२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रास्वपाद्वारा पार्टी एकता, संरचनागत विस्तारदेखि मनोनयनसम्मका निर्णय

१३ मंसिर २०८२, शुक्रबार २३:१८

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले पार्टी एकता, संरचनागत विस्तार र आन्तरिक संयन्त्र सुदृढीकरणसम्बन्धी महत्वपूर्ण निर्णयहरु गरेको छ । शुक्रबार बसेको बैठकले उच्च संवाद समितिबाट भएको प्रगतिबारे प्राप्त ब्रिफिङका आधारमा आगामी राजनीतिक समिकरणबारे छलफल तथा निर्णय गरेको हो ।

बैठकमा परिवर्तनका पक्षधर शक्तिहरूको ध्रुवीकरणको नेतृत्व रास्वपाले गरिरहेको उल्लेख गर्दै यसबाट छिट्टै सकारात्मक नतिजा आउने विश्वास व्यक्त गरिएको छ । साथै, विवेकशील साझा पार्टीले पार्टी एकताको पक्षमा गरेको निर्णयको रास्वपाले स्वागत गरेको छ । सोही विषयमा आवश्यक छलफल तथा एकता घोषणा कार्यक्रम तयारीबारे निर्णय गर्न केन्द्रीय समितिको विशेष बैठक बसालिने जनाएको छ ।

यसैगरी, बैठकले केन्द्रीय अनुशासन आयोगमा पूर्व एआईजी विश्वराज पोखरेललाई वरिष्ठ सल्लाहकार तथा अधिवक्ता सुशीला सिंखडालाई सदस्यमा मनोनयन गरेको छ ।

त्यस्तै आगामी निर्वाचनको लागि पार्टी कोषाध्यक्ष लिमा अधिकारीको संयोजकत्वमा प्रशान्त प्रधान, अनिल अधिकारी र कुमार आनन्द मिश्र सदस्य रहेको उम्मेदवार छनोट अडिट समिति गठन गरिएको छ ।

साथै रास्वपाले विभिन्न आयोग तथा केन्द्रीय विभागहरूमा निम्नअनुसार नयाँ मनोनयनहरू गरेको छ—

विश्वराज पोखरेल – केन्द्रीय अनुशासन आयोग (वरिष्ठ सल्लाहकार)

सुशीला सिंखडा – केन्द्रीय अनुशासन आयोग (सदस्य)

डा. जनकराज पन्त – केन्द्रीय अभियान प्रचार–प्रसार विभाग (सदस्य)

मुक्ति पाण्डे – केन्द्रीय पर्यटन तथा संस्कृति विभाग (सदस्य)

रामकुमार पुरी – केन्द्रीय पर्यटन तथा संस्कृति विभाग (सदस्य)

कुमार आनन्द मिश्र – केन्द्रीय अभियान प्रचार–प्रसार विभाग (सदस्य)

प्रदीप तिमल्सेना (साजन) – केन्द्रीय संगठन विभाग (सदस्य)

मिन्तिरा लामा – केन्द्रीय संगठन विभाग (सदस्य)

पेशल सुवेदी – केन्द्रीय अनुसन्धान अभिलेखीकरण विभाग (सदस्य)

सुनिल खतिवडा – केन्द्रीय अनुसन्धान अभिलेखीकरण विभाग (सदस्य)

टक्कर स्वाँर – केन्द्रीय भ्रष्टाचार निवारण तथा सुशासन प्रवर्द्धन विभाग (सदस्य)

प्रवेश राई – केन्द्रीय अनुसन्धान अभिलेखीकरण विभाग (सदस्य)

हरि श्रेष्ठ – केन्द्रीय प्रवास नेपाली सम्पर्क विभाग (सदस्य)

जानीका जोशी – केन्द्रीय जनसम्पर्क विभाग (सदस्य)

रामकृष्ण श्रेष्ठ – केन्द्रीय RAT समन्वय विभाग (सदस्य)

बैठकमा पारित निर्णयहरू कार्यान्वयनका लागि सम्बन्धित संयन्त्रलाई जिम्मेवारी तोकिएको रास्वपाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै