2026-07-03 07:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

वैदेशिक रोजगारमा जानेको संख्या घट्यो, व्यक्तिगत श्रम लिने झनै बढे

काठमाडौँ । गत असोज महिनाको तुलनामा कार्तिक महिनामा वैदेशिक रोजगारमा जानेको संख्यामा गिरावट आएको छ । जेनजि आन्दोलनपछि युएईले नेपालीलाई भिसा दिन रोक लगाएसँगै ठूलो संख्यामा वैदेशिक रोजगारमा जानेको संख्या घटेको हो ।

गत असोज महिनामा मात्र युएई रोजगारको लागि ९ हजार ८५९ जनाले अन्तिम श्रम स्वीकृति पाउँदा उक्त संख्या कार्तिक महिनामा एकाएक घटेर २ हजार ५०९ मा झरेको छ । युएईले नेपालीलाई कामदार भिसा नदिए यो क्रमश शुन्यमा झर्ने स्थितिमा छ ।

त्यसो त गत बर्षको कात्तिक महिनाको तुलनामा यो बर्षको सिही महिनामा वैदेशिक रोजगारमा जानेको संख्यामा आधाभन्दा बढी गिरावट आएको छ । गत बर्षको कात्तिक महिनामा संस्थागत प्रक्रियाबाट २८ हजार ८६८ जनाले वैदेशिक रोजगारमा जान. श्रम स्वीकृति लिँदा यो बर्षको कार्तिक महिनामा सो संख्या ५७ प्रतिशतले घटेर १२ हजार १४९ जनामा समेटिएको छ । यो संख्या घट्नुमा युएई रोजगारनै प्रमुख कारण मान्न सकिन्छ ।

व्यक्तिगत श्रम लिने बढे

Image: AI

सरकारले वैदेशिक रोजगार क्षेत्र व्यवस्थित बनाउन नसक्दा संस्थागतकै हाराहारीमा व्यक्तिगत श्रम लिनेको संख्या बढिरहेको पाइएको छ । गत कत्तिक महिनामा मात्र ९ हजार ५५३ जनाले वैदेशिक रोजगारमा जान व्यक्तिगत श्रम स्वीकृति लिएको पाइएको छ ।

युरोप रोजगारमा संस्था भन्दा व्यक्ति र कन्सल्टेन्सीलाई हावी बनाउनमा सरकारी निकायले भित्रभित्रै भूमिका खेल्ने गरेको लामो समयदेखिको अभ्यास जेनजि सरकार आएपछि पनि जारी छ । वैदेशिक रोजगार बिभाग भित्रको भ्रष्ट संयन्त्रले युरोप रोजगारको नाममा भईरहेको अबैध क्रियाकलापमा लामो समयदेखि फाइदा लिईरहेको आरोप लाग्दै गर्दा गत कात्तिक महिनामा समेत संस्थागतकै हाराहारीमा व्यक्तिगत श्रम स्वीकृति जारी भएका छन् । गत महिना संस्थागत तर्फबाट ५६ प्रतिशतले श्रम पाउँदा व्यक्तिगत तर्फबाट श्रम लिनेको संख्या ४४ प्रतिशत रहेका छन् । गत कात्तिक महिनामा व्यक्तिगत तबरबाट रोमानिया, जापान, टर्की लगायत देशमा ठूलो संख्यामा व्यक्तिगत श्रम स्वीकृति लिएर गएको पाइएको छ । यसरी जाँदा अधिकांश कामदारले अवैध कन्सल्टेन्सी तथा बिचौलिया प्रयोग गरेका छन् ।

लामो समयदेखि बिशेषगरि युरोप तथा जापान रोजगारमा वैदेशिक रोजगार ऐन बिपरित काम भईरहेको सम्बन्धमा सरकारी संयन्त्र जानाकार भएर पनि यसलाई व्यवस्थापन गर्न श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कुनै तदारुकता देखाईरहेको छैन । युरोप रोजगारको बेथिति सहिदिएर अनुगमन र कारवाहीको जिम्मेवारी लिएको वैदेशिक रोजगार बिभागले अनाधिकृत तवरले एजेन्टहरुलेनै गराईरहेका व्यक्तिगत श्रम स्वीकृति र कन्सल्टेन्सी धन्दालाई मौलाउन सहयोग गरिरहेको छ ।

संस्थागत आउने डिमाण्डहरुमा समेत म्यानपावरहरुले कामदार पठाउन नसकेको बताईरहेका छन् । यसो हुनुमा अवैध कन्सल्टेन्सी र व्यक्तिगत श्रम स्वीकृतिमा जतिपनि कामदार पठाउन सम्भव हुनु हो । गत महिना रोमानिया रोजगारमा एक हजार ३०१ जनाले श्रम स्वीकृति लिँदा संस्थागात रोजगारमा जोडिनेको संख्या शुन्य छ । जानाकार स्रोतका अनुसार रोमानिया रोजगारमा व्यक्तिगत रुपमा कामदार पठाउन म्यानपावरनै सक्रिय छन् । युरोप रोजगारमा कयौं म्यानपावरले संस्था खोलेर काम भने व्यक्तिगत तरिकाले अवैध रुपमा कामदार पठाउने गरिरहेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो