काठमाडौँ | आज नेपाली बजारमा सुन तथा चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको हो। आज छापावाला सुनको मूल्य प्रतितोला २ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँ थियो।
यस्तै, आज चाँदीको मूल्यमा पनि भारी वृद्धि भएको छ। आज चाँदी प्रतितोला ४ हजार ४२० रुपैयाँ मा कारोबार भइरहेको छ। मंगलबार चाँदीको मूल्य ४ हजार २५५ रुपैयाँ थियो। आज एकैदिन चाँदी तोलामा १६५ रुपैयाँले बढेको छ।