१६ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘राष्ट्रिय एकता र मेलमिलापको महत्त्व अहिले पनि सान्दर्भिक छ’

१६ पुष २०८२, बुधबार ११:३१

काठमाडौँ | नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्रिय एकता र मेलमिलापको महत्त्व अहिले पनि सान्दर्भिक रहेको बताउनुभएको छ ।

राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा आज जारी सन्देशमा उहाँले लोकतान्त्रिक आन्दोलनका नेता स्व विपी कोइराला, गणेशमान सिंहलगायतले आजकै दिन भारतको आठ वर्षे प्रवास त्यागी राष्ट्रिय मेलमिलापको सन्देशसहित स्वदेश फर्किनुभएको ऐतिहासिक घटनाको स्मरण गर्नुभयो ।

राष्ट्रिय मेलमिलाप अब कांग्रेसको मात्र विषय नभई सम्पूर्ण सार्वभौम नेपालीको साझा जिम्मेवारी भएको उहाँको भनाइ छ । सत्ता राजनीतिभन्दा माथि उठेर राष्ट्रिय एकता र मेलमिलापका लागि जनस्तरमा जागरुकता, सतर्कता र ऐक्यबद्धता अपरिहार्य भएको नेता डा कोइरालाले बताउनुभयो ।

उहाँले लोकतन्त्रको रक्षा गर्दै भावी पुस्तालाई शान्ति र समृद्धिको बाटोमा अघि बढाउन आन्तरिक विवाद, मतभिन्नता र व्यक्तिगत महत्वाकाङ्क्षा त्यागेर आगामी राष्ट्रिय निर्वाचनमा एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

नेता डा कोइरालाले राजनीतिक परिवेशमा देखिएका नयाँ चुनौतीको सामना गर्न सम्पूर्ण राजनीतिक दल एकतामा जोडिनुको विकल्प नरहेको उल्लेख गर्दै विपी कोइरालाको मेलमिलाप नीतिले कांग्रेसलाई राष्ट्रिय राजनीतिमा नेतृत्वदायी भूमिका निर्वाह गर्न मार्गदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलद्वारा वेस्ट ब्याङ्कमा चार जना प्यालेस्टिनीलाई पक्राउ ट्रम्पको दोस्रो कार्यकालमा पहिलोपटक भिटो विश्वकपको ट्रफी नेपालमा ल्याइने ‘पुस मसान्तभित्र विशेष अधिवेशन आह्वान गर्नेगरी अगाडि बढिरहेका छौँ’ निर्वाचन लोकतन्त्रको असल अभ्यास : गृहमन्त्री अर्याल जोहरान ममदानी न्युयोर्कको मेयर पृथ्वीराजमार्गको जग्गा प्राप्ति, मुआब्जा निर्धारण तथा गुनासा समाधान गर्न उल्लेखनीय काम भए : प्रजिअ अधिकारी खालिदा जियालाई राजकीय विदाइ ‘राष्ट्रिय एकता र मेलमिलापको महत्त्व अहिले पनि सान्दर्भिक छ’ अत्यधिक चिसोमा पनि मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको चहलपहल सुनचाँदीको मूल्य घट्यो अवरुद्ध महेन्द्र राजमार्ग २४ घण्टापछि सञ्चालन आजको मौसमकोः तराईमा हुस्सु, हिमाल–पहाडमा आंशिक बदली ठूला र पुराना लोकतान्त्रिक शक्तिले नै देशको नेतृत्व गर्ने हो : अध्यक्ष ओली ग्यासको बुलेट उठाउन नसक्दा अझै खुलेन पूर्व–पश्चिम महेन्द्र राजमार्ग साउदी अरेबियाद्वारा यमनको बन्दरगाहमा हवाई आक्रमण, अबु धाबीलाई चेतावनी यस्तो छ, समानुपातिकको बन्द सूची चोरी गरेको ६५ लाख रकमसहित केसी पक्राउ दुई लाख ४३ हजार मेट्रिक टन रासायनिक मल वितरण युवाले चाहेजस्तो देश निर्माणमा अग्रसर छौँः प्रधानमन्त्री