2026-07-24 10:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उद्योग–व्यवसाय चलायमान बनाउन बूढानीलकण्ठ नगरपालिकाद्वारा पहल

काठमाडौँ | जेनजी आन्दोलनपछिको अवस्थामा उद्योग–व्यवसाय चलायमान बनाउने विषयमा बूढानीलकण्ठ नगरपालिकाले उद्योगी–व्यवसायीसँग अन्तरक्रिया गरेको छ ।

नगरपालिकाले उद्योग–व्यावसायीले हाल भोगिरहेका समस्याबारे जानकारी लिएर आफ्नोतर्फबाट गर्नुपर्ने सहजीकरणका लागि परामर्श गरेको नगरप्रमुख मीठाराम अधिकारीले जानकारी दिनुभयो । भदौ २४ गतेको तोडफोड र आगजनीको घटनाले उद्योग–व्यावसायलाई प्रतिकूल असर परेको उहाँको भनाइ छ ।

नगरपालिकाका उपप्रमुख अनिता लामाले लगानी गर्ने श्रम, समय र पैसाले अर्थतन्त्रको विकास हुने भएकाले सबैले उत्पादन र रोजगारीसँग जोडिन आवश्यक भएको बताउनुभयो प्रमुख प्रशासकीय अधिकृत अजय बर्ताैलाले उद्योगी व्यवसायीलाई पारदर्शी र मर्यादित भएर व्यवसाय गर्न सुझाव दिनुभयो ।

उद्योगी सुन्दरबहादुर खड्काले सार्वजनिक क्षेत्रको संरक्षणलाई थप प्राथमिकतामा राख्न आग्रह गर्नुभयो । पश्मिना उद्योगी गणेशकुमार खड्काले नगरस्तरीय औद्योगिक क्षेत्र बनाइदिन माग गर्नुभयो । कपनकी होमस्टे व्यवसायी शारदा आचार्यले यातायातको समस्या समाधानका लागि आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक