१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप

२६ मंसिर २०८२, बिहीबार २३:४७

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक तर्फ उमेदवारी दिनुपर्ने समयसीमा आगामी पौष ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।

बिहिबार बसेको पार्टी सचिवालय बैठकले पार्टी एकीकरण प्रक्रियाबाट जोडिएका सदस्यहरूको आवश्यकता, उच्च संवाद समितिबाट भइरहेका सम्भावित सहकार्य एवं एकता, साथै जेन–जी अगुवा र सरकारबीच भएको सम्झौता लगायतका पक्षलाई मध्यनजर गर्दै म्याद थप गरिएको जानकारी दिएको छ ।

सचिवालयले परिस्थितिजन्य अवस्था तथा आवश्यकताका आधारमा प्राप्त आवेदनहरूको छनोट प्रक्रिया प्रारम्भ गर्ने बताउँदै कुनै पनि समय उम्मेदवारी आवेदन दिने प्रक्रिया बन्द हुन सक्ने भएकाले सम्बन्धित सबैलाई सचेत रहन आग्रह समेत गरेको छ ।

पार्टीका प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिमा उक्त निर्णय सार्वजनिक गरिएको हो । यसअघि रास्वपाले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक तर्फ उमेदवारी दिने म्याद मङ्सिर २५ गतेसम्मलाई तोकेको थियो । रास्वपाले समानुपातिकको उम्मेदवार बन्नको लागि प्राप्त सबै आवेदनपछि एपबाटै प्राइमरी इलेक्सन समेत गर्दैछ । जसको लागि रास्वपाको देशभरीबाट पार्टी सदस्य बनेकाहरुले एपबाटै मतदान गर्नेछन् । मतदानबाट छनौट भएकाहरुले मात्र समानुपातिक बन्दसूचिमा स्थान पाउनेछन् ।

यो पटकको प्राइमरी इलेक्सनलाई पारदर्शी र निस्पक्ष बनाउन रास्वपाले पार्टी उम्मेदवार छनौट अडिट समिति समेत बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार