९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शिक्षा ऐन नवौं संशोधनको प्रमाणीकरण रोक्न नेता ओलीलाई ज्ञापन

९ आश्विन २०७४, सोमबार ११:१८

असोज ९, भक्तपुर। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बहुमत र अल्पमतको बेवास्ता गर्दै संसद्मा टेबुल ठटाएकै आधारमा ऐन पारित गर्ने गलत अभ्यास हुन थालेको बताउनुभएको छ । 

आज भक्तपुरको बालकोटस्थित ओली निवासमा पुगेका संयुक्त विद्यार्थी संगठनबाट ज्ञापनपत्र बुझेपछि उहाँले यस्तो बताउनुभएको हो । संसद्बाट पारित शिक्षा ऐन (नवौं संशोधन)को प्रमाणीकरण रोक्न माग गर्दै संगठनले पूर्व प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाएको हो । 


संसद्मा कतिपय विषयमा कमीकमजोरी हुने गरेको स्वीकार्दै अध्यक्ष ओलीले ३ गते त्यतिका विषय राखेर हतारहतार विधेयक पारित गर्नुपर्ने आवश्यकता नभएको बताउनुभयो । 

उहाँले भन्नुभयो – “स्वास्थ्यसम्बन्धी कुरामा डाक्टरले क्षतिपूर्ति तिर्नुपर्ने कुरा पहिला थिएन, तर कतिखेर त्यहाँ घुस्यो पत्तै भएन । यस्तो कुरा चाहीँ हत्पतमा घुसाइदिने गर्नुहुँदैन ।” 

समितिमा गएपछि समितिबाट जे प्रतिवेदन आउँछ, त्यो मात्रै पारित हुनुपर्ने संसदीय अभ्यास रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले भन्नुभयो “समितिको प्रतिवेदनमाथि मन्त्रीले यो यो थपे, यो यो हटाए भन्न मिल्दैन । थप्न घटाउन परे समितिमा प्रस्ताव फिर्ता लग्नुपर्छ ।” 

संसद्बाट पारित भइसकेको ऐन फिर्ता हुन मुस्किल हुने र संशोधनबाटै सच्याउन सकिने उहाँले बताउनुभयो । 

संसद्ले गत असोज ३ गते पारित शिक्षा ऐन (नवौं संशोधन)मा प्रतिशत आन्तरिक र २५ प्रतिशत खुल्ला प्रतिस्पर्धाबाट अस्थायी शिक्षकलाई स्थायी गर्ने व्यवस्था गरिएको छ । 

शिक्षा ऐन आठौं संशोधनमा अस्थायी शिक्षकमध्ये ५१ प्रतिशतलाई आन्तरिक र ४९ प्रतिशतलाई खुला प्रतिस्पर्धाबाट छनोट गर्ने प्रावधान थियो । 

ज्ञापनपत्र बुझाउन जानेमा नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर, अनेरास्ववियुका अध्यक्ष नवीना लामा, अखिल(क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङ, अखिल (छैटौं)का अध्यक्ष विमल पोखरेल, नेपाल लोकतान्त्रिक विद्यार्थी फोरमका अध्यक्ष कपलेश्वर यादव, अखिल (पाँचौं)का अध्यक्ष घनश्याम मिश्र र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघका महासचिव राज बस्नेतलगायतका विद्यार्थी नेताहरु हुनुहुन्थ्यो । 

नेविसंघ अध्यक्ष महरले संसद्बाट पारित भए पनि राष्ट्रपतिबाट प्रमाणीकरण नभएसम्म ऐन लागू हुन नसक्ने भन्दै प्रमुख प्रतिपक्षी दलको हैसियतले त्यसलाई रोक्न भूमिका खेल्न ओलीसँग आग्रह गर्नुभएको थियो । 

अनेरास्ववियुका अध्यक्ष नवीना लामाले नवौ संशोधनले ६७ लाख विद्यार्थीको भविष्य बर्बाद पारेको र योग्य उम्मेदवारका रुपमा रहेका आठ लाख शिक्षकलाई प्रतिस्पर्धा गर्नबाट वञ्चित गरेको बताउनुभएको थियो ।   रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे