८ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बालेनलाई प्रधानमन्त्री बनाउने छलफलमा प्रवेश गरेका छैनौँ : रवि लामिछाने

८ पुष २०८२, मंगलवार १५:०४

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले नयाँ शक्तिहरुसँग संवाद गर्ने आफूहरुको नीतिअनुसार काठमाडौँ महानगरपालिका प्रमुख बालेन शाहसँग छलफल भएको बताएका छन् । सोमबार काठमाडौँमा बालेन र रविबीच छलफल भएको थियो । अदालतको तारेखमा हाजिर हुन भैरहवा जान लागेका रविले मंगलबार चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै हिजोको भेटमा एक अर्कालाई बुझ्ने कुरामा मात्रै केन्द्रित बताए ।

बालेनलाई प्रधानमन्त्रीका लागि प्रस्तावित गर्ने विषयमा सहमति भएको हो ? भन्ने पत्रकारको प्रश्नमा रविले त्यो चरणमा प्रवेश नगरेको दाबी गरे । ‘हामी त्यो चरणमा प्रवेश गरेका छैनौं । पहिले त थाहा हुनुपर्यो, कुराकानी हुनुपर्‍यो । के कस्तो छ, कहाँ छ, के छ भन्ने बुझ्नुपर्‍यो । एक अर्कासँग परिस्थितिबारे जानकारी लिनुपर्‍यो । त्यो चरणमा छौं । हतार नगर्नुस् न,’ रविले भने ।

बालेनसँग मात्रै नभइ अन्य राजनीतिक शक्तिहरुसँग पनि कुराकानी हुने उनी बताउँछन् । ‘सुधन गुरुङजीसँग कुराकानी भएको छ । कुलमानजीसँग पनि गर्छौं । रास्वपा त्यसमा लागिरहेको छ,’ रविले भने ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत ठगीको अभियोगमा पक्राउ उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार राष्ट्रपतिसँग बिदाइ भेट पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ जेन्जी आन्दोलनका शहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना बालेनलाई प्रधानमन्त्री बनाउने छलफलमा प्रवेश गरेका छैनौँ : रवि लामिछाने कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने मन्त्रीद्वयद्वारा नेपाली कांग्रेसको कार्यालय निरीक्षण ‘राष्ट्रिय सुरक्षाका लागि’ ग्रिनल्यान्ड चाहिन्छ : ट्रम्प काठमाडौँको तापक्रम आज यस वर्षकै कम नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल दुई नाबालकसहित ११ कैदीबन्दी पक्राउ मदुरोमाथि ट्रम्पको दबाब महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ : प्रधानन्यायाधीश पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा