२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रवासी नेपालीका लागि मतदानको व्यवस्था सुनिश्चितता गर्नुपर्छः अध्यक्ष लिङदेन

२७ मंसिर २०८२, शुक्रबार १७:५६
काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा प्रवासी नेपालीलाई मतदानको व्यवस्थासहित अन्तर जिल्ला मतदानको सुनिश्चितता गर्नुपर्ने माग राख्नुभएको छ ।
पार्टीको केन्द्रीय कार्यसमितिको बैठकका निर्णयहरू आज सार्वजनिक गर्दै उहाँले आगामी फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा अन्तर जिल्ला र विदेशबाट मतदानको व्यवस्था मिलाउन सम्भव रहेकाले सोही व्यवस्थासहित निर्वाचन प्रक्रिया अघि बढाउन सरकारसँग माग गर्नुभएको हो ।
“विदेशमा रहेका नेपालीलाई विदेशबाटै र स्वदेशमै पनि अन्तर जिल्ला मतदानको व्यवस्था गर्न सम्भव छ । त्यसको सुनिश्चितता गरेरमात्र निर्वाचनको प्रक्रिया अघि बढाउनुपर्छ”, अध्यक्ष लिङ्देनले भन्नुभयो । राजसंस्था, राजनीतिक दल र जेनजी पुस्ताबीच नवीन सहमतिका लागि सरकारसँग माग गर्ने केन्द्रीय कार्यसमितिले निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।
अध्यक्ष लिङ्देनका अनुसार राप्रपाले आगामी पुसमा जनसंवाद र प्रदर्शनका कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । यस्तै, राप्रपाकातर्फबाट मधेस प्रदेशसभाका सदस्य कञ्चन बिच्छालाई सांसद पदबाट फिर्ता बोलाउने निर्णयलाई बैठकले अनुमोदन गरेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने