२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

राजकुमारी आइकोको लोकप्रियतासँगै उत्तराधिकार सुधारको दबाब

१६ मंसिर २०८२, सोमबार १७:१४

जापानकी अत्यन्त प्रिय राजकुमारी आइकोलाई प्रायः पप–स्टारझैँ स्वागत गरिन्छ । सम्राट नारुहितो र महारानी मासाकोसँग नागासाकी भ्रमणका क्रममा शुभचिन्तकहरूले उहाँको नाम चिच्याउँदै जयजयकार गरेका दृश्य अझै ताजा छन् ।

सोमबार २४ वर्ष पूरा गर्नुभएकी आइकोलाई देशभरि उच्च सम्मान मिलिरहेकाले धेरै जापानी नागरिकले अब पुरुष–मात्र उत्तराधिकार नियम परिमार्जन गर्नुपर्ने माग तीव्र रूपमा अघि सारिरहेका छन् । हालको कानूनले सम्राटका एक मात्र सन्तान आइकोलाई सिंहासनारोहणबाट रोक्छ ।

शाही परिवार झन् खुम्चिँदै गएकाले तत्काल सुधारको आवश्यकता गम्भीर रूपमा उठिरहेको छ । सम्राटका किशोर भतिजा प्रिन्स हिसाहितो मात्र भावी पुरुष उत्तराधिकारी हुनु र अन्य सम्भावना अत्यन्त सीमित रहनुले राजतन्त्रको भविष्यबारे चिन्ता बढाएको छ । विशेषज्ञहरूका अनुसार शाही वंश निरन्तरता बचाउन अब महिला उत्तराधिकार रोक्ने प्रावधान हटाइनु अत्यावश्यक देखिन्छ । तर प्रधानमन्त्री साने ताकाइचीसहितका रूढिवादी नेताहरू परिवर्तनका कडा विरोधी छन् ।

आइकोले वयस्क शाहीका रूपमा सन् २०२१ मा सार्वजनिक कर्तव्यहरू सुरु गरेदेखि उच्च लोकप्रियता कमाउँदै आउनुभएको छ । बुद्धिमान, सरल, मैत्रीपूर्ण र रोचक व्यक्तित्वका कारण उहाँ युवा पुस्तामा समेत प्रिय बन्नुभएको छ ।

गत नोभेम्बरमा लाओसको पहिलो एकल आधिकारिक विदेश भ्रमणले त उहाँलाई भावी राजाका रूपमा झनै स्थापित गरिदियो । उच्च अधिकारीहरूसँग भेटघाट, सांस्कृतिक स्थलहरूको अवलोकन र स्थानीयवासीहरूसँगको घनिष्ठ संवादले आइकोले जिम्मेवारीपूर्ण नेतृत्व क्षमता देखाउनुभएको थियो ।

यसअघि नागासाकी र ओकिनावाको भ्रमणमा समेत आइकोले आफ्नो बुबाले सुरु गर्नुभएको दोस्रो विश्वयुद्धको पीडा नयाँ पुस्तासम्म पुर्‍याउने परम्परालाई अगाडि बढाउनुभयो । यस्तो सक्रियताले उहाँप्रति जनविश्वास झनै बलियो बनाएको छ ।

नागासाकीमा भेटिएकी ८२ वर्षीया आणविक बम विस्फोटबाट बचेकी सेत्सुको मात्सुओले ‘राजकुमारी आइकोलाई ताज लगाएको देख्न जीवनभर चाहना गर्दै आएको’ बताउनुभयो । त्यस्तै, ५८ वर्षीया मारी माहिराले ‘आइको हुर्केको देखेको नाताले अब उहाँलाई राजगद्दीमा देख्न चाहन्छु’ भनेर आफ्नो उत्साह व्यक्त गर्नुभयो ।

आइकोको लोकप्रियताले नागरिक मात्र नभई, कलाकार र सामाजिक अभियानकर्मीहरूलाई पनि उत्तराधिकार सुधारका लागि सक्रिय बनाइरहेको छ । कार्टुनिस्ट योसिनोरी कोबयाशीले महिला उत्तराधिकारको समर्थनमा हास्य–पुस्तकहरू बनाइरहनुभएको छ, जसलाई समर्थकहरूले सांसदहरूलाई पठाउँदै दबाब बढाइरहेका छन् । कतिले युट्युब च्यानल तथा पर्चा वितरणमार्फत अभियान चलाइरहेका छन् । इकुको यामाजाकीजस्ता अभियानकर्ताहरू भन्छन्, “पुरुष–मात्र उत्तराधिकारमा अडिनु राजतन्त्रकै पतन हुनेछ ।”

राजकुमारी आइकोको जीवन–यात्रा पनि धेरै जापानीका लागि प्रेरणादायी छ । सन् २००१ डिसेम्बर १ मा जन्मनुभएकी आइकोको बाल्यकाल उज्यालो थियो । उहाँ सुमो पहलवानहरूको पूरा नाम कण्ठस्थ राख्ने असाधारण क्षमताका कारण परिचित हुनुहुन्थ्यो । तर कठिनाइहरू पनि थिए । विद्यालयमा केही समय बदमाशीबाट पीडित भई कक्षाबाट टाढिनु परेको थियो । किशोरावस्थामा अत्यधिक दबाबका कारण स्वास्थ्यमा असर परेका समयहरू पनि आए ।

सन् २०२४ मा गाकुसुइन विश्वविद्यालयबाट स्नातक गरेपछि आइकोले आधिकारिक कर्तव्यसँगै जापान रेडक्रस सोसाइटीमा समेत सेवा दिनुभएको छ । सप्ताहन्तमा आमाबाबुसँग हिँड्ने, दरबारका अधिकारीहरूसँग टेनिस, ब्याडमिन्टन र भलिबल जस्ता खेलमा सहभागी हुने उहाँको सरल स्वभावले जनताको मन जितेको छ ।

तर राजतन्त्रको भविष्य भने अझै अनिश्चित छ । सन् १९४७ को इम्पेरियल हाउस कानूनले पुरुष–वंशलाई मात्र उत्तराधिकारी मान्छ र विवाहपछि महिला शाही सदस्यको दरबार–सदस्यता समाप्त हुन्छ । अहिले शाही परिवार १६ सदस्यमा सिमित छ । यो तीन दशकअघिको सङ्ख्याको आधाभन्दा कम हो । सबैजना वयस्क छन्, जसले आगामी पुस्तामा उत्तराधिकार चुनौती झनै गम्भीर बनाउँछ ।

सम्राटका भाइ क्राउन प्रिन्स अकिशिनोले पनि परिवारको घट्दो अवस्थाप्रति चिन्ता व्यक्त गर्दै भन्नुभयो, “हालको कानूनमा तत्काल परिवर्तन सम्भव छैन, हामीले कर्तव्यहरू घटाएर मात्रै अघि बढ्न सक्छौँ ।”

आइकोले सधैँ झैँ विनम्रतापूर्वक आफ्ना आधिकारिक कर्तव्य इमानदारीका साथ निर्वाह गर्ने बताउँदै प्रणालीबारे टिप्पणी गर्न नहुने आफ्नो स्थिति स्पष्ट पार्नुभएको छ ।

इतिहासमा जापानमा आठ महिला सम्राज्ञी रहे पनि आधुनिक पुरुष–मात्र उत्तराधिकार नियम सन् १८८९ मा औपचारिक गरिएको थियो, जुन सन् १९४७ को कानूनमा पनि कायम रह्यो । सन् २००५ मा महिला साम्राज्ञीलाई अनुमति दिने प्रस्ताव आउन नपाउँदै प्रिन्स हिसाहितोको जन्मसँगै त्यो रोकियो ।

हालका केही रूढिवादी प्रस्तावहरूले महिला शाही सदस्यलाई विवाहपछि पनि दरबारमा राख्ने सुझावट दिए पनि उत्तराधिकार भने पुरुष–वंशमै सीमित राख्न चाहन्छन् ।

संयुक्त राष्ट्रसङ्घीय महिला अधिकार समितिले जापानको पुरुष–मात्र प्रणालीलाई लैङ्गिक समानताविरुद्ध रहेको भन्दै सुधार गर्न आग्रह गरेको छ । तर जापानले यसलाई ‘राष्ट्रीय पहिचानसँग जोडिएको संवेदनशील विषय’ भन्दै अस्वीकार गरेको छ । विशेषज्ञहरू भन्छन्, “यो प्रणाली अदृश्य रूपमा पुरुष–श्रेष्ठता कायम गर्ने सोचको परिणाम हो; यस्तो अवस्थामा राजतन्त्र नै जोखिममा पर्न सक्छ ।”

राजकुमारी आइकोप्रति जनताको अपार भरोसा र प्रेमको पृष्ठभूमिमा अब जापानले परम्परा र आधुनिकताको बीचको संवेदनशील प्रश्न—राजगद्दीमा महिला अनुमति दिने कि नदिने— को सामना गर्नैपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग