२०८३, ७ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान

२०८२, ९ पुष बुधबार १७:०२

काठमाडौँ | प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका साथ काठमाडौँ प्रहरीले ‘हाम्रो प्रहरी’ अभियान सञ्चालन गर्ने भएको छ ।

प्रहरी सङ्गठनबाट यसअघि सञ्चालित ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत रही सो अभियान सञ्चालन गर्न लागिएको जिल्ला प्रहरी परिसरका प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले जानकारी दिनुभयो ।

जेनजी आन्दोलनपछि सिङ्गो प्रहरी सङ्गठनलाई सेवामा फर्काउन जनस्तरबाट भएका पहलकदमीको भावनालाई प्रतिविम्बित गर्नका लागि प्रहरीका तर्फबाट ‘हाम्रो प्रहरी’को अवधारणा स्थापित गर्न खोजिएको उहाँले जानकारी दिनुभयो ।

“प्रहरी आम नागरिकको हो भन्ने अवधारणालाई स्थापित गरेर आगामी दिनमा नागरिक समाज र प्रहरीबीचको सुसम्बन्धलाई अभिवृद्धि गर्ने उद्देश्य राखिएको छ”, अभियानबारे स्पष्ट पार्दै प्रहरी वरिष्ठ उपरीक्षक थापाले भन्नुभयो, “यसबाट प्रहरी–नागरिकबीचका अविश्वास हल गर्न तथा अपराध न्यूनीकरण, कुरीति अन्त्य, सुशासन र सामाजिक सुव्यवस्था कायम गर्न मद्दत मिल्नेछ ।”

हाम्रो प्रहरी अभियानअन्तर्गत मङ्गलबारदेखि नै प्रहरीको विभिन्न युनिटबाट जनसम्बन्ध विस्तारका काम थालनी भएका छन् । “टोलटोलमा प्रहरी कर्मचारीहरु स्थानीय नागरिकसँग भेटघाट गर्न घरदैलोमा पुग्नुभएको छ”, उहाँले भन्नुभयो, “छिट्टै विद्यालय र क्याम्पसमा युवासँग प्रहरीको महत्व र सुरक्षाका बारेमा अन्तरसंवाद गरिनेछ ।”

समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत प्रहरीले स्थानीय तह, विद्यालय, क्लबलगायत स्थानीय सङ्घसंस्थासम्म पुगेर अपराध न्यूनीकरण, कुरितीको अन्त्य र अन्य सामाजिक सचेतना जगाउने काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ