक बनाई थुप्रै तालिम गरिने बताउनुभयो । साफेबगर क्षेत्रमा कृषिको आधुनिकीकरण संगै पर्यटनको ब्यावसायिकता बढाउनका लागि ठोस योजना अघि सारिएको बताउनु भयो । 

यो आर्थिक बर्षमै साफेबगरमा तरकारी र फलफुलको ठुलो सँकलन केन्द्र बनाई कुनै पनि तरकारी तथा फलफुल खेर नजाओस भनेर शित गृहको ब्यवस्था हुने बताउनुभयो । 

कार्यक्रममा बोल्दै जिल्ला कृषि बिकास कार्यालय अछामका प्राविधीक सहायक रामसिह बोहराले कृषकलाई ब्यावसायिक बनाउनका लागि आफनो कार्यालयले स्थलत, क्षेत्रिय गत तथा केन्द्रीय गत तालिम किसानलाई बर्षेनि दिदै आएको बताउनुभयो । 


अब सकै किसान पुरानो भन्दा नयाँ आधुनिक कृषि सेवा प्रणालीतिर अघि बढनु पर्ने बताएका थिए । आवश्यक तरकारी, अन्नबाली, फलफुलको बिउ जिल्ला कृषि बिकास कार्यालयमा सिमिती मात्रामा उपलब्ध हुने भएकाले सबै किसानलाई पुरयाउन नसकिएको स्विकार गर्नु भएको थियो । साफेबगर नगरपालिका वडा नम्बर २ का अगुवा कृषक सुरत भुलले अगुवा कृषक भएता पनी सम्बन्धीत निकायले अझै पह गर्न नसकेको बताउनुभयो ।

 विगत ४ वर्षदेखि ब्यावसायिक रुपमा बाख्रापालन अग्रसर भएका भुलले किसानका लागि कृषि कार्यालय तथा कृषि बिकास बिकास बैँकले ठोस योजना तथा निति ल्याउनुपर्ने माग गरेका थिए । कार्यक्रममा बोल्दै कृषि बिकास बैँक शाखा कार्यालय साफेबगरका लेखापाल हरि प्रसाद जोशिले कृषकलाई उद्यमशिलता र बिकासशिलतामा अघि बढाउनका लागि नियमित कर्जा प्रवाह गर्दै आएकाले यसको सही सदुपयोग हुनु पर्ने बताउनुभयो । 

बैँकको ३० प्रतिशत भन्दा बढी कृषककै क्षेत्रमा लगानि गरिने भएकाले आवश्यक कर्जाका लागि सहयोग माग्न समेत कृषकलाई आग्रह गरेका थिए । कार्यक्रममा सहभागि नवाठाना, बैजनाथ, जाल्पादेवि क्षेत्रका अगुवा कृषकले आफुले उत्पादन गरेको तरकारीले उचित मुल्य नपाएका गुनासो गरेका थिए । समयमै विउ विजन, मल लगाएतका सामाग्री पाउन नसकेकाले आफुलाई समस्या भएको बताएका थिए । 

आगामि दिनमा नगरपालिकाले योजनाका साथ अघि बढेमा जिल्लालाई नै पुग्ने गरि तरकारी उत्पादन गर्न सकीने प्रतिबद्धता जनाएका थिए । सुदुरसवालको पुरा भाग शनिवार राति सवा ९ बजे, आईतबार बेलुकी सवा ६ बजे र सोमबार बिहान सवा ८ बजे रेडियो रामारोशनबाट सुन्न सक्नु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी