2026-09-08 05:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

विश्व हुलाक दिवस: आउनै छाड्यो चिठ्ठीपत्र, बन्द हुने अवस्थामा पुगे टेलिसेन्टर

शंकर के सी/असोज २३, सल्यान । सोमबार आज विश्व हुलाक दिवस मनाइदैछ । सञ्चारको शुरुवात हुलाक वाट शुरु भएको हो ।  

कुनै बेला मुग्लान अथवा शहर गएका परिवारका सदस्यहरुले घरमा र घर भएकाहरुले उनिहरुसँग कुरा गर्न हुलाकको नै प्रयोग गर्दथे, हुलाकी अथवा हलकाराहरुको सम्मान गाँउमा वेग्लै हुन्थ्यो । धेरैपरसम्म चिठी र खबर पूर्याउनमा नै धेरै जना हुलाकीहरुले आफ्नो जिवनकाल  विताएका छन् ।

अग्रजहरुका अनुसार गाँउघरमा राती वस्दा हुलाकीहरुलाई विशेष ग्राहयता दिइन्थ्यो अनि उनिहरु त्यतिवेलाको समयका रेडियो, टिभी, इन्टरनेट भनेको उनिहरुनै थिए । रातबिरात पत्र पूर्याउन गाँउगाँउमा हलकारा अर्थात हुलाकीहरु पत्रको झोला सहित हिँड्ने गर्दथे ।

तर हिजोआज हुलाकमा कार्यरत कर्मचारी फुर्सदमा बसिरहेका देखिन्छन् । सबैको हात हातमा मोबाइल, इन्टरनेट जस्ता प्रविधिको विकास भएसँंगै हुलाक मार्फत चिठीपत्र आउन छाडेको छ ।

देशपरदेशका चिठ्ठीपत्र आदानप्रदान गर्नाका लागि लोकप्रिय हुलाक अहिले भने सरकारी कामकाजमा मात्र सीमित हुन थालेको छ । चिठ्ठीपत्र बोकेर घर घरमा पुग्नुपर्ने बाध्यता अहिले हटिसकेको जिल्ला हुलाक अधिकृत धीरेन्द्र भण्डारीले बताए । उनले भने– ‘हुलाकमा आएका चिठी पु¥याउन चार पाँच जनासम्म कर्मचारी खटाउनुपथ्र्यो अहिले सरकारी दुई चार ओटा बाहेक बढी चिठ्ठीपत्र आउँदैन ।’

सूचना प्रविधिका क्षेत्रमा भएको परिवर्तनसँगै हुलाकलाई परिवर्तन गर्न नसक्दा कर्मचारीको काम हुन छाडेको छ । हुलाक मार्फत चिठ्ठीपत्र आदानप्रदान हुन छाडेपछि कर्मचारीलाई लोकसेवा आयोगले लिने नासु र खरिदारको परीक्षा दस्तुर र टिकट बिक्री गर्ने काम मात्र भएको भण्डारीले जानकारी दिए ।

सरकारी क्षेत्रको एक मात्र सूचना आदानप्रदान गर्ने माध्यमलाई सरकारले आधुनिकीकरण गर्न खोजेको भए पनि जिल्लामा सफल हुन नसकेको कर्मचारीको भनाइ छ ।

टेलिसेन्टर पनि बन्द हुने अवस्थामा

यसैविच सल्यानमा जिल्ला हुलाक कार्यालयले संचालन गरेका पाँच स्थानका टेलिसेन्टर पनि बन्द हुने अवस्थामा पुगेका छन् ।

ग्रामीण क्षेत्रका बासिन्दालाई आधुनिक सञ्चार सुविधा दिन लाखौं रुपिया खर्च गरेर खरिद गरेका टेलिसेन्टरका उपकरणहरु प्रयोगमा नआई बिग्रदै गएका छन् । कतिपय स्थानका टेलिसेन्टर दक्ष प्राविधिक र उपकरण अभावमा प्रयोग विहिन बन्दै गएका छन् ।

ग्रामीण क्षेत्रमा सूचनाको पहुँच विस्तार गर्न, कम्प्युटर सिकाउन, फोटोकपी, लेमिनेसन, स्क्यानिङ, फ्याक्स गर्नका लागी बजार मूल्य भन्दा कम शुल्क लिएर सेवा उपलब्ध गराउन टेलिसेन्टरको स्थापना गरिए पनि मेसिन विग्रिनु, प्राविधिक समस्या, नियमित विद्युतको अभाव जस्ता कारणले कतीपय टेलिसेन्टर प्रयोगविहिन अवस्थामा जस्तै रहेको जिल्ला हुलाक अधिकृत भण्डारीले बताए ।

थारमारे, मालनेटा, जैतपानी, लुहाम र कपुरकोट गरि पाँच स्थानमा टेलिसेन्टर स्थापना गरिएको भएपनि धेरैजसो प्रयोगमा नआएको पाइएको छ ।

पछिल्लो समय फोटोकपि, फ्याक्स, लेमिनेशन, इमेल इन्टरनेट जस्ता सेवा निजि क्षेत्रबाटै दिन थालेकाले पनि सेवाग्राहिहरु टेलिसेन्टर सम्म नधाउने गरेको हुलाक अधिकृत भण्डारीले बताए ।

उनले भने– ‘हुलाकले सञ्चालन गरेका टेलिसेन्टर दिउँसो मात्र सञ्चालनमा आउने हुँदा पनि सर्वसाधारणको आकर्षण हुन सकेको छैन । कतिपय स्थानमा टेलिसेन्टर भन्दा निजी पहलमा खोलिएका सञ्चार सेवा प्रभावकारी भएपछि पनि हाम्रा टेलिसेन्टर प्रयोगविहिन बन्न थालेका हुन् ।’

निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्ने गरी नीति–निर्माण र कार्यान्वयन गर्न नसक्दा हुलाक सेवा अहिले प्रयोगविहिन बन्दै गएको हो ।

नया प्रविधि सहित थप सुविधा विस्तार गर्न नसक्दा हुलाक सेवा तथा टेलिसेन्टर पनि प्रयोगमा आउने अवस्था छैन । टेलिसेन्टरमा काम गर्ने कर्मचारिहरुले पनि त्यत्तिकै तलव पचाइरहेका छन् भने लाखौँ मुल्यका उपकरणहरु विग्रदै गएका छन् । तर, राज्यले भने त्यसलाई कसरी प्रभाबकारी बनाउने भनेर खासै चासो देखाएको पाइदैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ