2026-09-19 08:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

माओवादी केन्द्रका उम्मेदवार सिफारिस, को-को परे

असोज २४, भक्तपुर | आसन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा भक्तपुरका लागि माओवादी केन्द्रले उम्मेदवारका आकांक्षीको नाम सिफारिस गरेको छ । 

भक्तपुर निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ पार्टीका जिल्ला संयोजक डिपी ढकाल र सह–इन्चार्ज सुरेश न्यौपानेको नाम सिफारिस भएको माओवादी केन्द्र जिल्ला कमिटीले जानकारी दिएको छ । त्यस्तै क्षेत्र नं. २  मा नयाँ शक्ति पार्टीबाट माओवादी प्रवेश गरेका जुजुभाई राजथला र ओम वाग्लेको नाम सिफारिस गरेको छ । 

त्यसैगरी प्रदेशतर्फ क्षेत्र नं. १ को प्रदेश नं. १ मा प्रत्यक्षतर्फ मिलन सुवाल, सुनिल वासु गोठे, साजन सिजापती र तुलसीभक्त सुवालको नाम सिफारिस भएको छ । प्रदेश नं. २ मा दिलिपकुमार प्रजापती, कृष्णलाल गोजाश्रेष्ठ र बालकृष्ण दुगुको नाम सिफारिस भएको छ । 

यता निर्वाचन क्षेत्र नं. २ को प्रदेश नं. १ मा राजेन्द्र कार्की, साुनकान्छा आलेमगर, दीपक न्यौपाने र प्रदेश नं. २ मा सुदर्शन पराजुली, रामशरण दाहाल, शंकर पोखरेल र कान्छा तामाङ्गको नाम सिफारिस भएको कमिटीले जानकारी दिएको छ । 

प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फ भने देवेन्द्र श्रेष्ठ, उर्मिला श्रेष्ठ, ओमचरण अमात्य, उमा कपाली, भावना श्रेष्ठ, कृष्णहरी सैजू, विरु तामाङ्ग सुदिप, राजकुमार हेङ्गमाङ्ग, बविता प्रजापती, सरिता सुवाल, सुचित्रा श्रेष्ठ, शान्तराम भट्टराई, दिलकृष्ण श्रेष्ठ, सानुकान्छा आलेमगर, अञ्जु न्यौपाने लगायतको नाम सिफारिस भएको छ । 

उम्मेदवारीका लागि आकांक्षीको नाम पार्टीको केन्द्रमा पेश गरेपनि वाम तालमेल अनुसार शीर्षस्थ तहबाट गरिने निर्णयलाई नै अन्तिम निर्णय मानेर चुनावी कार्यक्रममा लाग्ने जिल्ला संयोजक डिपी ढकालले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई