२४ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सौर्य ऊर्जालाई प्राथमिकता दिनुपर्छः मन्त्री घिसिङ

२२ पुष २०८२, मंगलवार १६:३१

काठमाडौँ | ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आगामी दिनमा सौर्य ऊर्जालाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।

नेपाल सौर्य ऊर्जा विद्युत् सङ्घको २५औँ वार्षिक साधारणसभालाई आज सम्बोधन गर्दै उहाँले नेपालमा सौर्य ऊर्जा बढ्दो क्रममा रहेकाले यसलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको हो । “सौर्य ऊर्जा राष्ट्रिय प्रसारण ग्रिडमा जोडिन थालेको छ, यसको उत्पादन बढाउन सकिए विद्युत् आयातलाई घटाउन सकिन्थ्यो,” उहाँले भन्नुभयो ।

मन्त्री घिसिङले सौर्य ऊर्जालाई अगाडि बढाउन सरकारले मापदण्ड बनाएर कार्यान्वयनमा लैजान लागेको बताउनुभयो । उहाँले देशभर रहेका सिँचाइका नहरमा सौर्य ऊर्जा उत्पादनका लागि सरकारले अध्ययन गरिरहेको उल्लेख गर्नुभयो । “सिँचाइका नहरमाथि सौर्य उत्पादन गरेर कसरी निजी क्षेत्रलाई समावेश गर्न सकिन्छ भनेर सरकार लागिरहेको छ,” उहाँले भन्नुभयो ।

उहाँले छिमेकी मुलुक भारतमा एक लाख मेगावाटभन्दा बढी सौर्य ऊर्जा उत्पादन भइरहेको बताउँदै नेपालको पहाडी भूभागमा रहेका डाँडाहरुको प्रयोग गरेर नेपालमा पनि सौर्य ऊर्जा उत्पादनलाई बढाउन सकिने बताउनुभयो । भारतमा १५ हजार मेगावाट विद्युत् निर्यात गर्नेगरी प्रसारण लाइन निर्माण भइरहेको उहाँको भनाइ थियो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा प्रकाशकुमार श्रेष्ठले जलवायु परिवर्तनको असरले खोलाहरु सुक्दै जाँदा विद्युत् उत्पादनमा असर परिरहेको बताउनुभयो । उहाँले आगामी दिनमा नेपालले सौर्य ऊर्जालाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ थियो । उपाध्यक्ष श्रेष्ठले १६औँ पञ्चवर्षीय योजनालाई नवीकरणीय ऊर्जालाई प्राथमिकता दिएको बताउनुभयो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव चिरञ्जीवी चटौतले सरकारले आगामी दुई वर्षभित्र पूर्ण विद्युतीकरण गरिसक्ने लक्ष्यका साथ काम गरिरहेको बताउनुभयो । उहाँले जलविद्युत्सँगै सौर्य ऊर्जा क्षेत्रमा पनि क्रमशः विकास हुँदै गएको उल्लेख गर्नुभयो ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले नेपालभित्र विद्युत्को पहुँच नपुगेका दुरदराजको क्षेत्रमा सौर्य ऊर्जा पु¥याउन वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँगको सहकार्यमा सङ्घले निर्वाह गरेको भूमिका सराहनीय रहेको बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जनकुमार श्रेष्ठले सौर्य ऊर्जा उत्पादनलाई मर्यादित र व्यवस्थित बनाउन सङ्घले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभयो ।
सङ्घको २५औँ वार्षिक साधारणसभाबाट नयाँ नेतृत्व चयन गर्ने कार्यक्रमसमेत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव राष्ट्रपतिसँग बिदाइ भेट ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने कञ्चनजङ्घा आधार शिविर सुनसान शङ्खरापुर दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसका सभापति देउवा र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता आचारसंहितामा नयाँ बुँदा थपियो मेरो इमानको सुरुवात देशभक्तिबाट सुरु हुन्छ : केपी शर्मा ओली सञ्चारमन्त्री खरेलद्वारा जिम्मेवार र जवाफदेही पत्रकारिता गर्न अनुरोध पेरिसमा १४० उडान रद्द नेप्से १३ दशमलव ३५ अङ्कले घट्यो