2026-08-22 08:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कम्युनिष्ट पार्टीबीचको एकता अहिलेको आवश्यकता होः नेता खनाल

नेता झलनाथ खनाल

काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले कम्युनिष्ट पार्टीबीचको एकता अहिलेको आवश्यकता भएको धारणा राख्नुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र एकीकृत समाजवादीसहित विभिन्न १० वामपन्थी पार्टीबीचको एकता राष्ट्रिय सम्मेलनलाई आज यहाँ सम्बोधन गर्दै उहाँले भन्नुभयो, “कम्युनिष्ट पार्टीलाई एकताबद्ध बनाउँन चाहन्छौँ, पहिलेको परिस्थितिमा वामपन्थीहरूको एकता र सिङ्गो राष्ट्रको एकता हो र यो आजको आवश्यकता पनि हो ।”

एकीकृत समाजवादीको तर्फबाट धारणा राख्दै नेता खनालले जनतामा भएको परिवर्तनको भावनालाई कसैले रोक्न नसक्ने बताउनुभयो । नेपाली कम्युनिष्ट पार्टीले जनभावनालाई सम्बोधन गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । “आज नयाँ अवस्थामा पार्टीलाई एकतामा रुपान्तरण गरेका छौँ, तत्कालीन अवस्थामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनायौँ, तर किन जोगाउन सकेनौँ ? गम्भीर आत्मसमीक्षा गर्नुपर्छ”, उहाँले भन्नुभयो ।”

नेता खनालले गल्ती कमजोरी स्वीकार गरेर एकता प्रकियामा आउन सबैमा आह्वान गर्नुभयो । कम्युनिष्ट आन्दोलनभित्र देखिएका अन्तरविरोधलाई समाधान गरेर वैज्ञानिक समाजवादको यात्रामा अघि बढ्नुपर्ने उहाँको भनाइ छ । उहाँले नवगठित पार्टीमा ५० प्रतिशत युवा प्रतिनिधित्व गराउनुपर्नेमा जोड दिनुभयो ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले पार्टी एकताबाट लोकतन्त्र बलियो भएको उल्लेख गर्दै यसका माध्यमबाट देश र जनताको भविष्य उज्वल बन्ने विश्वा व्यक्त गर्नुभयो । जेनजी प्रदर्शनपछिको राजनीतिक सङ्क्रमणलाई पार गराउन माओवादी केन्द्रका संयोजक दाहाल र एकीकृत समाजवादीका अध्यक्ष नेपालको नेतृत्वदायी भूमिका रहेको उहाँले बताउनुभयो । नेपाल समाजवादी पार्टीका तर्फबाट धारणा राख्दै अध्यक्ष यादवले यही नेतृत्वले मुलुकको आर्थिक र सामाजिक रुपान्तरणको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने उल्लेख गर्नुभयो ।

नेकपा समाजवादीका नेता राजु कार्की, नेपाल कम्युनिष्ट पार्टीका महासचिव चिरन पुनलगायत नेताले समाजवादी क्रान्ति पूरा गर्ने अठोटका साथ नेपाली कम्युनिष्ट पार्टी गठन भएको भन्दै सो पार्टीले समाजवादी आन्दोलनको अभिभारा पूरा गर्ने विश्वास दिलाउनुभयो ।

सो अवसरमा माओवादी केन्द्रका राष्ट्रिय महाधिवेशन आयोजक समिति सदस्य देवप्रसाद गुरुङले नवगठित पार्टीको अन्तरिम विधान र घोषणापत्र तथा १८ बुँदे एकताको आधार प्रस्तुत गर्नुभएको थियो । उहाँले सम्मेलनपश्चात् बन्ने केन्द्रीय समितिबाट गठन हुने कार्यदलले राजनीतिक दस्तावेज तयार गर्ने जानकारी दिनुभयो । एकीकृत समाजवादीका उपाध्यक्ष डा बेदुराम भुसालले अन्तरिम विधानका विविध विषयबारे प्रकाश पार्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो नेपालले अब कुनै नयाँ राजनीतिक एड्भेन्चर थेग्न सक्दैन: गगन थापा कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक शुक्रबार बस्दै, महाधिवेशन र अनुशासनबारे छलफल हुने भ्रष्टाचार गर्ने व्यक्ति डराउनुपर्छ, इमानदार कर्मचारी डराएर निर्णय गर्न नसक्ने अवस्था सिर्जना हुनुहुँदैन : कानुनमन्त्री गौतम पार्टी एकता मजबुत बनाउन सक्रिय भएर लाग्न विश्वप्रकाश शर्माको आग्रह अख्तियारले न्याय दिएका भन्दा अन्यायमा परेकाहरू धेरै छन् : रवि लामिछाने राष्ट्रवादी विचारमाथि अविश्वास सिर्जना गर्ने नियोजित काम भइरहेको छ : धवलशमशेर राणा रास्वपा विधान संशोधन कार्यदलको पहिलो बैठक आज बस्दै अबदेखि भद्र, झट्ट नरिसाउने, मर्यादामा बस्ने र अनुशासन पालन गर्ने आशिका बन्ने कोसिस गर्नेछु: आशिका तामाङ सुनचाँदीको मूल्य बढ्यो सिमरामा ३ वर्षीया बालिका हत्या घटना : पक्राउ परेका दुई जना सार्वजनिक