जलबिद्युत केन्द्रको भत्किएको नहर र पावर हाउसमा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जलबिद्युत केन्द्रको भत्किएको नहर र पावर हाउसमा "/>

२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछामको कैलासखोला जलबिद्युत केन्द्र ४ वर्षपछी संचालनमा

९ आश्विन २०७४, सोमबार ०३:०७

असोज ८, अछाम । नहर भत्किएर अवरुद्ध भएको ४ वर्ष पछी अछामको कैलासखोला जलबिद्युत केन्द्र संचालनमा आएको छ । 


जलबिद्युत केन्द्रको भत्किएको नहर र पावर हाउसमा रहेको मेसिन मर्मत गरेपश्चात बिद्युत सञ्चालनमा आएको हो । २०७० भाद्र ६ गते आएको जलबिद्युत केन्द्रको नहर भत्किएपछी समयमै मर्मत हुन नसक्दा ४ वर्षसम्म अवरुद्ध भएको थियो । 

लगातार ४ वर्षसम्म अवरुद्ध बिद्युत पटक पटकको ताकेता र खवरदारि पछी यहि असोज २ गतेवाट सञ्चालनमा आएको अछामका प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरीले बताए । 

बिद्युत सुचारु भएपश्चात प्रमुख जिल्ला अधिकारी चौधरीको नेतृत्वमा आईतवार स्थलगत अनुगमन पनी गरिएको छ । स्थलगत अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीले पुनः सञ्चालनमा आएको बिद्युत नियमित गर्नका लागि नेपाल बिद्युत प्राधिकरण अछाम बितरण केन्द्रलाई निर्देशन दिनुभयो । 

प्रजिअ चौधरीले जलबिद्युत केन्द्रको ब्यावस्थापकीय पक्षलाई प्रभावकारी बनाउन र नागरिकलाई उज्यालो दिन आग्रह गर्दै पाहुना जस्तो भएर नबस्न बितरण केन्द्र प्रमुख रोशन कुमार ठाकुरलाई आग्रह गर्नुभयो । 

अव यो वा त्यो बहानामा बिदुत सेवा बन्द गर्न नमिल्ने भन्दै नियमित सञ्चालनका लागि आवस्यक सहयोग गर्न प्रतिबद्ध रहेको जाँनकारी गराँउनुभयो । स्थलगत अनुगमनमै जाँनुभएका मंगलसेन नगरपालिकाका प्रमुख पदम बोहराले ४ वर्षपछी भएपनी बिद्युत सुचारु गरेकोमा बितरण केन्द्र प्रमुख ठाकुरलाई धन्यवाद दिदै अव नियमितताका लागि थप ब्यावस्थापन गर्न आग्रह गर्नुभयो । 

साथै पावर हाउस सम्मका लागि सडक निर्माण गर्न आवस्यक देखिएकाले त्यसमा मंगलसेन नगरपालिकाले पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । स्थलगत अनुगमन कार्यक्रममा जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख डिएसपी दधिराम न्यौपाने, सशस्त्र प्रहरी बल खप्तड गुल्मका प्रमुख डिएसपी दिपक कुवर, अनुसन्धान अधिकृत लोकराज जोशी, पत्रकारहरु होम साउद, शिवराज ढुंगाना, ललित केसी, मेनुका ढुंगाना, मंगलसेन नगर कार्यपालिका सदस्य मोती कामी लगायतको सहभागीता रहेको थियो । 

सहभागी सम्पूर्णले नेपाल बिद्युत प्राधिकरण अछाम बितरण केन्द्रले सेवाग्राही मैत्री काम गर्नुपर्ने सुझाव दिएका थिए । स्थलगत अनुगमनमा सहभागी सरोकारवालाहरुले बितरण केन्द्र प्रमुख रोशन कुमार ठाकुरलाई अछामको कुलमान हुन र जिल्लामा प्रभावकारी बिद्युत सेवा प्रवाह गर्नका लागि पहलकदमी लिन आग्रह समेत गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल