९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

माओवादी केन्द्रका उम्मेदवार सिफारिस, को-को परे

२४ आश्विन २०७४, मंगलवार १७:०२

असोज २४, भक्तपुर | आसन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा भक्तपुरका लागि माओवादी केन्द्रले उम्मेदवारका आकांक्षीको नाम सिफारिस गरेको छ । 

भक्तपुर निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ पार्टीका जिल्ला संयोजक डिपी ढकाल र सह–इन्चार्ज सुरेश न्यौपानेको नाम सिफारिस भएको माओवादी केन्द्र जिल्ला कमिटीले जानकारी दिएको छ । त्यस्तै क्षेत्र नं. २  मा नयाँ शक्ति पार्टीबाट माओवादी प्रवेश गरेका जुजुभाई राजथला र ओम वाग्लेको नाम सिफारिस गरेको छ । 

त्यसैगरी प्रदेशतर्फ क्षेत्र नं. १ को प्रदेश नं. १ मा प्रत्यक्षतर्फ मिलन सुवाल, सुनिल वासु गोठे, साजन सिजापती र तुलसीभक्त सुवालको नाम सिफारिस भएको छ । प्रदेश नं. २ मा दिलिपकुमार प्रजापती, कृष्णलाल गोजाश्रेष्ठ र बालकृष्ण दुगुको नाम सिफारिस भएको छ । 

यता निर्वाचन क्षेत्र नं. २ को प्रदेश नं. १ मा राजेन्द्र कार्की, साुनकान्छा आलेमगर, दीपक न्यौपाने र प्रदेश नं. २ मा सुदर्शन पराजुली, रामशरण दाहाल, शंकर पोखरेल र कान्छा तामाङ्गको नाम सिफारिस भएको कमिटीले जानकारी दिएको छ । 

प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फ भने देवेन्द्र श्रेष्ठ, उर्मिला श्रेष्ठ, ओमचरण अमात्य, उमा कपाली, भावना श्रेष्ठ, कृष्णहरी सैजू, विरु तामाङ्ग सुदिप, राजकुमार हेङ्गमाङ्ग, बविता प्रजापती, सरिता सुवाल, सुचित्रा श्रेष्ठ, शान्तराम भट्टराई, दिलकृष्ण श्रेष्ठ, सानुकान्छा आलेमगर, अञ्जु न्यौपाने लगायतको नाम सिफारिस भएको छ । 

उम्मेदवारीका लागि आकांक्षीको नाम पार्टीको केन्द्रमा पेश गरेपनि वाम तालमेल अनुसार शीर्षस्थ तहबाट गरिने निर्णयलाई नै अन्तिम निर्णय मानेर चुनावी कार्यक्रममा लाग्ने जिल्ला संयोजक डिपी ढकालले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो