2026-09-19 07:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

एमाले डडेल्धुराले गर्यो प्रेदशसभाका उम्मेदवारको नाम सिफारिस, प्रतिनिधिसभामा किन पठाएन ?

असोज २२, डडेल्धुरा । नेकपा एमाले डडेल्धुराले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यका लागि जिल्लाबाट उम्मेदवारको नाम सिफारिस गरेको छ । 

एमाले जिल्ला कमिटी डडेल्धुराको शनिबार सम्पन्न बैठकले प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार छनौट गरेको हो । प्रदेशसभामा दुबै निर्वाचन क्षेत्र र प्रतिनिधिसभा सदस्यमा खुलातर्फ विकल्प सहित एमाले अध्यक्ष डा. तारा जोशी, पूर्व जिविस सभापति गजेन्द्र शाही, एमाले प्रदेश संगठन कमिटी सदस्य पठानसिंह बोहरा, सचिवालय सदस्य नरबहादुर बिष्ट, अनेमसंघ उपाध्यक्ष कलावती भट्टराई र कमला साँउदलाई सिफारिस गरेको एमाले सचिब धन बहादुर साउदले जानकारी दिएका छन् ।

उनीहरु मध्ये प्रतिनिधि सभा र प्रदेशसभामा उम्मेदवार हुन नसके विकल्प खुला रहेको समेत सचिब साउँदले बताएका छन् । 

यसैगरि प्रतिनिधि सभाका लागि समानुपातिकतर्फ एमाले केन्द्रीय सदस्य निरा जैरु, एमाले नेता एंवम  बुद्धिजिवी कृष्ण ओझा र एमाले पूर्व सचिव यज्ञराज अवस्थी लाई सिफारिस गरेको छ ।

यस्तै प्रदेश सभाका लागि समानुपातिक तर्फ क्षेत्र नं. १ बाट चक्र स्नेही, अमर पुन र गंगा भट्टराई लाई सिफारिस गरेको छ भने क्षेत्र नं. २ बाट विरेन्द्र कुमार वस्नेत, सकुन्तला नगरकोटी र टेकबहादुर शाहीलाई सिफारिस गरेको एमाले डडेल्धुराले जनाएको छ ।

एमाले डडेल्धुराले खुला विकल्पका आधारमा प्रतिनिधि सभा र प्रदेशसभा सदस्यमा खुलातर्फ उम्मेदवार छनौट गरेपछि कुन तहमा कसको उम्मेदवारी रहने भने निश्चित हुन सकेको छैन्।

जिल्ला कमिटीले प्रेदश कमिटीमा सिफरिस गरेपछि आइतबारबाट सुरु हुने प्रदेश कमिटीको बैठकले टुङ्ग्याउने र उक्त बैठकले पनि टुंगो लगाउन नसके स्थायी कमिटीमा पठाइने एमालेले जनाएको छ । 

प्रतिनिधि सभाको लागी सिफारीसमा कोही नपरे पनी प्रदेश कमिटीले गरेको निर्णय अन्तिम हुने छ । एमाले जिल्ला कमिटीले माओवादी केन्द्र लाई प्रतिनिधिसभामा पठाउने संकेत देखाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई