१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अठतीसौँ विश्व पर्यटन दिवस मनाइयो

९ आश्विन २०७४, सोमबार १०:३७

असोज ९, काठमाडौँ। ‘दिगो पर्यटन विकासको आधार’ भन्ने मूल नाराका साथ ३८औँ विश्व पर्यटन दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । 

विगतका वर्षमा सेप्टेम्बर २७ कै दिन औपचारिक कार्यक्रम गरिँदै आए पनि यस वर्ष महान् चाड विजयादशमीअन्तर्गत फूलपाती पर्ने भएकाले दुईदिनअघि आज सो कार्यक्रम आयोजना गरिएको हो । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डले निजी क्षेत्रका ४५ भन्दा बढी पर्यटनसँग सम्बन्धित संस्थाको सहकार्यमा यहाँ आयोजित कार्यक्रममा पर्यटन क्षेत्रमा उल्लेखनीय योगदान गर्ने विभिन्न संघसंस्थालाई सम्मान गरिएको थियो । 

पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले बढी अन्तर्राष्ट्रिय मुद्रा आर्जन गर्ने एयरलाइन्सतर्फ नेपाल वायु सेवा निगम, होटेलतर्फ सोल्टी क्राउन्ट प्लाजा, ट्रेकिङमा हिमालय इनकाउन्टर र ट्राभलतर्फ फ्लाइट कनेक्सन एयरलाइन्सलाई सम्मान गर्नुभएको थियो । 

यस्तै दिगो पर्यटनको नमूनाका रुपमा चन्द्रागिरि हिल्स प्रालि सम्मानित भएको थियो । कार्यक्रममा गाउँ पर्यटन प्रवद्र्धन मञ्चले धादिङ सितली गाउँपालिकाको सलाङ गाउँ, स्याङ्जाको वालिङ नगरपालिकाको पित्लेक र मकवानपुरको कुन्छा गाउँ होमस्टेलाई पर्यटन भ्रमण वर्ष गाउँ घोषणा गरेको थियो । 

सचिव न्यौपानेले मुलुकको अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान रहे पनि त्यसको मूल्यांकन हुन सकेको छैन भन्दै पर्यटनलाई आर्थिक हिसाबले मात्र नभई आर्थिक सांस्कृतिक र पर्यटनको बहुआयामिक सम्बन्धको रूपमा लिइनुपर्छ भन्नुभयो । 

चन्द्रागिरि हिल्सका अध्यक्ष चन्द्र ढकालले पर्यटन विकासका लागि आवश्यक पूर्वाधार निर्माणमा सरकारले ध्यान दिए व्यवसायी लगानी बढाउन तयार रहेको उल्लेख गर्नुभयो । यसअघि बिहान पर्यटन बोर्डको अगुवाइमा ठमेलदेखि भृकुटीमण्डपसम्म प्रभातफेरी आयोजना गरिएको थियो । 

संयुक्त राष्ट्र संघीय विश्व पर्यटन संघको आह्वानमा हरेक वर्ष सेप्टेम्बर २७ तारिखमा विश्व पर्यटन दिवस मनाइँदै आएको छ । 

रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा