2026-10-26 12:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

विश्व हुलाक दिवस: आउनै छाड्यो चिठ्ठीपत्र, बन्द हुने अवस्थामा पुगे टेलिसेन्टर

शंकर के सी/असोज २३, सल्यान । सोमबार आज विश्व हुलाक दिवस मनाइदैछ । सञ्चारको शुरुवात हुलाक वाट शुरु भएको हो ।  

कुनै बेला मुग्लान अथवा शहर गएका परिवारका सदस्यहरुले घरमा र घर भएकाहरुले उनिहरुसँग कुरा गर्न हुलाकको नै प्रयोग गर्दथे, हुलाकी अथवा हलकाराहरुको सम्मान गाँउमा वेग्लै हुन्थ्यो । धेरैपरसम्म चिठी र खबर पूर्याउनमा नै धेरै जना हुलाकीहरुले आफ्नो जिवनकाल  विताएका छन् ।

अग्रजहरुका अनुसार गाँउघरमा राती वस्दा हुलाकीहरुलाई विशेष ग्राहयता दिइन्थ्यो अनि उनिहरु त्यतिवेलाको समयका रेडियो, टिभी, इन्टरनेट भनेको उनिहरुनै थिए । रातबिरात पत्र पूर्याउन गाँउगाँउमा हलकारा अर्थात हुलाकीहरु पत्रको झोला सहित हिँड्ने गर्दथे ।

तर हिजोआज हुलाकमा कार्यरत कर्मचारी फुर्सदमा बसिरहेका देखिन्छन् । सबैको हात हातमा मोबाइल, इन्टरनेट जस्ता प्रविधिको विकास भएसँंगै हुलाक मार्फत चिठीपत्र आउन छाडेको छ ।

देशपरदेशका चिठ्ठीपत्र आदानप्रदान गर्नाका लागि लोकप्रिय हुलाक अहिले भने सरकारी कामकाजमा मात्र सीमित हुन थालेको छ । चिठ्ठीपत्र बोकेर घर घरमा पुग्नुपर्ने बाध्यता अहिले हटिसकेको जिल्ला हुलाक अधिकृत धीरेन्द्र भण्डारीले बताए । उनले भने– ‘हुलाकमा आएका चिठी पु¥याउन चार पाँच जनासम्म कर्मचारी खटाउनुपथ्र्यो अहिले सरकारी दुई चार ओटा बाहेक बढी चिठ्ठीपत्र आउँदैन ।’

सूचना प्रविधिका क्षेत्रमा भएको परिवर्तनसँगै हुलाकलाई परिवर्तन गर्न नसक्दा कर्मचारीको काम हुन छाडेको छ । हुलाक मार्फत चिठ्ठीपत्र आदानप्रदान हुन छाडेपछि कर्मचारीलाई लोकसेवा आयोगले लिने नासु र खरिदारको परीक्षा दस्तुर र टिकट बिक्री गर्ने काम मात्र भएको भण्डारीले जानकारी दिए ।

सरकारी क्षेत्रको एक मात्र सूचना आदानप्रदान गर्ने माध्यमलाई सरकारले आधुनिकीकरण गर्न खोजेको भए पनि जिल्लामा सफल हुन नसकेको कर्मचारीको भनाइ छ ।

टेलिसेन्टर पनि बन्द हुने अवस्थामा

यसैविच सल्यानमा जिल्ला हुलाक कार्यालयले संचालन गरेका पाँच स्थानका टेलिसेन्टर पनि बन्द हुने अवस्थामा पुगेका छन् ।

ग्रामीण क्षेत्रका बासिन्दालाई आधुनिक सञ्चार सुविधा दिन लाखौं रुपिया खर्च गरेर खरिद गरेका टेलिसेन्टरका उपकरणहरु प्रयोगमा नआई बिग्रदै गएका छन् । कतिपय स्थानका टेलिसेन्टर दक्ष प्राविधिक र उपकरण अभावमा प्रयोग विहिन बन्दै गएका छन् ।

ग्रामीण क्षेत्रमा सूचनाको पहुँच विस्तार गर्न, कम्प्युटर सिकाउन, फोटोकपी, लेमिनेसन, स्क्यानिङ, फ्याक्स गर्नका लागी बजार मूल्य भन्दा कम शुल्क लिएर सेवा उपलब्ध गराउन टेलिसेन्टरको स्थापना गरिए पनि मेसिन विग्रिनु, प्राविधिक समस्या, नियमित विद्युतको अभाव जस्ता कारणले कतीपय टेलिसेन्टर प्रयोगविहिन अवस्थामा जस्तै रहेको जिल्ला हुलाक अधिकृत भण्डारीले बताए ।

थारमारे, मालनेटा, जैतपानी, लुहाम र कपुरकोट गरि पाँच स्थानमा टेलिसेन्टर स्थापना गरिएको भएपनि धेरैजसो प्रयोगमा नआएको पाइएको छ ।

पछिल्लो समय फोटोकपि, फ्याक्स, लेमिनेशन, इमेल इन्टरनेट जस्ता सेवा निजि क्षेत्रबाटै दिन थालेकाले पनि सेवाग्राहिहरु टेलिसेन्टर सम्म नधाउने गरेको हुलाक अधिकृत भण्डारीले बताए ।

उनले भने– ‘हुलाकले सञ्चालन गरेका टेलिसेन्टर दिउँसो मात्र सञ्चालनमा आउने हुँदा पनि सर्वसाधारणको आकर्षण हुन सकेको छैन । कतिपय स्थानमा टेलिसेन्टर भन्दा निजी पहलमा खोलिएका सञ्चार सेवा प्रभावकारी भएपछि पनि हाम्रा टेलिसेन्टर प्रयोगविहिन बन्न थालेका हुन् ।’

निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्ने गरी नीति–निर्माण र कार्यान्वयन गर्न नसक्दा हुलाक सेवा अहिले प्रयोगविहिन बन्दै गएको हो ।

नया प्रविधि सहित थप सुविधा विस्तार गर्न नसक्दा हुलाक सेवा तथा टेलिसेन्टर पनि प्रयोगमा आउने अवस्था छैन । टेलिसेन्टरमा काम गर्ने कर्मचारिहरुले पनि त्यत्तिकै तलव पचाइरहेका छन् भने लाखौँ मुल्यका उपकरणहरु विग्रदै गएका छन् । तर, राज्यले भने त्यसलाई कसरी प्रभाबकारी बनाउने भनेर खासै चासो देखाएको पाइदैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने