१६ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पृथ्वीराजमार्गको जग्गा प्राप्ति, मुआब्जा निर्धारण तथा गुनासा समाधान गर्न उल्लेखनीय काम भए : प्रजिअ अधिकारी

१६ पुष २०८२, बुधबार १२:३९

काठमाडौँ | जिल्ला प्रशासन कार्यालय तनहुँले यस वर्षको नौ महिनाका अवधिमा ४३ हजार बढीलाई सेवा प्रदान गरेको छ । गत वैशाखदेखि यही पुस मध्यसम्म कार्यालयले ४३ हजार ७३६ जनालाई विभिन्न सेवा प्रदान गरेको हो ।

प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले यस अवधिमा राष्ट्रिय परिचयपत्र, नागरिकता, राहदानी, सिफारिसलगायत गरी उक्त सङ्ख्यामा सेवा प्रदान गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार १८ हजार १९५ जनालाई राष्ट्रिय परिचयपत्र, ११ हजार ३१६ जनालाई नागरिकता, १० हजार ४६६ जनालाई राहदानी, एक हजार ९९८ जनालाई सिफारिस र प्रमाणीकरण, ८६० जनालाई गुनासो सम्बोधन, ३४२ जनालाई नाबालक परिचयपत्र सेवा प्रदान गरिएको छ ।

नौ महिना तनहुँ बसाइपछि सिन्धुपाल्चोक सरुवा हुनुभएका प्रजिअ अधिकारीले यस अवधिमा पृथ्वीराजमार्गको जग्गा प्राप्ति, मुआब्जा निर्धारण तथा गुनासो सम्बोधन, ट्राफिक सचेतना, दुर्घटना न्यूनीकरण, तनहुँ जलविद्युत् आयोजनाको मुआब्जा निर्धारण, गुनासो सम्बोधन, एमसिए नेपालको मुआब्जा निर्धारण तथा विवाद समाधान, विद्युत् प्रसारण लाइनको जग्गा प्राप्ति, मुआब्जा वितरण तथा विवाद समाधानमा काम गरेको जानकारी दिनुभयो ।

आज यहाँ आयोजित सञ्चारकमीसंगको भेटघाटमा उहाँले एकीकृत जिल्ला सुरक्षा योजना, चाडपर्व लक्षित सुरक्षा योजना, एकीकृत जिल्ला निर्वाचन सुरक्षा योजना तर्जुमा, मतदान केन्द्रहरुको पुनरावलोकन तथा दुई मतदानस्थल थप, सामाजिक समस्या न्यूनीकरणका प्रयास गरिएको बताउनुभयो ।

तनहुँ बसाइँका क्रममा सबै राजनीतिक दल, सङ्घसंस्था, सञ्चारकर्मी, कर्मचारीहरुबाट प्राप्त सहयोगले काम गर्ने ऊर्जा मिलेको प्रजिअ अधिकारीको भनाइ छ । यसअवधिमा रु दुई करोड १४ लाख २७ हजार ९८५ राजस्व सङ्कलन भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक १० अङ्कले बढ्यो कानुनबमोजिम खर्च विवरण पेस गर्ने उम्मेदवार कालोसूचीमा नरहने आयोगद्वारा स्पष्ट इजरायलद्वारा वेस्ट ब्याङ्कमा चार जना प्यालेस्टिनीलाई पक्राउ ट्रम्पको दोस्रो कार्यकालमा पहिलोपटक भिटो विश्वकपको ट्रफी नेपालमा ल्याइने ‘पुस मसान्तभित्र विशेष अधिवेशन आह्वान गर्नेगरी अगाडि बढिरहेका छौँ’ निर्वाचन लोकतन्त्रको असल अभ्यास : गृहमन्त्री अर्याल जोहरान ममदानी न्युयोर्कको मेयर पृथ्वीराजमार्गको जग्गा प्राप्ति, मुआब्जा निर्धारण तथा गुनासा समाधान गर्न उल्लेखनीय काम भए : प्रजिअ अधिकारी खालिदा जियालाई राजकीय विदाइ ‘राष्ट्रिय एकता र मेलमिलापको महत्त्व अहिले पनि सान्दर्भिक छ’ अत्यधिक चिसोमा पनि मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको चहलपहल सुनचाँदीको मूल्य घट्यो अवरुद्ध महेन्द्र राजमार्ग २४ घण्टापछि सञ्चालन आजको मौसमकोः तराईमा हुस्सु, हिमाल–पहाडमा आंशिक बदली ठूला र पुराना लोकतान्त्रिक शक्तिले नै देशको नेतृत्व गर्ने हो : अध्यक्ष ओली ग्यासको बुलेट उठाउन नसक्दा अझै खुलेन पूर्व–पश्चिम महेन्द्र राजमार्ग साउदी अरेबियाद्वारा यमनको बन्दरगाहमा हवाई आक्रमण, अबु धाबीलाई चेतावनी यस्तो छ, समानुपातिकको बन्द सूची चोरी गरेको ६५ लाख रकमसहित केसी पक्राउ