९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वास्थ्यसँग खेल्ने अधिकार कसैलाई छैन: दाहाल

१० आश्विन २०७४, मंगलवार ११:१९

असोज १०, चितवन ।  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले अनियमितता, भ्रष्टाचार र जनताको स्वास्थ्यसँग खेल्ने अधिकार कसैलाई नरहेको बताउनुभएको छ । 

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको १८ आँै वार्षिकोत्सव तथा १३ औँ राष्ट्रिय क्यान्सर सतर्कता दिवस २०७४ का अवसरमा आज यहाँ आयोजित सभालाई सम्बोधन गर्दै उहाँले स्वास्थ्य क्षेत्रमा सानो त्रुटिका कारण मानिसको ज्यानै जान सक्ने भएकाले मानवीय संवेदनामा कसैले खेल्न नपाउने बताउनुभयो । 

स्वास्थ्य संस्था धराशायी बनाउने अधिकार कसैलाई छैन भन्दै उहाँले त्यस्तामाथि कारबाही गर्नुपर्ने बताउनुभयो । अस्पताललाई दक्षिण एशियाको नमुना अस्पताल बनाउन र स्वास्थ्य पर्यटनको विकास गर्न संकल्प र इच्छाशक्ति हुनुपर्ने सुझाव उहाँले दिनुभयो । 

कार्यक्रममा पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले स्वास्थ्य क्षेत्र सुधारका लागि कर्मचारीको संकल्प आवश्यक छ भन्दै अत्याधुनिक उपकरण भित्र्याउनुपर्ने बताउनुभयो । नेपाली काँग्रेसका नेता थापाले आउँदो सात वर्षभित्र देशका सरकारी अस्पतालमा उच्च गुणस्तरका रु ४० अर्बभन्दा बढीको उपकरण भित्र्याउनुपर्ने बताउनुभयो । 

सो अवसरमा अस्पताल सञ्चालक समितिका अध्यक्ष डा प्रकाशचन्द्र न्यौपाने र कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यले अस्पतालका प्रगति, समस्या र भावी कार्यक्रमका बारेमा जानकारी दिनुभएको थियो । सोही अवसरमा अस्पतालको नवनिर्मित भवनमा ८० शय्या सञ्चालनको शुभारम्भ गरिएको थियो । 

अस्पतालमा बिरामीको चाप बढेसँगै शय्या विस्तार गरिएको छ । दुई सय शय्याको निर्माणाधीन भवनको काम सम्पन्न भएको स्थानमा आजदेखि थप ८० शय्या सञ्चालनमा ल्याइएको हो । यससँगै अस्पतालको शय्या २७४ पुगेको छ । कार्यक्रममा पूर्वअध्यक्षहरुलाई सम्मान गरिएको थियो । 

सांसद अञ्जनी श्रेष्ठ र गीता वाग्ले, भरतपुर महानगरपालिका प्रमुख रेणु दाहाल, अस्पतालका पूर्वअध्यक्ष गंगाप्रसाद उप्रेती, काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, माओवादी केन्द्रका जिल्ला इञ्चार्ज ईश्वरी भट्टराई, राप्रपा(प्रजातान्त्रिक)का जिल्ला सभापति बद्री तिमिल्सिना, प्रजिअ नारायणप्रसाद भट्ट, अस्पताल सञ्चालक समितिका सदस्य दिनेश कोइराला, अस्पतालको चाइनिज मेडिकल टिम लिडर डा युअन हावजुन, अस्पताल सञ्चालक समितिका पूर्वअध्यक्ष डा गिसुपनिख प्रसिको, क्यान्सर सेवा समाजका अध्यक्ष श्याम लामिछानेलगायतले बोल्नुभएको थियो । रासस

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे