2026-06-26 11:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

नेपाली कामदार लैजान मलेसियाको नयाँ मापदण्डमा अट्न सक्ने ५० म्यानपावर (सूचि सहित)

काठमाडौँ । मलेसिया सरकारले आफ्नो देशमा श्रमिकको माग पूर्ति गर्न स्रोत मुलुकका म्यानपावर कम्पनीका लागि बिभिन्न १० वटा मापदण्ड तोकेको जानकारी पाएसंगै नेपालका म्यानपावर क्षेत्रमा तरंग सृजना गरेको छ ।
यो तरंगसँगै तोकिएको मापदण्ड अन्तर्गत मलेसिया कामदार पठाउन आवेदन दिन सक्षम म्यानपावरहरुको संख्या ५० रहेको पाइएको छ ।

मलेसियाको मापदण्ड अनुसार पछिल्लो तीन बर्षमा तीन हजार कामदार पठाएको हुनुपर्ने उल्लेख छ । त्यस्तै मापदण्डमा फरक तीन देशमा कामदार पठाएको प्रमाण समेत पेश गर्नुपर्ने उल्लेख छ । यसको मतलब मलेसिया मात्र कामदार पठाएका म्यानपावरहरुले समेत पछिल्लो तीन बर्षमा तीन हजार कामदार पठाएको भएपनि मलेसिया रोजगारमा पठाउन सक्ने छैनन् ।

मापदण्ड अनुसार आवेदन दिन सक्ने म्यानपावरहरुको कम्तीमा १० हजार वर्गफिट स्थायी कार्यालय रहेको हुनुपर्ने, पाँच बर्ष भन्दा पहिलेनै दर्ता रहेको हुनुपर्ने र कम्तिमा तीन वर्षदेखि सञ्चालनमा रहेको हुनुपर्ने छ । यसै आधारलाई हेर्ने हो भने उल्लेखित ५० म्यानपावर मध्य केहि म्यानपावरहरुको कम्तीमा १० हजार वर्गफिट स्थायी कार्यालय छैन ।

मलेसियाले नेपाल, भारत, बंगलादेश, पाकिस्तान र म्यानमारका कम्पनीका लागि मापदण्ड तोकेको छ । तर यसको मुख्य निशानामा नेपाल र बंगलादेशलाई पारिएको व्यवसयीहरुको दावी छ । व्यवसायीहरुले निश्चित व्यवसायीले मलेसिया रोजगार सिन्डिकेटमा पार्ने पहिलेनै चालवाजी अनुसार यस्तो मापदण्ड बनेको र यसलाई नेपालले स्विकार्न नहुने धारणा राखेका छन् । साथै व्यवसायीले बिरोध गर्ने बताएका छन् । लामो समयदेखि नै सीमित म्यानपावर व्यवसायीहरुले मलेसिया रोजगार हत्याउने कोसिस भईरहेको विषयमा गतिबिधि भईरहँदा त्यसैलाई पुष्टि गर्ने गरि आएको नयाँ मापदण्डको विषयले फेरी पनि मलेसिया रोजगार प्रभावित हुने देखिएको छ । सिन्डिकेट लगाउन केहि म्यानपावर मालिकहरुले मोटो रकम बुझाएर बसेको आरोप लगाइएको छ ।

मलेसियाको मानव संसाधन मन्त्रालयले १५ नोभेम्बर २०२५ भित्र मापदण्ड अनुसार म्यानपावर कम्पनीहरूको विवरण पठाउन अनुरोध गरेको छ । मलेसियाले तोकिएका मापदण्डमा म्यानपावर इजाजतपत्र लिएको कम्तीमा पाँच वर्ष भएको हुनुपर्ने, विगत तीन वर्षमा ३ हजार श्रमिक पठाएको रेकर्ड हुनुपर्ने, कम्तीमा तीन देशमा श्रमिक पठाएको अनुभव हुनुपर्ने, कम्तीमा १० हजार वर्गफिट स्थायी कार्यालय रहेको हुनुपर्ने र तीन वर्षदेखि सञ्चालनमा रहेको हुनुपर्ने लगायत छ । त्यस्तै संचालकको नैतिक प्रमाणपत्र पेश गर्नुपर्ने र अन्तर्राष्ट्रिय रोजगारदाताबाट पाँच प्रशंसापत्र (टेस्टिमोनियल) हासिल गरेको समेत हुनुपर्ने मापदण्डमा छ ।

मलेसियाले स्रोत देशबाट श्रमिक भर्ति गर्न ल्याएको नयाँ मापदण्डलाई नयाँ मापदण्डको नाममा पुरानै “सिण्डिकेट प्रणाली” (syndicate system) पुनःस्थापना गर्ने योजना को रुपमा हेरिएको छ । मलेसियामा नेपाली कामदार भर्तिको विषयलाई निकै चासोका साथ हेरिरहेका र श्रमिक अधिकारको विषयलाई उठाईरहेका अनतराष्ट्रिय मानव अधिकारकर्मी एण्डी हलले नयाँ मापदण्डलाई ‘सिण्डिकेशन’ भएको टीप्पणी गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी