2026-08-21 07:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपराष्ट्रपति

काठमाडौँ | उपराष्ट्रपति रामसहायप्रसाद यादवले शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।

आज बुढानिलकण्ठमा आयोजित उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) को नवौँ राष्ट्रिय महाधिवेशनमा उहाँले वर्तमान समयको आवश्यकताअनुसार शिक्षा प्रणालीलाई व्यवहारिक, सीपमूलक र रोजगारीसँग जोडिनुपर्नेमा समेत जोड दिनुभयो । उहाँले शिक्षा क्षेत्रको विकासमा निजी क्षेत्रले सरकारसँग सहकार्य पनि गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उपराष्ट्रपति यादवले जेनजी युवाहरूको आन्दोलनले मुलुकलाई नयाँ सोच, मार्ग र दिशा प्रदान गरेको उल्लेख गर्दै सो आन्दोलनले शिक्षा प्रणालीलाई समयसापेक्ष बनाउने प्रेरणा दिएको बताउनुभयो । शिक्षण–सिकाइ प्रक्रिया केवल सैद्धान्तिक ज्ञानमा सीमित नभई व्यवहारिक जीवनसँग जोडिनु आजको आवश्यकता रहेको उहाँको भनाइ थियो ।

उपराष्ट्रपतिले निजी शिक्षालयहरूले शैक्षिक गुणस्तरमा योगदान पु¥याउने विश्वास व्यक्त गर्दै स्थानीय संस्कृति, मूल्य–मान्यता र पहिचानलाई सम्मान गर्ने पाठ्यक्रम विकासमा हिसानलगायतका संस्थाले सहकार्य गर्नुपर्ने धारणा राख्नुभयो ।

हिसानका अध्यक्ष रमेशकुमार सिलवालले गुणस्तरीय, समावेशी र सीपयुक्त शिक्षाको प्रवद्र्धनमा निजी क्षेत्रका संस्थाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा पूर्वमन्त्री एवं हिसानका निर्देशन समिति संयोजक उमेश श्रेष्ठलगायत विभिन्न शिक्षा क्षेत्रका विज्ञ, निजी शिक्षालयका सञ्चालक, शिक्षक तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूले शिक्षा क्षेत्रमा हिसानको योगदानको प्रशंसा गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो नेपालले अब कुनै नयाँ राजनीतिक एड्भेन्चर थेग्न सक्दैन: गगन थापा कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक शुक्रबार बस्दै, महाधिवेशन र अनुशासनबारे छलफल हुने भ्रष्टाचार गर्ने व्यक्ति डराउनुपर्छ, इमानदार कर्मचारी डराएर निर्णय गर्न नसक्ने अवस्था सिर्जना हुनुहुँदैन : कानुनमन्त्री गौतम पार्टी एकता मजबुत बनाउन सक्रिय भएर लाग्न विश्वप्रकाश शर्माको आग्रह अख्तियारले न्याय दिएका भन्दा अन्यायमा परेकाहरू धेरै छन् : रवि लामिछाने राष्ट्रवादी विचारमाथि अविश्वास सिर्जना गर्ने नियोजित काम भइरहेको छ : धवलशमशेर राणा रास्वपा विधान संशोधन कार्यदलको पहिलो बैठक आज बस्दै अबदेखि भद्र, झट्ट नरिसाउने, मर्यादामा बस्ने र अनुशासन पालन गर्ने आशिका बन्ने कोसिस गर्नेछु: आशिका तामाङ सुनचाँदीको मूल्य बढ्यो सिमरामा ३ वर्षीया बालिका हत्या घटना : पक्राउ परेका दुई जना सार्वजनिक