२०८३, २७ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

निषाद जातिको रिटमा लिखित जवाफ माग

२०८२, २४ पुष बिहीबार १७:०१

काठमाडौँ | सर्वोच्च अदालतले निषाद जातिलाई आरक्षण कोटा निर्धारण गर्न आदेश माग गर्दै दायर गरेको रिट निवेदनमा कारण देखाउ आदेश गर्दै लिखित जवाफ माग गरेको छ ।

न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले प्रारम्भिक सुनुवाइ गर्दै मनासिव आधार, कारण र सवुद प्रमाणसहित सूचना प्राप्त मितिले १५ दिनभित्र लिखित जवाफ महान्यायाधिवक्ताको कार्यालयमार्फत पेस गर्न माग गरेको हो । सङ्घीय संसद्, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतलाई विपक्षी बनाइ नेपाल निषाद एकता समाजको तर्फबाट खजान्ती महतो ननीयाले यही पुस १८ गते दायर गरेको रिट निवेदकले उठाएको विषय सङ्घीय संसद्बाट सम्बोधन हुनुपर्ने प्रकृतिको देखिएकाले लिखित जवाफ माग गरेको सर्वोच्चले जनाएको छ ।

निषाद जातिभित्र नुनिया, बिन, मलाह, केवट, केवरत, तुराहा, अमात, कोल÷कौल, कहार, खुलवट, खुलवट÷खुनोट, गनगाई, गोड, गोढी, चाँय÷चायभ÷चाई, चौहन, तीयार, धिमर÷धीवर, वहरदार, वेल्दार, वोट, राजभर, सोरहिया÷सोरैया,वनपर, गौड, बोटे, मोडियारी÷मोरियारी पर्दछन् ।

रिट निवेदनमा राज्य संयन्त्रबाट पछाडि पारिएकाले राज्यका निजामति, सरकारी, अर्धसरकारी, गैर सरकारी, सैनिक, प्रहरी प्रशासन, कूटनीतिक नियोगजस्ता निकायमा आरक्षण कोटा निर्धारण गर्न आदेश माग गरिएको थियो ।

निषाद जातिको बसोबास मुख्यतः मधेश (तराई) को प्रत्येक जिल्लाको नलीनाला, खोला, खोल्साको छेउ किनार, बस्तीमा पाइन्छन् । यो जातिको मुख्य पेसा माछा मार्ने, डुङ्गा तार्ने, खेतीपानी गर्ने, ज्याला मजदुरी गर्ने हो ।

यी समुदाय बाढीपहिरोमा प्रभावित हुने गरेका छन् । मधेसी आयोगले प्रकाशित गरेको नेपालमा मधेसी समुदायको वस्तुस्थिति विवरणमा निषाद जाति आठलाख १४ हजार २१६ भन्दा बढी नागरिक रहेको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँसहित देशका केही स्थानमा वर्षा कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छ : राष्ट्रपति पौडेल हामीले सचेत गराउन छाड्यौं भने लोकतन्त्रको आत्मा मर्छ: गगन थापा बस र टिपर एकापसमा ठोक्किँदा १० जना घाइते सुकुमबासी बस्तीमा दमन भएको भन्दै माइतीघरमा विरोध प्रदर्शन काठमाडौँबाट वीरगञ्जका लागि छुटेको एक रात्री बस दुर्घटना युवा तथा कामदार जनशक्तिलाई स्वदेशमै इच्छाइएको रोजगारी प्रदान गर्न देशमा चुनौतीहरू छन्: राष्ट्रपति पौडेल स्रोत नखुलेको मुद्रासहित दुई जनालाई पक्राउ समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक सरकार नाजीवादको घोडामा चढेर हिंडिरहेको छ: सुदन किराँती शिक्षामन्त्री पोखरेल र अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता टिपरले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु ९ दिनदेखि हराइरहेकी महिला मृत फेला प्रधान न्यायाधीशमा सिफारिस भएका डा. शर्माको संसदीय सुनुवाइ आजैबाट थालिने नेप्से परिसूचक २७.४९ अंकले बढ्यो लागुऔषधसहित १३ जना पक्राउ विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय समयको गतिसँगै पार्टीको कार्यशैली र पद्धतिमा व्यापक सुधार गर्नुपर्छ: देवराज चालिसे राष्ट्रपतिले सोमबार संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन