२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शेयर निष्काशनमा ढिलाइ तत्काल हटाउन सरकारसँग इप्पानको आग्रह

२०८२, २९ आश्विन बुधबार १८:०४

काठमाडौँ | स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले धितोपत्र बोर्डद्वारा जलविद्युत् कम्पनीको आइपिओ र हकप्रद शेयर निष्काशनमा भएको ढिलाइले निजी क्षेत्रका लगानीकर्ता निरुत्साहित भएको उल्लेख गर्र्दै तत्काल समस्या समाधान गर्न सरकारसँग आग्रह गरेको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा इप्पानले विगत २८ महिनादेखि धितोपत्र बोर्डले जलविद्युत् कम्पनीका शेयर निष्काशनमा गरेको ढिलाइले ऊर्जा क्षेत्रको विकासमा गम्भीर असर परेको दाबीसमेत गरेको छ ।

इप्पानका अध्यक्ष गणेश कार्कीले हालसम्म ९७५ मेगावाट बराबरका कूल ४३ कम्पनीको आइपिओ र सात वटा कम्पनीको हकप्रद शेयर निष्काशन गरी कूल रु २३ अर्ब २७ करोड आठ लाख बराबरको धितोपत्र निष्काशन हुन नसकेको बताउनुभयो । “आइपिओ र हकप्रद शेयर निष्कासन नहुँदा ऊर्जा क्षेत्रले रु एक खर्ब आठ अर्ब ५० करोड गुमाउनुपरेको छ । समयमै जारी नभएको कारण रु १२ अर्ब ४० करोड ५४ लाख ब्याज रकम बढेको छ भने रु २४ अर्ब ३० करोड ६७ लाख लागत बढेको छ । साथै, रु ७१ अर्ब ७८ करोड ८१ लाख राजस्व आम्दानी गुमेको छ”, उहाँले भन्नुभयो ।

यसका साथै रियल नेटवर्थ भन्ने शब्द र त्यस्तो नेटवर्थ ९० भन्दा माथि हुनुपर्ने कारण देखाएर रिचेत जलविद्युत्, बेनी हाइड्रोपावर, युनिक्यु हाईडेल, याम्बलिङ, लाफिङबुद्ध र पुवा खोला जलविद्युत् कम्पनीलाई आईपीओ आवेदनबाटै हटाइएकामा समेत उहाँले असहमति जनाउनुभयो ।

इप्पानले धितोपत्र बोर्डले हाल ‘रियल नेटवर्थ’ भन्ने नयाँ अवधारणा प्रयोग गरी केही कम्पनीलाई आवेदनबाट हटाएको विषय कानुनमा आधारित नभएको बताएको छ ।

इप्पानले ऊर्जा आयोजनाले उत्पादन सुरु गरेपछि मात्रै आइपिओ निष्काशन गर्न पाउने भन्ने धितोपत्र बोर्डको नीति अदुरदर्शी रहेको बताएको छ । निर्माणाधीन अवस्थामा रहेका परियोजनामा ठूलो लगानी आवश्यक हुने भएकाले निर्माणकै क्रममा सेयर निष्काशन गर्न पाउने कानुनी व्यवस्था रहेको इप्पानको दाबी छ ।

“आइपिओबाट आउने रकमलाई प्रवद्र्धकले स्वपुँजीका रुपमा देखाएर वित्तीय संस्थाबाट ऋण लिने गरेका छन्”, महासचिव बलराम खतिवडाले भन्नुभयो, “तर नयाँ नीतिले यस्तो आयोजना वित्तीय सङ्कटमा पार्ने खतरा बढेको छ ।”

इप्पानले हाल देशका विभिन्न जिल्लामा १० प्रतिशत निःशुल्क सेयर माग्दै आयोजना अवरोध गर्न थालेको घटनाप्रति चिन्ता व्यक्त गरेको छ ।

भोटेकोशी जलविद्युत् आयोजनामा स्थानीयले निःशुल्क शेयर माग गर्दै एक महिना दुई दिनसम्म विद्युत् उत्पादन रोक्दा रु ३२ करोड बराबरको क्षति भएको उदाहरण दिँदै इप्पानले यस्तो गैरकानुनी मागले ऊर्जा लगानीमै सङ्कट ल्याउने चेतावनी दिएको छ । भोटेकोशी कम्पनीले निःशुल्क सेयर दिने सहमति नगरेको र केवल शेयर खरिदका लागि कानुनी सहमति मात्र भएको इप्पानले स्पष्ट पारेको छ ।

इप्पानले आफ्ना माग तुरुन्त सम्बोधन नभए प्रधानमन्त्री, अर्थमन्त्री, ऊर्जामन्त्री र धितोपत्र बोर्डका अध्यक्षलाई ध्यानाकर्षण गराउने तयारी भइरहेकोसमेत जनाएको छ । ‘रियल नेटवर्थ’ का आधारमा आवेदन हटाइएका कम्पनीले धितोपत्र बोर्ड अध्यक्षविरुद्ध मुद्दा दायर गर्ने, लगानीकर्ताको रु एक खर्ब ८ अर्ब ५० करोड बराबरको क्षतिपूर्ति माग्दै अख्तियारमा उजुरी गर्ने, माग नमानिएमा १५ दिनभित्र कडा आन्दोलन सुरु गर्ने इप्पानको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी