जलबिद्युत केन्द्रको भत्किएको नहर र पावर हाउसमा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जलबिद्युत केन्द्रको भत्किएको नहर र पावर हाउसमा "/>

२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछामको कैलासखोला जलबिद्युत केन्द्र ४ वर्षपछी संचालनमा

२०७४, ९ आश्विन सोमबार ०३:०७

असोज ८, अछाम । नहर भत्किएर अवरुद्ध भएको ४ वर्ष पछी अछामको कैलासखोला जलबिद्युत केन्द्र संचालनमा आएको छ । 


जलबिद्युत केन्द्रको भत्किएको नहर र पावर हाउसमा रहेको मेसिन मर्मत गरेपश्चात बिद्युत सञ्चालनमा आएको हो । २०७० भाद्र ६ गते आएको जलबिद्युत केन्द्रको नहर भत्किएपछी समयमै मर्मत हुन नसक्दा ४ वर्षसम्म अवरुद्ध भएको थियो । 

लगातार ४ वर्षसम्म अवरुद्ध बिद्युत पटक पटकको ताकेता र खवरदारि पछी यहि असोज २ गतेवाट सञ्चालनमा आएको अछामका प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरीले बताए । 

बिद्युत सुचारु भएपश्चात प्रमुख जिल्ला अधिकारी चौधरीको नेतृत्वमा आईतवार स्थलगत अनुगमन पनी गरिएको छ । स्थलगत अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीले पुनः सञ्चालनमा आएको बिद्युत नियमित गर्नका लागि नेपाल बिद्युत प्राधिकरण अछाम बितरण केन्द्रलाई निर्देशन दिनुभयो । 

प्रजिअ चौधरीले जलबिद्युत केन्द्रको ब्यावस्थापकीय पक्षलाई प्रभावकारी बनाउन र नागरिकलाई उज्यालो दिन आग्रह गर्दै पाहुना जस्तो भएर नबस्न बितरण केन्द्र प्रमुख रोशन कुमार ठाकुरलाई आग्रह गर्नुभयो । 

अव यो वा त्यो बहानामा बिदुत सेवा बन्द गर्न नमिल्ने भन्दै नियमित सञ्चालनका लागि आवस्यक सहयोग गर्न प्रतिबद्ध रहेको जाँनकारी गराँउनुभयो । स्थलगत अनुगमनमै जाँनुभएका मंगलसेन नगरपालिकाका प्रमुख पदम बोहराले ४ वर्षपछी भएपनी बिद्युत सुचारु गरेकोमा बितरण केन्द्र प्रमुख ठाकुरलाई धन्यवाद दिदै अव नियमितताका लागि थप ब्यावस्थापन गर्न आग्रह गर्नुभयो । 

साथै पावर हाउस सम्मका लागि सडक निर्माण गर्न आवस्यक देखिएकाले त्यसमा मंगलसेन नगरपालिकाले पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । स्थलगत अनुगमन कार्यक्रममा जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख डिएसपी दधिराम न्यौपाने, सशस्त्र प्रहरी बल खप्तड गुल्मका प्रमुख डिएसपी दिपक कुवर, अनुसन्धान अधिकृत लोकराज जोशी, पत्रकारहरु होम साउद, शिवराज ढुंगाना, ललित केसी, मेनुका ढुंगाना, मंगलसेन नगर कार्यपालिका सदस्य मोती कामी लगायतको सहभागीता रहेको थियो । 

सहभागी सम्पूर्णले नेपाल बिद्युत प्राधिकरण अछाम बितरण केन्द्रले सेवाग्राही मैत्री काम गर्नुपर्ने सुझाव दिएका थिए । स्थलगत अनुगमनमा सहभागी सरोकारवालाहरुले बितरण केन्द्र प्रमुख रोशन कुमार ठाकुरलाई अछामको कुलमान हुन र जिल्लामा प्रभावकारी बिद्युत सेवा प्रवाह गर्नका लागि पहलकदमी लिन आग्रह समेत गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी