२४ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेशसभा सदस्य सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता

३० आश्विन २०८२, बिहीबार १३:२९

काठमाडौँ | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरी क्षेत्र नं ४ ‘ख’बाट निर्वाचित मधेस प्रदेशसभा सदस्य सरोजकुमार सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी कसुरमा आरोपपत्र दायर गरेको छ ।

निज सिंहले विभिन्न उपभोक्ता समिति गठन गरी उपभोक्ता समितिको खातामा जम्मा÷दाखिला भएको रकम हिनामिना गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम कसूरजन्य कार्य गरेको भन्दै आयोगले निजविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।

आयोगले मधेस प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका पूर्वराज्यमन्त्रीसमेत रहनुभएका सिंह विरुद्ध रु ३८ लाख ५० हजार ३१९, धर्मशाला निर्माण उपभोक्ता समितिका अध्यक्ष यमुनाप्रसाद महतो र कोषाध्यक्ष कौशिल्या देवीविरुद्ध रु एक लाख ८५ हजार २६०, धर्मशाला एवं रामनारायणको घरदेखि रामवृक्षको गाछीसम्म निर्माण उपभोक्ता समितिको अध्यक्ष योगिन्दर महतो र कोषाध्यक्ष सुनयना कुमारी विरुद्ध रु छ लाख ५७ हजार ७०० बिगोसहित कसुर तथा सजायको मागदाबी गरेको छ ।

त्यसैगरी अधुरो कमलामाई मन्दिर र मालतमाईस्थानको कम्पाउण्ड वाल निर्माण उपभोक्ता समितिका अध्यक्ष रामनाथ सहनी र कोषाध्यक्ष स्वीकृती देवी भन्ने स्वीकृति देवीविरुद्ध रु दुई लाख १४ हजार ३५०, माइस्थान मन्दिरको सौन्दर्यकरण उपभोक्ता समितिका अध्यक्ष रामशरण खत्वे र कोषाध्यक्ष बिभादेवी खत्वेविरुद्ध रु एक लाख ५० हजार, कञ्चनियामाई मन्दिर सौन्दर्यकरण निर्माण उपभोक्ता समितिका अध्यक्ष रमेश मडर र कोषाध्यक्ष अमलेश कुमारीविरुद्ध पनि रु एक लाख ५१ हजार ४०० बिगोसहित कसुर तथा सजायको मागदाबी अख्तियारको छ ।

देवी महारानी सौन्दर्यकरण निर्माण उपभोक्ता समितिका अध्यक्ष दिपाराज देवी राजपुत र कोषाध्यक्ष भिखारी राउत कुर्मीविरुद्ध रु दुई लाख ९७ हजार ७९४, रधवा पिपलदेखि सहसौला अनेरभाटदेखि जनता प्रावि हुँदै लक्ष्मीनीयासम्म माटो ग्राभेल निर्माण उपभोक्ता समितिका अध्यक्ष भुपेन्द्रकुमार झाविरुद्ध रु १८ लाख ९१ हजार ९०० बिगोसहितको कारबाही मागदाबी गरिएको छ ।

रधवा पिपलहुँदै अनहेरभाट स्थानसम्म सडक स्तरोन्नति निर्माण उपभोक्ता समितिका अध्यक्ष शम्भुकुमार मण्डविरुद्ध रु तीन लाख एक हजार ९१५, रधवा पिपलदेखि सहसौला अनेरभाटदेखि जनता प्रावि हुँदै लक्ष्मीनियासम्म माटो ग्राभेल निर्माण उपभोक्ता समिति र रधवा पीपलहुँदै अनहेरभाट स्थानसम्म सडक स्तरोन्नति निर्माण उपभोक्ता समितिको कोषाध्यक्ष मञ्जु देवी पासवानविरुद्ध रु २१ लाख ९३ हजार ८१५ बिगोसहित कसुर तथा सजायको मागदाबी गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल–भारत सीमामा हतियारसहित एकजना पक्राउ नेपालको सबैभन्दा पुरानो पार्टी पनि कांग्रेस हो र सबैभन्दा नयाँ पार्टी पनि कांग्रेस नै हो: सभापति थापा सिरिन्ज आक्रमणबाट एक जनाको मृत्यु सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत हुँदै सुनचाँदीको मूल्य घट्यो कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन: देवराज चालिसे कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु नेप्से परिसूचक २७.१९ अंकले बढ्यो प्रधानमन्त्री कार्की र केपी शर्मा ओलीबीच भेटवार्ता ट्याक्टरले किचेर एक जना मजदुरको मृत्यु निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्रीको आग्रह रवि लामिछाने आज चितवन जाने झापा–५ मा बालेनको सम्पर्क कार्यालयमा तोडफोड सुनचाँदीको मुल्य घट्यो नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो