१८ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

फागुन २१ मा जसरी पनि निर्वाचन हुन्छः मन्त्री खरेल

१८ पुष २०८२, शुक्रबार १७:४०

काठमाडौँ | सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ मा जसरी पनि निर्वाचन हुने बताउनुभएको छ । भरतपुर विमानस्थलमा आज पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले निर्वाचन निष्पक्ष र धाँधलीरहित ढङ्गबाट हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “निर्वाचन आयोगले द्रुत गतिमा काम अघि बढाइरहेको छ । पछिल्लो आधार समानुपातिकको बन्द सूचीमा ६४ वटाभन्दा बढी दलहरुले बन्द सूची बुझाइसकेका छन् ।” १० लाख बढी नयाँ मतदाता मतदाता नामावलीमा दर्ता भइसकेको अवस्था रहेको भन्दै उहाँले सुरक्षा निकायमा नयाँ नेतृत्व आइसकेर प्रहरीको मनोबल उच्च भएको बताउनुभयो ।

सरकारले निर्वाचनका लागि जनशक्तिसहित पर्याप्त बजेट छुट्याई सकेको उहाँको भनाइ थियो । दलहरु जिल्ला जिल्लामा प्रचारमा लागेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “पार्टीका झन्डा देखेर मतदान दिनुस् भन्न थालिएको छ । प्रत्यक्षतर्फको उम्मेदवार छनोटमा समेत दलहरु लागिसकेका छन् ।” जनस्तरदेखि मिडियासम्म प्रश्नदेखि जवाफसम्म निर्वाचन केन्द्रित भइरहेकाले निर्वाचन नहुनेमा द्विविधा नभएको उहाँको भनाइ थियो ।

सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री खरेलले आफू अहिले नागरिक सरकारको प्रवक्ता भएको भन्दै अहिलेसम्म कुनै पनि पार्टीमा नरहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “चुनाव लड्ने नलड्ने भन्ने कुनै निर्णय मैले गरेको छैन ।”

सरकारले दलका कार्यालयहरु गएर भेटेर बोलाएर चुनावको बातावरण बनाइरहेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “म मन्त्रिपरिषद्को सदस्य भएको नाताले निर्वाचन कसरी गर्ने भन्ने विषयमा प्रधानमन्त्रीलाई सघाउने हो । निष्पक्ष, धाँधलीरहित र स्वतन्त्र निर्वाचन गर्ने कुरामा हामी लागेका छौँ ।”

सरकारले सुशासन कायम गर्ने कुरासँगै भ्रष्टाचार नियन्त्रण गर्ने कुरामा केही आधारशिलाहरु अघि बढाएको उहाँले बताउनुभयो । अर्को प्रसङ्गमा उहाँले अहिलेका मन्त्रीहरुले निर्वाचनमा उम्मेदवार हुने नहुने कुरा एउटा व्यक्तिका अधिकारको कुरा भएको बताउनुभयो । उहाँले भन्नुभयो, “चुनाव लडिराख्दा महत्वपूर्ण पदमा छ भने त्यो पदको दुरुपयोग गर्नु हुँदैन । एउटा व्यक्तिले म चुनाव लड्छु, जनतामा जान्छु, म उम्मेदवार बन्छु, देशको सेवा गर्छु भनेर भन्छ भने त उसलाई बार लगाउनु त भएन ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश, जनता र संविधान बचाउन वामपन्थी समाजवादी एकता : संयोजक दाहाल जलविद्युत् परियोजनाका चुनौती सहमतिमै समाधान गर्नुपर्छ : मन्त्री घिसिङ फागुन २१ मा जसरी पनि निर्वाचन हुन्छः मन्त्री खरेल विकास दीर्घकालीन हुनुपर्छः मुख्यमन्त्री कार्की इरानमा प्रदर्शनकारी मारिए अमेरिकाले हस्तक्षेप गर्छ : ट्रम्प समुदायस्तरमै रोगको शीघ्र पहिचान र नियन्त्रणका लागि निर्देशिका जारी छेकम्पारमा आगलागी हुँदा एकजना घाइते जेनजी आन्दोलनका सहिदः ज्याला–मजदुरीदेखि देशका लागि बलिदान बोहरा, खत्री र झालाई उपरथीको दर्ज्यानी चिह्न प्रदान मिर्गाैला पीडितहरुद्वारा सहयोगको याचना ‘भूकम्पबाट हुने क्षति न्यूनीकरण गर्न सुरक्षित निर्माण, बसोबास र व्यवहार अपरिहार्य’ किमकी छोरी उत्तराधिकारी सङ्केत कांग्रेसमा पुस २८ गतेभित्रै विशेष महाधिवेशन गर्न माग बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने म्याग्दीमा एक सय पन्ध्र थान बन्दुक बरामद विद्यार्थी बोकेको बसले ठक्कर दिँदा दुई जनाको मृत्यु ‘समानुपातिक समावेशी अधिकारको दुरुपयोग गर्न पाइँदैन’ गतवर्ष ११ लाख ५८ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए बाक्लो हुस्सु र कुहिरोले पश्चिम तराईको जनजीवन प्रभावित सुनचाँदीको मूल्यमा सामान्य वृद्धि