2026-06-28 03:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘राष्ट्रिय एकता र मेलमिलापको महत्त्व अहिले पनि सान्दर्भिक छ’

काठमाडौँ | नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्रिय एकता र मेलमिलापको महत्त्व अहिले पनि सान्दर्भिक रहेको बताउनुभएको छ ।

राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा आज जारी सन्देशमा उहाँले लोकतान्त्रिक आन्दोलनका नेता स्व विपी कोइराला, गणेशमान सिंहलगायतले आजकै दिन भारतको आठ वर्षे प्रवास त्यागी राष्ट्रिय मेलमिलापको सन्देशसहित स्वदेश फर्किनुभएको ऐतिहासिक घटनाको स्मरण गर्नुभयो ।

राष्ट्रिय मेलमिलाप अब कांग्रेसको मात्र विषय नभई सम्पूर्ण सार्वभौम नेपालीको साझा जिम्मेवारी भएको उहाँको भनाइ छ । सत्ता राजनीतिभन्दा माथि उठेर राष्ट्रिय एकता र मेलमिलापका लागि जनस्तरमा जागरुकता, सतर्कता र ऐक्यबद्धता अपरिहार्य भएको नेता डा कोइरालाले बताउनुभयो ।

उहाँले लोकतन्त्रको रक्षा गर्दै भावी पुस्तालाई शान्ति र समृद्धिको बाटोमा अघि बढाउन आन्तरिक विवाद, मतभिन्नता र व्यक्तिगत महत्वाकाङ्क्षा त्यागेर आगामी राष्ट्रिय निर्वाचनमा एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

नेता डा कोइरालाले राजनीतिक परिवेशमा देखिएका नयाँ चुनौतीको सामना गर्न सम्पूर्ण राजनीतिक दल एकतामा जोडिनुको विकल्प नरहेको उल्लेख गर्दै विपी कोइरालाको मेलमिलाप नीतिले कांग्रेसलाई राष्ट्रिय राजनीतिमा नेतृत्वदायी भूमिका निर्वाह गर्न मार्गदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी