२०८३, २४ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रास्वपाद्वारा पार्टी एकता, संरचनागत विस्तारदेखि मनोनयनसम्मका निर्णय

२०८२, १३ मंसिर शुक्रबार २३:१८

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले पार्टी एकता, संरचनागत विस्तार र आन्तरिक संयन्त्र सुदृढीकरणसम्बन्धी महत्वपूर्ण निर्णयहरु गरेको छ । शुक्रबार बसेको बैठकले उच्च संवाद समितिबाट भएको प्रगतिबारे प्राप्त ब्रिफिङका आधारमा आगामी राजनीतिक समिकरणबारे छलफल तथा निर्णय गरेको हो ।

बैठकमा परिवर्तनका पक्षधर शक्तिहरूको ध्रुवीकरणको नेतृत्व रास्वपाले गरिरहेको उल्लेख गर्दै यसबाट छिट्टै सकारात्मक नतिजा आउने विश्वास व्यक्त गरिएको छ । साथै, विवेकशील साझा पार्टीले पार्टी एकताको पक्षमा गरेको निर्णयको रास्वपाले स्वागत गरेको छ । सोही विषयमा आवश्यक छलफल तथा एकता घोषणा कार्यक्रम तयारीबारे निर्णय गर्न केन्द्रीय समितिको विशेष बैठक बसालिने जनाएको छ ।

यसैगरी, बैठकले केन्द्रीय अनुशासन आयोगमा पूर्व एआईजी विश्वराज पोखरेललाई वरिष्ठ सल्लाहकार तथा अधिवक्ता सुशीला सिंखडालाई सदस्यमा मनोनयन गरेको छ ।

त्यस्तै आगामी निर्वाचनको लागि पार्टी कोषाध्यक्ष लिमा अधिकारीको संयोजकत्वमा प्रशान्त प्रधान, अनिल अधिकारी र कुमार आनन्द मिश्र सदस्य रहेको उम्मेदवार छनोट अडिट समिति गठन गरिएको छ ।

साथै रास्वपाले विभिन्न आयोग तथा केन्द्रीय विभागहरूमा निम्नअनुसार नयाँ मनोनयनहरू गरेको छ—

विश्वराज पोखरेल – केन्द्रीय अनुशासन आयोग (वरिष्ठ सल्लाहकार)

सुशीला सिंखडा – केन्द्रीय अनुशासन आयोग (सदस्य)

डा. जनकराज पन्त – केन्द्रीय अभियान प्रचार–प्रसार विभाग (सदस्य)

मुक्ति पाण्डे – केन्द्रीय पर्यटन तथा संस्कृति विभाग (सदस्य)

रामकुमार पुरी – केन्द्रीय पर्यटन तथा संस्कृति विभाग (सदस्य)

कुमार आनन्द मिश्र – केन्द्रीय अभियान प्रचार–प्रसार विभाग (सदस्य)

प्रदीप तिमल्सेना (साजन) – केन्द्रीय संगठन विभाग (सदस्य)

मिन्तिरा लामा – केन्द्रीय संगठन विभाग (सदस्य)

पेशल सुवेदी – केन्द्रीय अनुसन्धान अभिलेखीकरण विभाग (सदस्य)

सुनिल खतिवडा – केन्द्रीय अनुसन्धान अभिलेखीकरण विभाग (सदस्य)

टक्कर स्वाँर – केन्द्रीय भ्रष्टाचार निवारण तथा सुशासन प्रवर्द्धन विभाग (सदस्य)

प्रवेश राई – केन्द्रीय अनुसन्धान अभिलेखीकरण विभाग (सदस्य)

हरि श्रेष्ठ – केन्द्रीय प्रवास नेपाली सम्पर्क विभाग (सदस्य)

जानीका जोशी – केन्द्रीय जनसम्पर्क विभाग (सदस्य)

रामकृष्ण श्रेष्ठ – केन्द्रीय RAT समन्वय विभाग (सदस्य)

बैठकमा पारित निर्णयहरू कार्यान्वयनका लागि सम्बन्धित संयन्त्रलाई जिम्मेवारी तोकिएको रास्वपाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ जना सहसचिवको सरुवा पश्चिम एसिया युद्ध तत्काल र पूर्ण रूपमा अन्त्य गर्न चीनको आह्वान कीर्तिपुरमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या पहिले प्रधानमन्त्रीले यस्तै गर्दा हामीले रोक्न सक्यौँ तर अहिले सकेनौँ किनकि त्यो अध्यादेश बनेर गयो: गगन थापा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा कांग्रेस संसदीय दलको बैठक जारी प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक एमाले अध्यक्ष ओलीले आज सुदूरपश्चिम प्रदेशका सांसदहरुसँग छलफल गर्दै गगन थापाले पार्टीका तर्फबाट सांसदहरूलाई प्रशिक्षण दिने सुनचाँदीको मूल्य बढ्यो बीपी राजमार्गमा राति सवारी चलाउन रोक विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जनालाई पक्राउ सुकुम्बासी बस्ती खाली गराउँदाको विवरण झिकाउन सर्वोच्चको आदेश वैशाख २८ गते संसद् अधिवेशन आह्वान गर्न सिफारिस मन्त्रिपरिषद् बैठक जारी राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी वर्षाका करण पहिरो खस्दा देशका विभिन्न क्षेत्रका मुख्य राजमार्ग अवरुद्ध नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु