2026-09-03 11:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

पर्सामा छठघाट सजाइयो

काठमाडौँ | छठपर्व नजिकिएसँगै यहाँका पोखरी तथा नदी तटमा झकिझकाउ सजावटसहित शृङ्गारिने काम अन्तिम चरणमा पुगेको छ । छठ पर्वलाई लक्षित गरेर वीरगञ्ज महानगरसहित पर्साका विभिन्न छठघाटमा सरसफाइ गरेर चिटिक्क पार्ने काम गरिएको छ ।

मिथिलाञ्चलको पौराणिक महत्व बोकेको वीरगञ्जस्थित घडिअर्वा पोखरी, नगवापोखरी, छपकैया पोखरी, श्रीपुर, नगवा पोखरी, छपकैयाँ पोखरी रानीघाटसहितका जिल्लाका विभिन्न छठघाट तथा नदीतटमा कलात्मक रङ्गीचङ्गी डिजाइन, झलरबत्तीसहित सरसफाइ र सजाउने काम अन्तिम चरणमा पुगेको छ । आफ्नो टोलछिमेकमा रहेका पोखरी तथा तलाउलाई यहाँका स्थानीयले स्वतस्र्फूत रुपमा खर्च गरेर सजाउने काम गरेका छन् ।

छठपूजा व्यवस्थापन समिति घडीअर्वा पोखरीका अध्यक्ष राकेशकुमार साह कानुले अघिल्ला वर्षमा जस्तै यसवर्ष पनि घडीअर्वा पोखरीमा छठ पूजाको तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो ।

“हामीले जनआस्थाको पर्व छठपर्वलाई लक्षित गरेर घडीअर्वा पोखरीलाई शृङ्गार गरेर चिटिक्क पारेका छौंँ”, उहाँले भन्नुभयो, “घडीअर्वा पोखरीको छठ पर्वमा गरिने झलरसहितका बत्ती र सजावट हेर्नका लागि छिमेकीमूलुक भारतको विहार राज्यका तथा नेपालका पनि काठमाडौंँ, चितवन, मकवानपुरलगायतका स्थानबाट पर्यटक आउने गर्नुहुन्छ ।” समितिले यसवर्ष करिब रु २५ लाख खर्चेर छठपर्वलाई भव्य र सभ्य ढङ्गले अघि बढाउने प्रयास गरेको छ ।

अध्यक्ष कानुले घडीअर्वाको छठपर्वमा मात्रै एक लाखभन्दा बढीे दर्शनार्थीले हेर्ने बताउनुभयो । तराई–मधेशका महिलाले छठपूजा गर्नाले आफ्नो परिवार र सन्नतिको सुख समृद्धिको कामना गर्दै मनाउने गर्छन् । यसवर्ष छठ पर्वको मुख्य दिन यही कात्तिक १० गते कातिक शुक्ल षष्ठीको दिन परेको छ । छठपर्व विशेष गरी कात्तिक शुक्ल चतुर्थीका दिनदेखि आरम्भ भएर षष्ठीको दिनसम्म मनाउने गरिन्छ ।

वीरगञ्जको घडीअर्वा पोखरीमा दुई दशकभन्दा अगाडिदेखि छठपर्व मनाइँदै आइएको छ । “छठपूजा गर्ने दर्शनार्थीलाई सहज र सुलभ ढङ्गले पूजा गर्न सकियोस् भनेर नै व्यवस्थापन गर्न लागिएको हो”, उहाँले भन्नुभयो, “वीरगञ्जको घडीअर्वा पोखरीमा छठपूजाको मुख्य आकर्षण भनेको नै पण्डाल हो, पण्डालमा जति धेरै आर्कषण ल्याउन सकिन्छ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट