2026-08-21 08:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक तर्फ उमेदवारी दिनुपर्ने समयसीमा आगामी पौष ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।

बिहिबार बसेको पार्टी सचिवालय बैठकले पार्टी एकीकरण प्रक्रियाबाट जोडिएका सदस्यहरूको आवश्यकता, उच्च संवाद समितिबाट भइरहेका सम्भावित सहकार्य एवं एकता, साथै जेन–जी अगुवा र सरकारबीच भएको सम्झौता लगायतका पक्षलाई मध्यनजर गर्दै म्याद थप गरिएको जानकारी दिएको छ ।

सचिवालयले परिस्थितिजन्य अवस्था तथा आवश्यकताका आधारमा प्राप्त आवेदनहरूको छनोट प्रक्रिया प्रारम्भ गर्ने बताउँदै कुनै पनि समय उम्मेदवारी आवेदन दिने प्रक्रिया बन्द हुन सक्ने भएकाले सम्बन्धित सबैलाई सचेत रहन आग्रह समेत गरेको छ ।

पार्टीका प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिमा उक्त निर्णय सार्वजनिक गरिएको हो । यसअघि रास्वपाले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक तर्फ उमेदवारी दिने म्याद मङ्सिर २५ गतेसम्मलाई तोकेको थियो । रास्वपाले समानुपातिकको उम्मेदवार बन्नको लागि प्राप्त सबै आवेदनपछि एपबाटै प्राइमरी इलेक्सन समेत गर्दैछ । जसको लागि रास्वपाको देशभरीबाट पार्टी सदस्य बनेकाहरुले एपबाटै मतदान गर्नेछन् । मतदानबाट छनौट भएकाहरुले मात्र समानुपातिक बन्दसूचिमा स्थान पाउनेछन् ।

यो पटकको प्राइमरी इलेक्सनलाई पारदर्शी र निस्पक्ष बनाउन रास्वपाले पार्टी उम्मेदवार छनौट अडिट समिति समेत बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो नेपालले अब कुनै नयाँ राजनीतिक एड्भेन्चर थेग्न सक्दैन: गगन थापा कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक शुक्रबार बस्दै, महाधिवेशन र अनुशासनबारे छलफल हुने भ्रष्टाचार गर्ने व्यक्ति डराउनुपर्छ, इमानदार कर्मचारी डराएर निर्णय गर्न नसक्ने अवस्था सिर्जना हुनुहुँदैन : कानुनमन्त्री गौतम पार्टी एकता मजबुत बनाउन सक्रिय भएर लाग्न विश्वप्रकाश शर्माको आग्रह अख्तियारले न्याय दिएका भन्दा अन्यायमा परेकाहरू धेरै छन् : रवि लामिछाने राष्ट्रवादी विचारमाथि अविश्वास सिर्जना गर्ने नियोजित काम भइरहेको छ : धवलशमशेर राणा रास्वपा विधान संशोधन कार्यदलको पहिलो बैठक आज बस्दै अबदेखि भद्र, झट्ट नरिसाउने, मर्यादामा बस्ने र अनुशासन पालन गर्ने आशिका बन्ने कोसिस गर्नेछु: आशिका तामाङ सुनचाँदीको मूल्य बढ्यो सिमरामा ३ वर्षीया बालिका हत्या घटना : पक्राउ परेका दुई जना सार्वजनिक